BIG BOSS SAILES N AMIT SHAH..MISS NEPAL USA

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आउदो अगस्त २२ तारिखमा हुने ५ औ मिस नेपाल युएस प्रतियोगिताको लागि उत्कृष्ठ १० मा छनौट परेका सहभागीहरुको लागि विश्व कै सम्राट राज्य न्युयोर्कमा तालिम सुरु भएको छ l आज बिहान देखि न्युयोर्कमा बिभिन्न प्रकारका तालिम प्रारम्भ गरिएको भन्दै यो क्रमले निरन्तरता पाउने जानकारी मिस नेपाल युएस का संचालक समितिका निर्देशक सैलेश श्रेष्ठले बताए l तालिममा प्रतियोगीहरुले अगस्त २२ तारिखमा हुने प्रतियोगितामा प्रस्तुति गर्नु पर्ने सबै तालिम दिने व्यवस्थाको लागि अनुभवी तथा ख्याती प्राप्त व्यक्तित्वहरुले उचित प्रशिक्षण दिई रहेको आयोजकले बताएका छन् l उक्त तालिमको लागि मिस नेपाल युएसका संस्थापक अमित शाह ,संचालक समितिका निर्देशक शैलेश श्रेष्ठ ,क्याट वाक(बिरालो चालकि) निर्देशक मोना हजारिका तथा २०१२ कि नेपाल लिम्बु सुन्दरी प्रतियोगिताकि कि बिजेता तथा ड्रेस डिजाईनर( पोशाक रूपकार) निलिमा मादेन ले प्रशिक्षण दिई रहेका छन् l बिहान देखि साँझ सम्म हुने उक्त तालिममा परिचयात्मक प्रस्तुति को साथै क्याट वाक (बिरालो चाल ) तथा अन्य तालिम प्रदान गरिएको अमित शाहले बताए l नेपालको पुनर्निर्माणमा सहयोग गर्ने बिशुद्ध उद्धेश्यले गरिने कार्यक्रम हो l र ,यसपाली बलिवुडका कलाकार मनिषा कोइराला तथा गुलशन ग्रोभरको सहभागिताले अझ हामी उत्साहित भएका छौ शाहले उत्साहित हुदै भने l आज तालिममा सहभागी हुने १० प्रतियोगीहरुको प्रस्तुति देख्दा सबै एक से एक ,सबै तीक्ष्ण बुद्धि तथा सबै होनहार प्रतियोगी लागेको शाह तथा श्रेष्ठले एकै स्वरमा बताए l थप जानकारी दिदै कसले ५ औ नेपाल अमेरिका सुन्दरी प्रतियोगिताको बाजी मार्ने हो हामी दुबिधामा पर्यौ दुवैले भने l पाचौ मिस नेपाल यु एस प्रतियोगितामा अमेरिकाका बिभिन्न राज्यहरुबाट प्रतियोगीहरु सहभागी रहेका छन् l अन्तिम १० औ मा पर्ने प्रतियोगिहरुमा बिभुति बराल ,लस् एन्जेलस ; दिभ्या भण्डारी ,म्यारिल्याण्ड ;ज्योत्शाना पराजुली ,ओहायो ;कौसली लामा ,मिनेसोटा ;नेहा झा ,टेक्सास ;प्रियंका थपलिया ,नर्थ क्यारोलिना ; रचना ज्ञवाली ,मिनेसोटा ;स्यारोन गामी ,न्युयोर्क ;स्मृति गिरि ,क्यालिफोर्निया तथा सुनिता पुन ब्रिटिश कोलम्बिया बाट प्रतियोगितामा भाग लिई रहेका छन् l

rownyc · Aug 21, 2015 11:38 AM · 11,438 views

1 Reply

chi euti ramri lagen Miss Nepal contestants haru but i like the one at the front of the poster with white dress

Nepalimannaparaunemanche · Aug 21, 2015 7:04 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all