विशिष्ट व्यक्तिहरु (राष्ट्रपतिलगायत) ले सरकारी कामको सिलसिलामा स्वदेश र विदेश भ्रमण गर्दा उपलब्ध गराइने दैनिक भत्ता तथा भ्रमण खर्चलाई पनि संशोधन गरिएको छ । जसअनुसार, स्वदेशको हकमा अति विशिष्ट व्यक्तिले प्रतिदिन रु ३ हजार, विशिष्टले २५ सय, प्रथम तहले २ हजार, द्वितीय, तृतीय र चौथो तहले क्रमशः १६, १२ सय र एक हजार रुपैयाँ पाउनेछन् । विदेश जाँदा भने हैसियतअनुसार २ सय ५० देखि १०० डलरसम्म प्रतिदिन भत्ता उपलब्ध हुनेछ । युरोपियन मुलुकहरु, अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, क्यानाडा, कुवेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, युएई, सिंगापुर, लेबनन, बहराइनको भ्रमणमा जाँदा भने ३३ प्रतिशत थप रकम दिइनेछ । http://janaaasthanews.com.np/n...
cybernepali · Sep 2, 2015 7:16 AM · 1,810 views
लुकिछिपी को हिसाब किताब अखित्यारले पनि खोज्दैन भने देखा देखि बाड चुड गर्ने पर्यो : काले काले मिलेर खाउ भाले : ज्ञानेन्द्रले आफुलाई भत्ता बढाउदा आपत्ति जानाउने हरु अहिले उही बाटो हिड्दै छन् | We were told and convinced that Raja were corrupted and they did not care the citizens. Now you are caring yourselves. Last edited: 02-Sep-15 02:55 PM
magorkhe1 · Sep 2, 2015 8:56 AM
आफ्ना मान्छे आफ्नै हुन्न त ? अरुका मान्छेले एक सीङका नी भांच्लान् र ? नेताहरुका पालन् पोषण् नेताहरुले नै नगरे कस्ले गर्लान् ?
Khaobaadi · Sep 2, 2015 11:26 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion