Killings in Kailali, एसएसपी सहित ६ जनाको मृत्यु भएको पुष्टि, सुरक्षा प्रमुखहरुको आपतकालीन बैठक बस्दै

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एसएसपी सहित ६ जनाको मृत्यु भएको पुष्टि, सुरक्षा प्रमुखहरुको आपतकालीन बैठक बस्दैथरुहट संघर्ष समितिले आह्वान गरेको बन्दका क्रममा कैलालीमा हिंसात्मक झडप भएको छ। झडपमा एसएसपी लक्ष्मण न्यौपानी सहित ८ सुरक्षाकर्मीको मारिएका छन्। प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशव बोहोरालाई भाला रोपेर मारिएको छ।  सशस्त्र प्रहरी प्रधान कार्यालयले दुई जना सशस्त्र प्रहरीको मृत्यु भएको पुष्टि गरेको छ। मृत्यु हुने एकजना हवल्दार रामबिहारी थारु हुन्। उनलाई जिउँदै जलाएर मारिएको गृहमन्त्री बामदेव गाैतमले संसदलाई जानकारी गराए। घटना लगत्तै गृह मन्त्रालयमा सुरक्षा प्रमुखहरुको आपतकालीन बैठक बोलाइएको छ। 'गृहमन्त्रीको उपस्थितिमा सुरक्षा अंगका प्रमुखहरुको बैठक केही छिनमै सुरु हुँदैछ', सुरक्षा स्रोतले नागरिकन्युजसँग भन्यो। घटनास्थलमा मद्दत टोली पठाइएको प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बताए। सोमबार टिकापुरमा निशेधाज्ञा तोड्ने क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको हो । निषेधाज्ञा तोड्ने क्रममा प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि भाला प्रहार गरेको एक प्रत्यक्षदर्शीले नागरिकन्युजलाई बताए। प्रहरीका अनुसार टिकापुरबाट पाँच किलोमिटर उत्तरमा करिब २० हजार प्रदर्शनकारीले एसएसपी लक्ष्मण न्यौपाने नेतृत्वको टोलीलाई घेरा हालेका थिए। कैलाली र कंचनपुर थरुहट प्रदेशमा हुनुपर्ने माग राख्दै साउन २४ देखि अनिश्चितकालीन बन्दको आयोजना गर्दै आन्दोलन गर्दै आएका छन्। सिडिओलाई सेना परिचालनको अधिकार गृह मन्त्रालयमा बसेको विशेष सुरक्षा बैठकले अान्दोलन चर्किरहेको क्षेत्रलाई 'दङ्गाग्रस्त' घोषणा गर्दै स्थानीय प्रशासनलाई सेना परिचालन गर्न सक्ने अधिकार दिएको छ। कैलालीमा प्रदर्शनकारी अाक्रमणबाट सुरक्षाकर्मी मारिएपछि मन्त्रालयमा बसेको बैठकले दुवै प्रहरीले अवस्था नियन्त्रणमा लिन नसके स्थानीय प्रशासनले सेना परिचालन गर्ने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए। 'दङ्गाग्रस्त क्षेत्रमा शंका लागेको व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल पक्राउ गर्न सक्नेछ', ढकालले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने। गृहमन्त्रीको उपस्थितिमा सोमबार दिउसो बसेको सुरक्षा प्रमुखहरुको बैठकले नेपाल प्रहरी र सशस्त्रले मात्रै स्थिति नियन्त्रणमा लिन नसक्ने ठहर गर्दै दङ्गाग्रस्त क्षेत्रमा सेना परिचालन गर्ने निर्णय लिएको हो। कैलाली, सर्लाहीको मङ्गवा र रौतहटको गौर सहित दङ्गाग्रस्त स्थानमा सेना परिचालन हुने गृहमन्त्री गाैतमले संसदलाई जानकारी दिए।

ugeslimbu · Aug 24, 2015 2:13 PM · 6,638 views

2 Replies

खुसी मना मुजी तेरै जस्तो जाती वादी पार्टी ले गरेको हो।

facebook · Aug 24, 2015 2:26 PM

limbuwan le nai gareko ho hahha

Nepalimannaparaunemanche · Aug 24, 2015 6:29 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all