थरुहट÷थारुवान संयुक्त संघर्ष समिति तथा कैलालीबाट प्रतिनिधित्व गर्ने सभासद् र नेताहरुले सोमबार टीकापुरमा भएको घट्नाको सबै जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुले सरकारले सुनियोजित ढङ्गले टीकापुर घटना घटाएको आरोप लगाउँदै त्यसको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने जिकीर गरे । सरकारले अहिले पनि कैलालीमा सेनाको उपस्थितिमा हिंसा भड्काउने कार्य गरिरहेको भन्दै उनीहरु तत्काल सेना नहटाए त्यसबाट सृजना हुने सबै किसिमको अवस्थाको सरकार जिम्मेवार हुने चेतावनी दिए । कैलाली र कञ्चनपुर छुट्याउन नदिने भन्दै उनीहरुले मंगलबार पनि सुरक्षाकर्मीको सहयोगमा थारुहरुको घर जलाउने, तोडफोड गर्ने, थारुहरुलाई पक्राउ गर्ने कार्य भइरहेको बताए । पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक धनिराम चौधरी, सभासद जनक चौधरी, रुक्मणी चौधरी, सुरेन्द्रप्रसाद चौधरी लगायतका कैलालीबाट प्रतिनिधित्व गर्ने सभासद् तथा नेताहरुको सहभागिता थियो ।
ugeslimbu · Aug 25, 2015 12:03 PM · 1,575 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion