थरुहठ आन्दोलनका कारण सुरक्षा चुनौतीमा रहेको दाङलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिले सोमवार वेलुका ८ वजेदेखि भदौ २२ गते सम्म दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो। यो घोषणासंगै सोमबार बेलुका देखिनै सेना परिचालन गरिएको छ । थारुहरुको बाहुल्य रहेको जिल्ला र थरुहठ आन्दोलनको गढका रुपमा रहेको दाङ अहिले चलिरहेको थरुहठ आन्दोलनका कारण निकै सुरक्षा चुनौतीमा रहेको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले बताए । 'थारु आन्दोलनका कारण यो जिल्ला पनि सुरक्षा चुनौतीमा छ,' उनले भने 'त्यसैले दाङमा दंगा नभड्केओस् भनेर दंगाग्रस्त क्षेत्र घोषणा गरिएको हो ।' मुख्यतः देउखुरी क्षेत्र यो आन्दोलनका कारण जगजगीमा रहेको उनले वताए । प्रशासनले राप्ती अञ्चल सदरमुकाम तुलसीपुर बजार क्षेत्र, घोराही र देउखुरी क्षेत्रमा दंगाग्रस्त क्षेत्र घोषणा गरिएको र सुरक्षा अवस्थामा खलल पुग्न नदिन ब्यापाक सुरक्षा परिचचालन गरिने समेत जनाइएको छ । थरुहठ आन्दोलनकै क्रममा २०६४ मा देउखुरीमा २ जनाले ज्यानै समेत गुमाएका थिए । यो घोषणा संगै पाँचजना भन्दा बढिको समुहमा बाहिर हिड्डुल गर्न नपाउने प्रशासनद्धारा सुचनामा उल्लेख छ । यसैगरि भेला,सभा लगाएत कुनै पनि सार्वजनिक कार्यक्रम गर्न नपाईने प्रशासनले वताएको छ । साथै प्रशासनले तोकेबमोजिमको नियम उलंघन गर्दै आगजनी गर्ने, सार्वजनिक वा कसैको नीजि सम्पत्तिमा क्षेती पुर्याउने प्रयास जो कसैबाट भएपनि गोली हान्न सक्ने अधिकार सुरक्षाकर्मीमा रहने समेत प्रशासनले चेतावनी दिएको छ ।
ugeslimbu · Aug 24, 2015 2:43 PM · 3,383 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion