एक्टेड नेपालको आयोजनामा अमेरिकी सिनेटर गोल्डमेनसहितको छ सिनेटर टोलीले भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक नगरी साँखुको भग्नावशेषको निरीक्षण गर्नुका साथै शङ्खरापुर नगरपालिकाभरि सरसफाइ गर्नको लागि कामदारलाई आवश्यक ज्यावल वितरण गरेको छ । उक्त सिनेटर टोलीमा करिब ३० जना अमेरिकीको उपस्थिति रहेको थियो । एक्टेड नेपालका कार्यक्रम संयोजक दिपक चापागाईंका अनुसार शङ्खरापुर नगरपालिकाभरि करिब ३०० जना कामदार लगाएर भग्नावशेष पन्छाउने र बाटो एवम् चोकको सरसफाइ गरिनेछ । शङ्खरापुर नगरपालिकाको मुटु साँखुको ८, ९, १० र ११ नं वडाको सरसफाइका लागि शङ्खरापुर स्थानीय सरसफाइ समिति गठन गरिएको छ । त्यसैगरी, यस सरसफाइ कार्यको अनुगमन गर्न आनन्दबहादुर श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समितिसमेत बनेको छ ।
rownyc · Aug 19, 2015 9:42 AM · 5,763 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion