deuba vs baburam…deuba helping tharu community

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पश्चिम नेपालका थारु र अन्य समुदायबीच सदियौंदेखि रहँदै आएको सद्भाव खलबल्याउन खोज्ने षड्यन्त्र प्रति नेपाली कांगे्रसका वरिष्ठ नेता शेरबहादुर देउवाले चिन्ता प्रकट गर्नुभएको छ । सामाजिक सद्भाव विथोल्न भएका प्रयासहरुलाई तत्काल निरुत्साहित गरिनुपर्ने भन्दै आम नेपाली जनता सचेत रहनुपर्ने बेला आएको उहाँले बताउनुभयो । वरिष्ठ नेता देउवाको भनाइ छ– जहाँका जनता एक भएर बस्न चाहन्छन्, तिनलाई बलजफ्ती खण्डित गरिनु हुँदैन, सदूरपश्चिमका जनता अखण्ड चाहन्छन् भने तिनको भावनामा कसैले पनि कुठाराघात गर्नु हुँदैन ।’ नेपालका थारु समुदायको हक अधिकार सुदृढ गर्ने र उनीहरुलाई विशेष अधिकार दिने अभियानमा आफू सधैं अग्रणी भूमिका निर्वाह गर्न तयार रहेको पनि देउवाले बताउनुभएको छ । केही दिनदेखि सामाजिक सञ्जाल तथा अनलाइन प्रोटलहरुमा देउवाले थारु समुदायलाई रौं जति पनि अधिकार नदिने, वार्ता भाँड्न खोजेको भन्नेजस्तो समाचार भ्रमणपूर्ण, असत्य र पूर्वाग्रहपूर्ण छ । त्यो समाचारप्रति मेरो घोर आपत्ति छ । कैलालीलाई टुक्राउनु हुन्न, पहाडी र थारु समुदायबीच सद्भाव, मेलमिलाप र सहकार्य हिजोजस्तै कायम हुनुपर्छ, उनीहरु मिलेर बस्ने वातावरण बन्नुपर्छ भन्ने मेरो भनाइ हो, वरिष्ठ नेता देउवाले भन्नुभयो, ‘उनीहरुलाई विशेष संरक्षण क्षेत्र सहित अधिकार दिने कुरामा मेरो अडान कायमै छ ।’

rownyc · Aug 19, 2015 9:40 AM · 7,961 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all