king MAHENDRA policy in NEPAL

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

राजा महेन्द्र र यिनीहरूका बीचमा आकाश र पातालको सम्बन्ध छ । राजा महेन्द्रको विचार जस्तो भए पनि वा त्योसँग जुनसुकै व्यक्ति असहमत भए पनि उनमा देश चलाउने तथा शान्ति र स्थिरता कायम गर्ने सोच थियो भने यिनीहरूमा देश भाँड्ने, अशान्ति फैलाउने र अराजकतालार्ई बढावा दिने उद्देश्य रहेको छ । राजा महेन्द्रले, कमसेकम, आफ्नो सत्ताको सुदृढीकरणका लागि काम गरेका थिए भने खेतालाहरूले साम्राज्यवादी रणनीतिको सुदृढीकरणका लागि काम गर्दै आएका छन् । राजा महेन्द्रमा आफ्नो सोचअनुसारको देश बनाउने संकल्प थियो तर यिनीहरूले आफ्नो ठाउँमा रहेको देशलार्ई भताभुंग बनाउने सपना देख्दै आएका छन् । महेन्द्र र यिनीहरूको नाम एकसाथ उच्चारण गर्नै नहुने स्तरको अन्तर छ । दिल्लीमा आयोजित अग्रगमनको यात्रा आगामी मंसिर ७ गते आफ्नो दसौँ वार्षिकोत्सव मनाउन नपाउँदै मलामी खोज्नुपर्ने बाटोमा लागेको छ । जनताको कुनै पंक्ति साथमा नभएको यो लोकतन्त्र, देशको सबैै मानव भूगोलले तिरस्कार गरेको यिनीहरूको ‘राज्य पुनर्संरचना’ र नेपालीको हातबाट दाह संस्कारका लागि शंख फुकिसकिएको यिनीहरूको नेपाल बनाउने ‘भिजन’ आम नेपालीका लागि निन्दाञ्जली चढाउन सडकमा राखिएको छ । जनताको छातीमा गोली दागेर पनि नतर्सिएको पश्चिम नेपालको जनविरोधपछि साम्राज्यवाद–विस्तारवादका खेतालामा सुरु भएको भागदौड हेर्दा लाग्छ कि आगोका बीचमा फसेका यी अपराधीहरूले ज्यानमात्र भए पनि जोगाउने अन्तिम प्रयासमा सम्पूर्ण ऊर्जा खर्चिरहेका छन् । यिनीहरूको हविगत हेर्दा ‘पुनः मुसीको भवः’ भन्ने एउटा पौराणिक कथाको याद आउँछ । भारतीय ‘ऋषि’ हरूको आशीर्वादबाट ‘शेर’ बनाइएका यिनीहरूको पेटमा डलर पस्न सुरु गरेपछि डाइनासोरै भएका थिए । बाहिरबाट भरेको हावाले शरीर फूलाउँदासम्म यिनीहरू चारजना बसेर दर्जनौँपटक संविधान संशोधन पनि गरे । वीरगञ्जको भारतीय महावाणिज्य दूतावासले सिट्टी बजाउनासाथ संविधानलार्ई ‘संघीयता’ को आभूषणले पनि सजाए । धर्म, संस्कृति, नागरिकता, देशको अस्मिता सबै बेचेर खानेहरूले राजस्व बाँडेर खानु त ठूलो कुरा थिएन । राज्यको माफियाकरण, समाजको अपराधीकरण, दलको गुन्डाकरण र मालको कालो बजारीकरण गरेर देशलार्ई तहस नहस पार्नु यिनीहरूको नित्यकर्म बनेको थियो । पहिलो संविधानसभादेखि आजसम्म राज्यको पुनर्संरचनाका नाममा यिनीहरूले एक दर्जन नक्सा पेस गरिसकेका छन् । कागजी सहमतिमा लगभग ५० वटा जाति, क्षेत्र र भाषालार्ई ‘राज्य’ दिइसकेका छन् । नेपालको विकासको नमुना हेर्न खेतालाहरू देशको खर्चमा चिलगारीमा शयर गर्दै स्वीट्जरल्यान्ड, अमेरिका र फ्रान्स पनि पुगे । ‘शान्ति’ को आवरणमा विदेशी प्रभुहरूलार्ई अतिथिका रूपमा भित्र्याएर समाजमा विद्वेषको जहर घोले । गणतन्त्रका नाममा रंगीबिरंगी राजा रजौटाको उदय भयो । भाँडभैलोलार्ई सुव्यवस्थाको, अराजकतालार्ई पद्धतिको, स्वैच्छाचारितालार्ई लोकतन्त्रको र अनैतिकतालार्ई क्रान्तिको उपमा दिएर विदेशी खेतालालार्ई जति ड्युटी दिइएको थियो, त्यो सबै अधिकतम रूपमा पूरा गरे । प्रत्येक कुराको आयु हुन्छ । जब यिनीहरूको पेटमा भरिएको बाहिरी वायु फुस्केर चाउरिएको मरिचझैँ बन्दै गयो, तब यिनीहरू पुनः मुसो नै बन्न आइपुगेका छन् । खेतालाहरूको हविगत जस्तो देखिएको छ । यसको महत्व यिनीहरूको अवस्थासँग जोडिएको छैन । यसको महत्व यिनीहरूले ‘अग्रगमन’ का नाममा उठाउँदै आएका मुद्दाको तुकसँग जोडिएको छ । भिजनको एउटा प्रस्ट रूप हुन्छ, उद्देश्यको एउटा प्रस्ट चित्र हुन्छ, लक्ष्यको एउटा निश्चित बिन्दु हुन्छ र कर्मको एउटा ठोस प्रक्रिया हुन्छ । आजसम्म खेतालाहरूमा जुन चरित्र देखियो, त्यसमा यी कुनै पनि कुरा छैनन् । पूरै अन्धकारमा तिर हान्ने र धमिलोमा माछा खोज्नेबाहेक अर्को कुनै योजना थिएन भन्ने तथ्य सबै घटनाले प्रमाणित गर्न पुगे । खेतालाहरू वस्तुतः कोही पनि थिएनन् । यी विदेशीहरूले रासायनिक प्रयोगशालामा उत्पादन गरेका विषालु ग्याँसमात्र थिए । जहरबाट मानिसलार्ई लठ्याएर अपांग बनाउनुमात्र यिनीहरूको काम थियो भन्ने तथ्य दिनदिनै बदलिने यिनीहरूको धारणाहरूले देखाइरहेका छन् । जनता नजाग्दासम्म यो काम यिनीहरूले ‘अग्रगामी सोच’ का आवरणमा जबर्जस्ती गर्दै आएका थिए भने जनता जागेपछि त्यही काम ‘जनतालार्ई मनाउने’ नाममा गर्न खोजेका छन् । तर, दुवै अवस्थाको उद्देश्य जसरी पनि देश भाँडेर साम्राज्यवाद र आफूलार्ई बलियो बनाउनु रहेको छ । जनताको इच्छा अग्रगमन हो वा यिनीहरूले आजसम्म लादेको दूराचार अग्रगमन हो भन्ने कुराको जवाफ सायदै यिनीहरूको मुखबाट पाइने सम्भावना छ । यस सन्दर्भमा सबैभन्दा रमाइलो दृश्य पश्चिम नेपालमा जारी रहेको जनविरोधपछि देख्न सकिन्छ । खेतालाहरू घुम्दैफिर्दै राजा महेन्द्रको पहलमा डा. हर्क गुरुङले तयार पारेको नेपालको हालको नक्सामा संविधान लेखनलार्ई पूरा गर्नुपर्ने छलफलमा आइपुगेका छन् । आफ्नो पैतलामुनिको जमिन जति खोस्रे पनि एउटा कुखुरो चिलबराबरको उचाइमा उड्न सक्दैन भन्ने उखान यतिबेला निकै राम्ररी चरितार्थ भएको छ । पृथ्वीनारायण शाहपछिका अब्बल दर्जाका चिन्तक राजा महेन्द्र र भारतीय दूतावासले छोडेका सडक छाप गुप्तचरहरूको खटनपटनमा चल्नुपर्ने नियतिमा बाँच्दै आएका गुहे कीराहरूलार्ई समान दर्जामा राख्नु र अझ गुहे किराहरूलार्ई ठूला भाग्य विधाता देख्नु मजाकको चरम रूप थियो । राजा महेन्द्र र यिनीहरूका बीचमा आकाश र पातालको सम्बन्ध छ । राजा महेन्द्रको विचार जस्तो भए पनि वा त्योसँग जुनसुकै व्यक्ति असहमत भए पनि उनमा देश चलाउने तथा शान्ति र स्थिरता कायम गर्ने सोच थियो भने यिनीहरूमा देश भाँड्ने, अशान्ति फैलाउने र अराजकतालार्ई बढावा दिने उद्देश्य रहेको छ । राजा महेन्द्रले, कमसेकम, आफ्नो सत्ताको सुदृढीकरणका लागि काम गरेका थिए भने खेतालाहरूले साम्राज्यवादी रणनीतिको सुदृढीकरणका लागि काम गर्दै आएका छन् । राजा महेन्द्रमा आफ्नो सोचअनुसारको देश बनाउने संकल्प थियो तर यिनीहरूले आफ्नो ठाउँमा रहेको देशलार्ई भताभुंग बनाउने सपना देख्दै आएका छन् । महेन्द्र र यिनीहरूको नाम एकसाथ उच्चारण गर्नै नहुने स्तरको अन्तर छ । विदेशीहरूसँग रोइधोइ गरेर उद्योगधन्दा खोल्ने महेन्द्र र ती सबै बेची खाएर महल ठड्याउने यिनीहरू, बाह्य अतिक्रमण रोक्न वंशजको नागरिकतामा कडाइ गर्ने महेन्द्र र नागरिकता बेचेर बैंक ब्यालेन्स बढाउने यिनीहरू, हदबन्दी लगाएर जमिनमा किसानहरूको पुँजीवादी हक कायम हुने बाटो खोल्ने महेन्द्र र हदबन्दीको माग उठ्दा विरोधमा दश हात उफ्रिने यिनीहरू, परिवार नियोजन सुरु गरेर महिलालार्ई सामन्तवादी सोचबाट बाहिर निकाल्ने महेन्द्र र महिलालार्ई खाडीमा बेचेर कमिसन खाने यिनीहरू, विदेशी कुटनीतिज्ञहरूलार्ई आफ्नाअगाडी शीर झुकाउन लगाउने महेन्द्र र विदेशी कुटनीतिज्ञहरूका अगाडि धनुष्टंकार भएर भाँच्चिने यिनीहरूका बीचमा कतै कुनै प्रकारको तुलना हुन सक्ने अवस्था छैन । राजा महेन्द्रले बनाएको अञ्चल र जिल्लाहरूको संरचनालार्ई परिमार्जन गर्न आवश्यक होला तर पनि यी निकै ठूलो अनुसन्धानपछि स्थापित गरिएका हुन् । विदेशी खेतालाले सडकमा पस्कने नक्साका तुलनामा यी कता हो कता वैज्ञानिक छन् भन्ने कुरा बुझ्न यसको खण्डीकरणका विरुद्धमा उर्लेको जनसागर हेरे पुग्छ । जनताले यी अपराधीहरूको पुनर्संरचनाबाट नभई राजा महेन्द्रको नक्सामा आफ्नो भविष्य सुरक्षित देखेको रहेछ भन्ने तथ्य उजागर भसकेको छ । यसले के देखाउँछ भने तुलनात्मक रूपमा राजा महेन्द्रको नक्सामा जनताको जीवन छ, जबकि यिनीहरूको नक्सामा विनाशमात्र । अर्को राजनीतिक मान्यता राख्ने मानिसले पूर्वाग्रह राख्न सक्ला तर जनताको भाषा आग्रह÷पूर्वाग्रहमा आएको हुँदैन । हे विदेशी खेतालाहरू ! अब तिम्रो प्राण महेन्द्रपथले मात्र जोगाउने देखिन्छ । राजा महेन्द्रको पूजा गर्न सुरु गर ! तिम्रा मानसपिता विदेशीहरूबाट देशविरोधी कुरामात्र सिकिन्छ, जसको नतिजा आज भोगिरहेका छौँ तर महेन्द्रका राम्रा कुरा सिक्दा देशका लागि सिकिन्छ । किनभने तिम्रा मानसपिताहरू नेपालविरोधी हुन्, राजा महेन्द्र नेपाली हुन् । एउटा नागरिकका रूपमा राष्ट्रको परिधिभित्र बाँच्नेहरूका लागि विदेशी अन्नदाताभन्दा स्वदेशी सौताने दाजुु नजिकको र मर्दापर्दा काम लाग्दो हुन्छ । तिमीहरूले नेपाल र नेपाली सन्तानका विरुद्धमा पराइसँग मिलेर गरेको पाप कुर्लिन लागेको छ । तिमीहरूबाट ठूलो काम हुने कुरा दन्त्यकथा हो । औकातले साथ दिन्छ भने महेन्द्रको पूजासम्म गरे पनि पापमोचन सुरु हुन्छ ।

rownyc · Aug 19, 2015 10:26 AM · 9,657 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all