नेपाली मेला २०१५ – तमुधिं यूके पत्रकार सम्मेलन ( विडियो सहित )

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बिसन गुरुङ बेलायत तमुधिं यूकेले नेपाली मेला २०१५ –केम्पटन पार्क रेसकोर्सको सभाकक्षामा पत्रकार सम्मेलन सम्पन्न भएको छ । ३० अगस्त २०१५को दिनमा सोहि स्थानमा सम्पन्न हुने बहुप्रत्तिक्षित यस वर्षको नेपाली मेलाबारे सम्पूर्ण तैयारी विवरण पत्रकार सम्मेलनमा सम्पन्न हुनु अघि दिएको थियो ।पत्रकार सम्मेलन नेपालका भूकम्प पीडितका लागि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । नेपाली मेलाको तयारीका सम्बन्धमा आइतवार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै तमुधिं यूके अध्यक्ष रामचन्द्र गुरुङ (सूर्जे) ले सहयोग रकम गैरआवासीय नेपाली संघमार्फत् नेपाल सरकारलाई हस्तान्तरण गरिने जानकारी दिए । भूकम्प पीडितका लागि लमजुङ समाज यूकेका अध्यक्ष तुलराम गुरुङले ३ हजार ८ पाउण्ड, तमू आमा समूहको तर्फबाट होम कुमारी गुरुङले ३ सय पाउण्ड हस्तान्तरण गरे । यस्तै भूकम्प पीडित पत्रकारका लागि तमुधिं यूकेले ६ सय पाउण्ड सहयोग गरेको थियो । गोर्खा च्यानलको मिसन बिल्ड नेपालका लागिसमेत तमुधिंले ५ सय पाउण्ड सहयोग गरेको छ । सो चेक अध्यक्ष रामचन्द्र गुरुङले च्यानलका निर्देशक राजेन्द्र भट्टलाई हस्तान्तरण गरेको थिए । तमुधिंका मिडिया सचिव रोहित गुरुङका रोहबरमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनमा तमुधिं यूकेका पूर्व अध्यक्षहरु मुछेत्र गुरुङ, डमर घले, सुवास गुरुङ, कमल गुरुङलगायत गैरआवासीय नेपाली संघ यूकेका संरक्षक सूर्य गुरुङ लगायतको उपस्थिति थियो ।कार्यक्रममा नै ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ अगामी आइतबार लन्डनस्थित क्याम्टनपार्कमा हुने नेपाली मेलाको तयारी पूरा भएको तमुधिं यूकेले जनाएको छ । मेला बिहान साढे १० बजेदेखि सुरु हुने छ । बेलायत सम्बन्धको २०० बर्ष गाँठको अवसर पारेर आयोजना हुन लागेको भेला गतबर्ष भन्दा भिन्न रहने आयोजक समितिका संयोजक नन्दजंग गुरुङले जानकारी दिनुभयो । नेपाली मेलामा २५ समूहले आ–आफ्नो भाषा साँस्कृति झल्कीने झाँकी प्रस्तुत गर्ने भएका छन् । कार्यक्रममा नृत्य प्रतियोगीता, झाँकी, राइफल ड्र र बिषेश सास्कृतिक कार्यक्रम रहने जानकारी गराइयो । कार्यक्रममा उपस्थित दर्शकको सुरक्षाको बिषेश प्रवन्ध समेत गरिएको संयोजक गुरुङले जानकारी दिए । मेलको  प्रवेश शुल्क ५ पाउण्ड राखिएको छ । मेलामा नेपाली व्यवसायको प्रबर्दन गर्ने उद्देश्यले २६ कम्पनी र ४ वटा नेपाली रेष्टुरेन्टको स्टल रहने उपाध्यक्ष ज्ञाम गुरुङले जानकारी दिए । मेलामा गोर्खा ब्रिड्रेडले पहिलो पटक गोर्खा म्यूजियमको स्टल राख्ने भएको छ । मेलामा २५ हजार पाउण्ड खर्च लाग्ने अनुमान गरिएको छ भने मेलामा नेपालीहरुको साथ रहने आयोजकले बिश्वास राखेको छ । यसपालीको नेपाली मेलामा सहभागी संस्थाहरु मध्ये हालसम्म २५ संघसंस्थाहरुले सहभागी र अझ आउने क्रम जारी रहेको कुरा संयोजकले बताएका थिए । अन्तमा समाजका अध्यक्षरामचन्द्र गुरुङ (सूर्जे) ले सबैलाई धन्यवाद ज्ञापन गरेर पत्रकार सम्मेलन समापन गरेका थिए ।

nepaluk · Aug 26, 2015 12:25 PM · 9,253 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all