डा. गोविन्द केसी र पूर्व मुख्यसचिव अनसनस्थलमा डाको छोडेर रोएपछि अस्पताल नै भावुक -

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मेडिकल माफियाहरुलाई कारवाही गर्नेबारे सरकारले गरेका पूर्व सहमति कार्यान्वयनको माग राख्दै फेरि आमरण अनसन बसेका डा. गोविन्द केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउन गएका नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणी पौडेल टिचिङ अस्पतालमा भक्कानिएर रोएका छन् ।    डा. केसी अनसन बसिरहेको त्रिवि शिक्षण अस्पतालमा पुगेका पौडेल केसीले उठाएका माग पूरा गर्न के कस्ता अप्ठेराहरु सामना गर्नुपर्यो भन्ने सम्झँदै आँखाबाट आसु खसाल्दै गर्दा डा.केसी डाँको छोडेर रुन थालेपछि उनी पनि धुरुधुरु रोएका हुन् ।    डा. केसी त्रिवि शिक्षण अस्पताल स्थित गणेशमान सिंह इएनटी सेन्टर भवनको तेस्रो तल्लामा अनसन बसिरहेका छन् । यसअघि अनसन बस्दा सरकारको बागडोर आफै सम्हालेका पूर्व मुख्य सचिव पौैडेल यसपटक भने सर्वसाधारणको रुपमा केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउन गएका थिए । पौडेल अनसनस्थल पुग्दा त्यहाँ डा. केसीका केही आफन्त, विद्यार्थी र चिकित्सकहरु थिए । अनसनस्थलमा पुगेर पौडेलले केसीले उठाएका माग पूरा कसरी गराउन सकिन्छ भन्नेबारे आफ्ना केही उपाय बताउँदै थिए । सो क्रममा उनले देशमा राम्रो नियत भएका मान्छे पाउनै गाह्रो रहेको र राम्रा कुरा कार्यान्वयन गर्न झन गाह्रो हुने बताउँदै थिए । साथै उनले यसअघि आफूले केसीका माग पूरा गराउन लाग्दा भोग्नुपरेका अवरोधहरु पनि सम्झँदै थिए । सोही क्रममा उनी आँखाबाट आँसु निकाले र दुबै आँखा हातले छोपे । पौडेल रोएको देखेपछि डा. केसी डाँको छोडेरै रुन थाले । पूर्व मुख्य सचिव र डा.केसी रुन थालेपछि त्यहाँ रहेका उनका आफन्त, चिकित्सक र विद्यार्थीहरु पनि मन थाम्न सकेनन् । त्यसपछि १० मिनेट अनसनस्थल पूरै भावुक बन्यो । पौडेल करिव दुई घन्टा बसेर निस्किएका थिए ।  - 

ugeslimbu · Sep 4, 2015 4:35 PM · 2,843 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all