प्रचण्डको पैसा चलाएर अरबपति खरबपति हुने ब्यापारीहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भदौ २३ । सानो किराना पसल अथवा भनौं नाङ्ले पसल थापेका न्यूनतम बहादुर गुरुङ उर्फ मीनबहादुर गुरुङ आज खर्बपति बनेका छन् । काम गरेर अथवा पसिना बगाएर खर्बपति बनेका होइनन् यी । प्रचण्डको संगत गरेर उनीहरुकै पैसा चलाएर यिनले भाटभटेनी सुपर मार्केट तथा डिपार्टमेन्टल स्टोर ७ ठाउँमा खोलिसकेका छन् । यिनलाई हेण्डिल गर्न प्रचण्डले अजय पराजुली सुमार्गीलाई खटाएका छन् । सुमार्गी पनि हेटौंडामा सिमेन्ट कारखानाको रित्ता बोरा बेच्थे अहिले प्रचण्डकै पैसा चलाएर करोड करोड चन्दा दिने हैसियतमा पुगेका छन् । भाटभटेनी सुपुर मार्केटमा एक लाख प्रकारका वस्तु बिक्री हुने गरेको छ । ६ सय राष्ट्रिय अन्तर्राष्ट्रिय सप्लायर्सहरु संलग्न छन् । र, हजारौं कामदारहरुले रोजगारी पनि पाएका छन् । राम्रो । गुरुङको नराम्रो पक्ष भनेको देशघातक काम बढी गर्छन् । महिना दिन अघिमात्र चावहिल भाटभटेनीबाट कुहिएको चामल भूकम्पपीडितलाई बिक्री गरेर यिनी कति तल्लो दर्जामा झरेर जनताको विवसताको फाइदा उठाउँछन् भन्ने तमासा देखिएको थियो । भूकम्पपीडितले जुत्ताको माला लगाउन अघि सर्दा यिनले माफी माग्नु र क्षतिपूर्ति दिनुपरेको थियो । अदृश्य शोषणका यिनका तरिका कति छन् कति ? सस्तो मूल्य देखाउने, कन्सेसन कार्ड बितरण गर्ने र खरिद गरिसकेपछि महगो मूल्य अशूल गर्नु यिनको दैनिकी नै हो । अहिले भाटभटेनीले सुन, हिरामोतीका व्यापार पनि थालेको छ । तर, यी सबै चोरी बजारका हुन् र तस्करी गरेर भारत पठाउने गिरोह यिनले सञ्चालन गरेका छन् । भारतका व्यापारीले सिधै यिनलाई टेलिफोन अर्डर दिन्छन् र यिनले एयरपोर्ट र चीनबाट तस्करी गरेर भित्र्याइएका सुन स्थानीय सुन व्यापारी र भारतसम्म सप्लाई गर्ने गरेका छन् । स्रोत भन्छ– भित्री रुपमा यिनले दुर्लभ बन्यजन्तुका अङ्ग र प्रतिवन्धित वनौषधिसम्म चीन र भारततिर निकासी गर्ने गरेका छन् । गतवर्ष माओवादी कार्यकर्ताले एम्बुलेन्समा चीनतिर तस्करी गर्न लागेको रक्तचन्दनमा यिनको पनि संलग्नता रहेको पोल खुलेको थियो । भाटभटेनी सुपर मार्केट देखाउनका लागि चहकमहकपूर्ण बजार हो तर यो बजारभित्र हुने अनियमित क्रियाकलापको अहिलेसम्म कुनै अनुसन्धान हुनसकेको छैन । यति ठूलो सुपर मार्केटले केही लाखमात्र राजस्व बुझाउनाले पनि यिनी नक्कली भ्याट बिल प्रयोग गर्छन् भन्ने जानकारी आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई सप्रमाण एक कर्मचारीले नै जानकारी गराउँदासमेत भाटभटेनीका संस्थापकमाथि कुनै कारवाही हुनसकेन । पछि रहस्य बुझियो– प्रचण्डको लगानी रहेकाले भाटभटेनीमाथि अख्तियार प्रमुख लोकमान सिंह कार्कीले कारवाहीको फाइल टेबुलको घर्रामा हालिदिएका रहेछन् । स्मणीय छ, दरवारिया भनेर आक्षेप लागेका लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखका रुपमा प्रचण्डले नै प्रस्ताव गरेका हुन् र बाध्य भएर उनलाई नियुक्ति गरिएको थियो । यसकारण प्रचण्डको लगानी रहेका अथवा प्रचण्ड निकट कसैमाथि अख्तियारले कारवाही गर्ने गरेको छैन । कोही फसिहाले पनि मुद्दा कमजोर बनाएर पेश गर्ने र विशेष अदालतबाट छुट्कारा पाउने गरेका घटना खातका खात भइसकेका छन् । (राजतिलक साप्ताहिकबाट) 

cybernepali · Sep 9, 2015 12:30 PM · 10,345 views

3 Replies

 कुरा सुन्दा पनि झाठ झर्केर आउछ : काको प्रचण्डको पैसा ? नेपालीको पैसा भन | त्यो मु  जी लोकमानको घरमा प्रचण्डको दैनिक चाकडीमा जान्छ अनि प्रचण्डकै पजनीमा पाएको पद हो | कसले नबुझेको हो यो च खेल ? राजनीतिको खेल मा देश डुबाए ,  अनि आफु बने नया महा सामन्त | मेरा ससुराले हसाए गाउले अझै केहि पाइञ्छ कि भनि आस गरेर बसेका छन् | | पोखरामा नया चेहारा घर हेर्दै हिडेको देखेर के हो बाबु हो घर किन्ने बिचार हो कि क्या हो ? हैन माओबादीमा लागिएको सत्तामा पुगे पछि यी घर हरु तिमीहरुको हुनेछ भनेकाले कुन चै लिनु ठिक होला भनि हेरेका ? अहिलेका पादरीको धर्म मा लाग्ने हरु पनि यस्तै यस्तै लोभ प्रलोभन पारिएका छन् | Last edited: 09-Sep-15 03:24 PM

magorkhe1 · Sep 9, 2015 1:36 PM

साला देश बिगार्ने भ्रस्ताचारी दुराचारी अत्याचारी नै प्रचण्ड र बाबुराम हुन् | यिनै दुइले देश भाड्ने बिउ रोपेका हुन् |

ktmrulez · Sep 9, 2015 1:58 PM

why wouldn't those pigs shoot prachanda and Baburam other than ghaite n my chari bro

Nepalimannaparaunemanche · Sep 9, 2015 7:49 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all