सद्भाव खल्बल्याउने सामग्री सामाजिक सञ्जालमा राख्ने राष्ट्रसेवक कर्मचारीलाई कारबाही भदौ २१ । सरकारले राष्ट्रसेवक कर्मचारीलाई सामाजिक सद्भाव खल्बल्याउने सामग्री सामाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार प्रेस विज्ञप्ति प्रकाशन गरी सामाजिक सद्भाव खल्बलिने तथा विभिन्न जातजाति, धर्म, संस्कृति, भाषा, सम्प्रदायको भावनामा आँच आउने किसिमका अभिव्यक्ति, तस्बिर, व्यङ्ग्यचित्रलगायत सामग्री सामाजिक सञ्जालमा नराख्न आग्रह गरेको हो । कार्यालयका सहसचिव तथा प्रवक्ता उत्तरकुमार खत्रीले सामाजिक सञ्जालमा राखिएका त्यस्ता सामग्रीको लाइक, सेयर, ट्वीट वा रिट्वीट नगर्नसमेत सचेत गराएका छन् ।
cybernepali · Sep 8, 2015 7:30 AM · 1,273 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion