क्षणभंगुर जीवन !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कुन कर्म कति बेला प्रकट हुन्छ भन्ने कुराको लेखा-जोखा गर्न निकै मुस्किल पर्दछ। माहाऋषिहरू समेतलाई धौ-धौ पर्छ कर्मको बिधि बुझ्नलाई ! क्षणमै धनि गरिब हुन सक्छ र क्षणमै गरिब धनि। हामी कर्मको नियमलाई बेला-बेलामा नियतिको खेल भनेर पनि बुझ्ने गर्छौ। तर यो कर्मको नियति इश्वरको सृजना नभई मान्छे आफैले रचेको हो। मान्छे स्वयम् कर्म गर्छ र तेस्को फल पनि पाउदछ। न्युटनको सिद्धान्तले भनेको छ: "Every action has a reaction." मान्छेले गर्ने कर्म पनि "action" नै हो. तर कर्म केवल शारीरिक क्रिया मात्र होइन। मान्छेको मनमा आउने हजारौं विचारहरू कर्म नै हुन। प्रत्यक विचारहरू सुक्ष्म रुपमा चित्तमा संस्कारका रूपमा स्थित हुन्छन र उपयुक्त समय आउना साथ् उक्त संस्कारहरू अनुभवमा परिणत हुन खोज्दछन। पृथ्वी लोकमा मान्छेको हातमा कर्म बाहेक अरू केहि पनि आफ्नो बशमा छैन। भागवत गीतामा भगवान श्री कृष्णले भन्नु भएको छ: " कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।" अर्थात्, तिम्रो अधिकार केवल कर्ममा छ, तेस्को फलमा छैन। तर कलियुगमा एस्तो कुरा गर्यो भने मान्छेहरू अचम्मित हुन सक्छन किनकि उनीहरू जन्मे देखि मृत्यु सम्म निरन्तन फलको आसमा काम गरेका हुन्छन। गीताको यस श्लोक बुझ्न तिखो बुद्धिको आवश्यकता पर्दछ। मान्छेको जीवन क्षणभंगुर जीवन हो। साधारण मान्छेहरूलाई आफ्नो भविस्यको बारेमा केहि पनि थाहा हुदैन। कति बेला कुन कर्म चित्तबाट प्रकट भै जीवन सुन्दर बनाउने हो, या कति बेला कुन कर्म चित्तबाट प्रकट भै जीवन धरापमा पर्ने हो भन्ने कुराको बिस्लेशण गर्न निकै गारो पर्दछ। भोलि बाँचिन्छ कि मरिन्छ केहि ठेगान हुदैन। भोलि कसले आएर कमाएको सारा सम्पत्ति लगिदिने हो केहि ठेगान हुदैन। भोलि स्वास्नी छोरा-छोरीले बिचल्लीमा पारेर छोड्ने हुन कि भन्ने कुराको पनि ठेगान हुदैन! यो लोकमा के कुरा को ठेगान छ त उसो भए? यहाँ केहि कुरा पनि एकनास भएर बस्दैन। खोला निरन्तर बगी रहे जस्तै मानव जीवन पनि निरन्तर बगी रहेछ। तर साधरण मान्छेलाई यो कुराको अत्तो-पत्तो नै हुदैन कि उसको जीवन कता बगी रहेछ! साधरण मान्छेहरू एउटा सुकेर झरेको पात जस्तै हुन, कति बेला हावाको बेगले कहाँ उडाई लैजाने हो ठेगान नै नहुने।

ujl · Aug 20, 2015 7:19 PM · 1,835 views

1 Reply

Past is gone and it will lead us and guide us for future which is uncertain and know to general people. What ever we do in present is to secure our future, not making the same mistake we made in past. Knowledge and wisdom will help us making good choices and right decisions. Education and self discipline may helps us to lead to make good decision and avoide unwanted outcomes. For most people education is for degree and employment purpose may alter the level of wisdom.

magorkhe1 · Aug 20, 2015 8:12 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all