NEPAL ARMY KILLING PEOPLE IN TIKAPUR, 23 DEAD....

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दंगाग्रस्त तराई मधेसका जिल्लामा के-के गर्छ सेनाले ? गृहप्रवक्ता भन्छन्-सेनाले शंका लाग्नासाथ गोली हान्न सक्छ २०७२ भदौ ७ गते १७:०५ मा प्रकाशित  16.2K  44    1  । कैलालीको टीकापुरलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्नुअघि गृहमन्त्रालयमा सबै सुरक्षा निकायका प्रमुखहरुले उपप्रधानमन्त्री एबम् गृहमन्त्री बामदेव गौतमलाई परिस्थितिको ब्रिफिङ गरे ।नेपाल प्रहरीका उच्च अधिकारीसहित ठूलो हताहती भएपछि परिस्थिति प्रहरीको नियन्त्रण भन्दा बाहिर जान लागेको निष्कर्ष निकालियो । त्यसपछि सेनालाई अघि बढाउने निष्कर्षसहित दंगाग्रस्त क्षेत्र घोषणा गरियो । रौतहट र सर्लाहीमा पनि दंगाग्रस्त क्षेत्र घोषणा गर्ने हो कि भन्ने छलफल चले पनि अहिले कैलाली बाहेक अरु भागहरु प्रहरी नियन्त्रणमा रहेको निकश्र्ष निकालिएको स्रोतले जनाएको छ । स्थानीय प्रशासन ऐन २०२८ (ख) अनुसार एउटा जिल्लाको कुनै निश्चित क्षेत्र प्रहरीको नियन्त्रण बाहिर जान थालेमा प्रमुख जिल्ला अधिकारीले सेना परिचालन गर्न सक्छ । सोही अनुसार कैलालीमा अब सेनाले परिस्थिति नियन्त्रणमा लिनेछ । यो ऐन अनुसार नेपाली सेनाले जुनसुकै ठाउँमा जुनसुकै बेला खानतलासी लिने र शंकास्पद व्यक्तिलाई गोली चलाउनेसम्मको अधिकार राख्छ । गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार सुरक्षाकर्मीले यस्तो बेलामा शंकास्पद व्यक्तिलाई बिनापूर्जी पक्राउ गर्न सक्छन् । ढकालले भने-कुनै अवान्छित गतिविधि गरिरहेको ठाउँमा सेनाले सिधै गोली चलाउन सक्छ । दंगाग्रस्त क्षेत्रभित्र जुलुस, सभा समारोह, सेमिनार, बैठक र मनोरञ्जनात्मक काम गर्न पाइँदैन र त्यस्तै केन्द्रहरु बन्द गरिनेछन् । स्थानीय प्रशासनले यो अवधिमा शिक्षण संस्था पनि गर्न सकिनेछ । दंगाग्रस्त क्षेत्रमा ५ जना भन्दा बढी एकै ठाउँमा हिँड्न निषेध गरिएको छ । त्यस्तै व्यक्तिका पसल, घर तथा गोदामहरुमा शंका लागेमा सेनाले खानतलासी गर्ने र शंकास्पद लागेका सामाग्री जफत गर्नेछ । आवश्यक खाद्य तथा अन्य सामाग्रीहरु सेनाले आपूर्ति गर्नेछ । कम्तिमा एक महिना यो दंगाग्रस्त क्षेत्र कायम रहने र आवश्यकता अनुसार थपिन सक्ने ढकालले बताएका छन् । शान्ति सुव्यवस्था कायम गर्नका लागि यो कदम बाध्यकारी भएको उनले बताए । ढकालले अनलाइनखबरसँग भने-यो अवस्थामा सेनाले त्यो ठाउँको परिस्थिति आफ्नो नियन्त्रणमा लिन सक्छ । तर त्यो प्रमुख जिल्ला अधिकारीको निर्देशन र समन्वयमा हुन्छ । -

ugeslimbu · Aug 24, 2015 2:09 PM · 12,221 views

3 Replies

Idiot, don't spread rumors

Bichitra_Kumar · Aug 24, 2015 2:14 PM

waiyyat khate ..j paye tyahi lekhne...

cybro · Aug 24, 2015 3:26 PM

bhote linde sala

Nepalimannaparaunemanche · Aug 24, 2015 6:25 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all