SHRISHTI SHRESTHA in AUSTRALIAN FASHION CITY

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

र्व मिस नेपाल सृष्टि श्रेष्ठ अस्ट्रेलियामा आगामी अगस्ट २९ मा हुने एक फेसन शोमा सहभागी हुने भएकी छन्। सिड्नीमा हुन लागेको 'फेसनमान्डु' नामक शोमा सन् २०१२ की मिस नेपाल सृष्टिलाई अस्ट्रेलियन मोडलहरुले साथ दिनेछन्। मोडलको रुपमा विभिन्न म्युजिक भिडियोमा काम गरिरहेकी उनी अर्को अस्ट्रेलिया उड्ने तयारीमा छिन्। 'अस्ट्रेलियामा हुने र्यापम्प शोमा सहभागी हुँदैछु। अर्को साता उड्ने भएकाले अहिलेको कामहरु सिध्याउन लागिपरेकी छु,' सृष्टिले भनिन्। फेसनमान्डुका लागि डिजाइनर विश्व गौतम, अमृत बराल, टिटो लभास र क्याट्री मरी लगायतले परम्परागत कलेक्सन तयार गरेका छन्। यनिसा सुब्बा, मरिना श्यामली, रोजी श्रेष्ठ, सारा गौतम, जिना लिम, क्याला केम्बर र जुलिया स्मित लगायत दुई दर्जन मोडलहरु र्याशम्पमा देखिनेछन्। विभिन्न ३० जना डिजाइनरहरुले तयार पारेका कलेक्सनमा भारतीय र अन्य गरी ३२ मोडलले ज्वेलरी विकमा सहभागिता जनाइरहेका छन्। त्यसबाहेक र्यायम्पमा बलिउडका सेलिब्रेटीहरु समेतले सहभागिता जनाइरहेका छन्। केगरिरा डटकमले ग्लोबल कन्सल्टिङ एन्ड बिजनेस सर्भिस र स्मार्ट राइनोको सहकार्यमा कार्यक्रम गर्न लागेको हो। कार्यक्रम संयोजक अर्चना थापाका अनुसार फेसनमान्डुमा नेपाली मूलका ६ र विदेशी मूलका १४ मोडल र्यागम्पमा उत्रनेछन्। मिस अस्ट्रेलिया बेस्ट मोडल २०१४ लुइस् ब्रोइङ र मिस टिन ग्लोबल युनाइटेड सोनी टर्नर पनि कार्यक्रमका आकर्षण रहनेछन्। 'जीवन उत्थान अस्ट्रेलियाको सहयोगार्थ च्यारिटी कार्यक्रम गर्न लागेका हौं। कार्यक्रममा नेपाल र अन्तर्राष्ट्रियस्तरका डिजाइनरहरुको कलेक्सनलाई नेपाल र अस्ट्रेलियाका मोडलहरुले पहिरिनेछन्। डिजाइनरहरुले पराम्परागत पश्चिमेली पहिरनलाई फ्युजन गराएका छन्, 'केगरिरा डटकमका निर्देशक नेवा किरणले भने, 'शोबाट उठेको रकम भूकम्पपीडित र अनाथ बालबालिकालाई आश्रय दिइरहेको जीवन उत्थान अस्ट्रेलियालाई दिइनेछ।' 'नेपाली कलेक्सनहरु अन्तर्राष्ट्रियस्तरमा समेत माग हुन लागेको अवस्थामा यो शोले नेपाली डिजाइनरको प्रवर्द्धन अझ एक तहमाथि गरिदिने विश्वास छ,' डिजाइनर विश्व गौतमले भने।

rownyc · Aug 20, 2015 2:08 PM · 10,560 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all