Be Careful

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौ, श्रावण ३२ - क्यानाडाको पिआर बनाएका महेश केसी (नाम परिवर्तन)ले एक बर्ष अघि पोखराकी रञ्जु थापासंग बिहे गरे । आफू भन्दा १७ बर्ष कम उमेरकी ति किशोरीसंग बिहे गरेका उनले थापालाई श्रीमतीको दर्जा दिएर क्यानाडा लिएर गए । त्यसको एक महिना नबित्दै केसी छाँगाबाट खसे । जब उनकी श्रीमती उनलाई छाडेर अन्तै भागिदिइन् । ४५ वर्षीय उनले आफनी श्रीमतीको खोजी गरिदिन नेपाल प्रहरीको इन्टरपोल शाखालाई अनुरोध गरेका छन् । उनकी श्रीमती रञ्जु उनलाई छाडेर क्यानाडा नजिकैको क्यारेबियन मुलूक एन्टिगुआ बरमुडामा गएको बताएका छन् । ‘ति युवती माथी आफ्नो लगानी भएको भन्दै दिन बिराएर फो गर्ने गरेका छन्’ इन्टरपोल शाखाकी डीएसपी बसुन्धरा खडाले भनिन् ‘एन्टिगुआमा ति युवती छन्, छैनन् इन्टरपोल मार्फत बुझिरहेका छौ ।’ केसीले इन्टरपोललाई पठाएको इमेल अनुसार रञ्जु क्यारेबियन मुलूककी आफ्नै साथीसंग भागेकी हुन् । उनले त्यहाँका केहि मानिस आतंककारी गतिवीधीमा समेत लाग्ने भएको जनाउँदै आफ्नी श्रीमती त्यता लागेको हुनसक्ने जनाएका छन् । अचेल प्रहरीमा विदेश लिएर गएकी श्रीमती त्यहाँ पुगेर भागेको र कमाउन विदेश गएका श्रीमान सम्पर्कमा नआएका उजुरीहरु पर्ने गरेका छन् । विदेशी मुलूकमा रहेका प्रहरीसंग समन्वय गर्ने काम इन्टरपोलले गर्ने भएका कारण यस्ता उजुरीहरु पर्ने गरेका हुन् । युरोपियन र अमेरिकी मुलूकमा पैसा कमाउन जाने नेपाली युवतीहरुले त्यस्ता ब्यक्तिलाई माध्यमको रुपमा मात्र प्रयोग गर्ने गरेको पाइएको छ । ‘त्यस्ता मुलूकमा गएर पैसा कमाउन लालयित हुन्छन्’ डीएसपी खडाले भनिन् ‘त्यहाँ पुगेपछि आफूलाई ल्याउने ब्यक्तिलाई छाडेर भाग्ने गरेको पाइएको छ ।’ बिदेशी मुलूकमा बिहे दर्ता गरेपछि सम्बन्ध प्रमाणीत गर्न नसक्दा त्यहाँको कानुनले सम्बन्धीत ब्यक्तिलाई समस्यामा पार्ने गरेको छ । जीवन बिमा, स्वास्थ्य बिमा लगायत अन्य सेवा सुविधाबाट बञ्चित हुने गरेका छन् । ‘श्रीमती हो भनौं, साथमा छैन, होइन, भन्दा बिहे दर्ता छ’ खडाले भनिन् ‘त्यसरी बिहे गर्ने पुरुषको जिन्दगी त यता न उताको हुने गरेको छ ।’ अर्को बिहे गर्न समेत उनीहरुलाई समस्या हुने गरेको छ । अझ कतिपय नेपाली युवतीले ति मुलूकमा पुग्न मात्र नेपाली पुरुषलाई प्रयोग गर्ने नभई त्यहाँ पुगेर बिहे दर्ता गरेपछि सम्बन्ध बिच्छेदको नाममा आधा सम्पत्ति समेत हडप्ने गरेका छन् । यस्तै डेनमार्कमा २० बर्ष देखी बस्दै गरेका कृष्णबहादुर थिङले बौद्ध बस्ने एक नेपाली युवतीलाई फेसबुकमा चिने । फेसबुकको सामिप्यताकै आधारमा थिङले ति गुरुङ युवतीलाई डेनमार्क आउने सबै कागजपत्र र पैसा पठाइदिए । ति युवती डेनमार्क पुगिन् । थिङले गुरुङसंग बिहे समेत गरे । बिहे गरेको एक महिना बित्न नपाउँदै गुरुङ युवती भागिन् । ६ महिना अघि महानगरीय प्रहरी बृत बौद्धमा एक युवती हराएको उजुरी पर्‍यो । युवती बेचिएको वा कसैले प्रलोभनमा पारेर कतै लगेको हुनसक्ने अनुमान गरेको प्रहरी छक्क पर्‍यो । जब ति युवती नेपाल नभई डेनमार्कमा हराएको तथ्य खुल्यो । श्रीमती हराएपछि थिङले नेपाल स्थित युवतीका आफन्तलाई सम्पर्क गरेर उनी हराएको सुचना दिएका रहेछन् । त्यसपछि सम्बन्धीत मुलूकका प्रहरीलाई अनुरोध गरेर हराएकी युवतीलाई खोजिदिन अनुरोध गरेका हुन् । आफुले लाखौं रुपैंया खर्च गरेर पुर्‍याएकी श्रीमती एक महिना नबित्दै भागेपछि थिङले आपैंm खोजी गरेका थिए । श्रीमती बेल्जियममा भारतिय मुलका ब्यक्तिको घरमा काम गरेर बसेको पत्तो पाए । उनी लिन पुग्दा युवती भागीसकेकी थिइन् । श्रीमती हराउने मात्र होइन, प्रहरीमा श्रीमान हराएको उजुरीहरु समेत पर्ने गरेका छन् । खासगरी, दुबई, मकाउ, लगायतका मुलूकमा गएका युवाहरुले नेपालमा श्रीमती र परिवारलाई सम्पर्क नगर्ने गरेको गुनासो प्रहरीमा आउने गरेको छ । खोटाङकी सीता राई मकाउमा सेक्युरीटी गार्डमा जागि खान पुगेका श्रीमान फिर्ता नआएको भन्दै खोजी गरिमाग्दै थिइन् । विदेश गएको २ बर्षसम्म सम्पर्क गरेका श्रीमान अचानक हराएपछि उनी प्रहरीमा आएकी थिईन् । ‘घरायसी कारणले हराएको हुन्छ, तर बेपत्तै भयो अपरहणमा नै पर्‍यो जसरी अत्तालिदै आइपुग्छन्’ खडाले भनिन् ‘सोधखोज गर्दै गयो, अरु नै युवतीसंग लागेर बसेको भेटिन्छ ।’ इन्टरपोलले अपराधिक घटना र ब्यक्तिहरु माथी मात्र अनुसन्धान र अर्काे मुलूकलाई अनुरोध गर्ने भएका कारण यस्ता घटनाहरुमा चासो दिन छाडेको छ । पारिवारीक कलहका बिषय इन्टरपोलको कार्यक्षेत्र भित्र नपर्ने भएकाले यस्ता बिषय बस्तुहरु हात नहाल्न इन्टरपोलले अनुरोध गरेको छ ।

murkhamailo · Aug 18, 2015 6:47 PM · 3,559 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all