गुन्डा नाइके कुमार घैँटे मृत्युको घटना छानबीनको माग गर्दै नेपाली कांग्रेसका युवा नेता तथा सभासद गगन थापा सहितका नेता राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन्।आइतबार दिउँसो मानव अधिकार आयोगको कार्यालय पुल्चोक पुगेर कांग्रेस केन्द्रीय सदस्य गगन थापा, र सभासद जगदिश्वरनर सिंह केसी र भीमसेनदास प्रधानले प्रहरीले ज्यादती गरेको भन्दै छानबीन गर्न आग्रह गरेका थिए।मानव अधिकार आयोगकी प्रवक्ता तथा सदस्य मोहना अन्सारीले कुमार घैंटेको परिवारलाई सहयोग गर्न गगन थापा सहित अरु दुई जना सभासद आएको बताइन्।पहिलोपोस्टसँगको कुराकानीमा उनले भनिन् 'सबै कुरा सुदीप पाठकज्युले अरेन्ज गर्नुभा’को हो, उहाँलाई सोध्दा राम्रो हुन्थ्यो। हो, उहाँहरु आउनुभएको थियो। कुमार घैँटेको परिवारले अनुसन्धान होस् भन्ने चाहनुभएको रहेछ, उहाँहरुले पनि आयोगले घटनाको अनुसन्धान गरोस् भन्ने विचार राख्नुभएको हो। आयोगले पनि पोस्टमार्टम रिपोर्ट, घटनाको प्रकृति सबैको राम्रो अनुसन्धान होस् भनेर भन्ने नै हो, भनेको छ। मलाई सबैको नाम त थाहा छैन, एकजना भिमसेनदास प्रधान, एकजना केसी सभासद र गगन थापा आउनुभएको थियो।'थापा सहितका कांग्रेस नेताहरु मानव अधिकार आयोगका सदस्य सुदीप पाठक तथा अध्यक्ष अनुपराज शर्मासँग भेटघाट गरेर घटना छानबीनको आग्रह गरेका हुन्। थापा र केसी कुमार घैँटेका केही समर्थक सहित आयोग पुगेका थिए।यस सम्बन्धमा बुझ्न खोज्दा आयोगका सदस्य सुदीप पाठकले अध्यक्षसँग कुरा गर्न आग्रह गरे। थापा र केसी आयोग पुगेर पहिला सदस्य सुदीप पाठकलाई भेटेका थिए। पछि उनैले अध्यक्ष अनुपराज शर्मासँग भेट गराएका थिए।आयोगमा पुगेर नेताहरुले कुमार घैँटेले आफुमाथि सुरक्षा खतरा रहेको भन्दै मानव अधिकार आयोगमा पहिले नै उजुरी दिइसकेको सन्दर्भमा प्रहरीले नियोजित रुपमा हत्या गरी ‘इन्काउन्टर’को नाम दिएको भन्दै घटनाको छानबीन गरिदिन आयोगलाई आग्रह गरेका थिए। -
ugeslimbu · Aug 23, 2015 4:02 PM · 5,703 views
Were was this dude when a father was in hunger strike, asking for Justice. His son was killed ? Did anybody care about him? This is all the money and power. Showing loyalty in returns they had received from Ghiate, this not about justice, it is an advertisement of their loyalty. Last edited: 25-Aug-15 09:46 AM
magorkhe1 · Aug 24, 2015 11:55 AM
Yesta [Disallowed String for - use not allowed] laai follow garne ni hunchan yar. Asti chakre milan ko page pani dekhya the. Thukka nepali buddi.
facebook · Aug 24, 2015 12:19 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion