कैलालीको टिकापुरमा सोमबारको घटनालाई लिएर प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रालयले फिर्ता बोलाएको छ । प्रजिअ राजकुमार श्रेष्ठलाई गृहमन्त्रालयले मंगलबार पत्र पठाएर तत्काल गृहमन्त्रालयमा हाजिर हुन निर्देशन दिएको हो । स्रोतका अनुसार यो घटनाले प्रजिअ श्रेष्ठको कार्यक्षमतामाथि नै प्रश्न उठेको छ । गृहले उनको कार्यशैली सन्तोषजनक नभएको र टीकापुर घटनामा मृत्यु भएकाहरुको विवरण पनि गलत संप्रेषण गरेको उनीमाथि आरोप लगाइएको छ । गृहमन्त्रालयले तत्कालका लागि कैलालीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न सुदुरपश्चिमका क्षेत्रीय प्रशास कार्यालयमा रहेका मोहन चापागाईलाई पठाएको छ । यसैबीच आज मंगलबार पनि कैलालीका बिभिन्न ठाउँमा झडपहरु भएका छन् । आज सदरमुकाम धनगढी र टिकापुरमा अखण्ड सुदुरपश्चिमका पक्षधरहरुले हिजोको घटनाको विरोध गर्दै प्रदर्शन जारी राखेका छन् । प्रशासनले स्थितिलाई नियन्त्रणमा लिनका लागि टिकापुर, धनगढी लगायतका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । आजको प्रदर्शनका क्रममा अखण्ड पक्षधरहरुले कैलाली क्षेत्र नम्बर १ का सभासद जनक चौधरीको टिकापुरस्थित घरमा आगजनी गरेका छन् । त्सैगरी थरुहट संयुक्त आन्दोलन परिचालन समितिका नेता रेशम चौधरीको फुलबारी रिसोर्ट पनि जलाएका छन् । - See
ugeslimbu · Aug 25, 2015 12:40 PM · 3,768 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion