Chinese Asst Foreign Minister डोउ इनयोङ at Prachanda's private garden in Lazminpat

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Chinese Asst Foreign Minister डोउ इनयोङ at Prachanda's private garden smile emoticon चिनियाँ विदेश सहायक मन्त्री तथा कम्युनिष्ट पार्टीका नेता डोउ इनयोङ सोमबार बिहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनको निवास लाजिम्पाट पुगे। विहान ८: १५ मा दाहाल निवास पुगेका डोउले डेड घण्टा दाहालसँग बिताए। उनले त्यो समयमा राजनीतिक भलाकुसरी मात्र गरेनन् दाहालको करेसावारी र टेवल टेनिस वोर्डसम्म हेर्न भ्याए। दाहाल निवासको भूइँतलामा रहेको बैठक कोठामा दुई जनाबीच छलफल चलिरहेको थियो। भेटको करिव १ घण्टा पछि दाहाल र डोउ बाहिर निस्किए। डोउको स्कर्टमा आएको टोलीले सवारी साधान स्टार्ट गरेर तयारी अवस्थामा राख्यो। तर डोउ बाहिर निस्केनन्। उनी पछाडिको ढोकाबाट दाहालको करेसावारीमा पुगे। IMG 9837 करेसाबारीतर्फ लैजाँदै दाहाल। आफ्नो प्रतिनिधिमण्डलका सदस्य सहित डोउले दाहालको करेसावारी अवलोकन गरे। दाहालले डोउलाइ आफ्नो करेसावारीमा फलाएका तरकारी बारे वर्णन समेत गरे। दाहालले करेसावारीमा घिरौंला, भन्टा, करेला, गोलभेँडा लगायतका तरकारी देखाए। उनले सुनाए, 'हाम्रो भान्सामा हामी आफैँ उत्पादन गरेको तरकारी प्रयोग गर्छौं।' दाहालको जवाफ सुनेर चिनिया विदेश सहायकमन्त्री डोउ मुस्काए। IMG 9838 हलुवावेदको रुखबारे वर्णन गर्दै अध्यक्ष दाहाल करेसावारी अवलोकनपछि दाहालले कम्पाउन्डको पछिल्लो भागमा रहेको टेवल टेनिस बोर्डमा पुर्यााए। 'यहाँ म बिहान-बिहान टेबल टेनिस खेल्छु', दाहालले नेपालीमै भने। करेसावारी र खेलको बारे भनिरहँदा डोउले निकै उत्सुकतापूर्वक आफ्नो दोभाषेमार्फत कुराहरु सुनिरहेका थिए। उनले बेलाबेला दोभाषेमार्फत दाहाललाई प्रश्न समेत गरे। उनका प्रश्नको जवाफ दाहालले नेपालीमै दिए। IMG 9840 दाहालको टेबल टेनिस बोर्ड देखेर डोउ मुस्काए करिब १० मिनेट लगाएर करेसाबारी र टेनिस बोर्ड हेरेपछि डोउ दाहाल निवासको कुखुरा खोरतिर फर्किए। कुखुराका दुई तीन भालेपोथी देखेपछि उनी फेरि मुस्काए। त्यसपछि पछि डोउ पार्किङ स्थलतिर सोझिए। IMG 9843 उनी फर्किन लागेको ठानेर स्कर्टमा आएको टोलीले गाडी स्टार्ड गर्‍यो। उनीसँगै रहेका एक चिनियाँ अधिकारीले ‍गाडी भएको दिशातिर इसारा गरे। तर डोउ र दाहाल फेरि घरभित्र छिरे। स्कर्टको टोली छक्क पर्‍यो। IMG 9844 भित्र पसेका डोउले पुन आधा घण्टा दाहाल निवासमा बिताए। त्यहाँ एमाओवादी महासचिव कृष्णबहादुर महरा बसिरहेका थिए। वैठक कोठामा एक छिन बसेपछि दाहाल र डोउ एक्ला एक्लै कुरा गर्ने भन्दै माथिल्लो कोठामा उक्लिए। त्यसको आधा घण्टा पछि बाहिरिएका डोउले दाहालाई चिनियाँ संस्कृति झल्काउने एउटा आर्ट उपहार दिए। IMG 9847 डोउलाई उपहार दिँदै दाहाल उपहार ग्रहण गर्दै दाहालले चिनियाँ भाषामा 'से से' (धन्यवाद) भने। चीन र नेपाल बीच दौत्य सम्बन्ध कायम भएको ६० बर्ष पुगेको अवसरमा डोउ नेपाल भ्रमणमा आएका हुन्। दाहाल र डोउ भेटमा संविधान निर्माण, भूकम्प पछिको पुनःनिर्माण लगायतका विषयमा छलफल भएको एमाओवादी महासचिव कृष्णवहादुर महराले बताए। उनका अनुसार चिनियाँ कम्युनिष्ट पार्टी र एनेकपा माओवादीका कार्यकर्ताबीच स्कुलिङ साटासाट गर्न भ्रमण आदानप्रदान गर्ने विषयमा छलफल भएको छ।

ugeslimbu · Aug 25, 2015 1:04 PM · 3,522 views

1 Reply

लिपूलेक को बारे चु पनि नगर्ने आदेश दिएर गए | रागेले खसी उडायो, खसी लगेर के गर्छस , रेसिपी त मै संग छ | लिपुलेक मा तिमिहरुले आफ्नो बनाएर के भयो र नक्सामा त हार्म्रै छ |

magorkhe1 · Aug 25, 2015 1:11 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all