जब सम्म पिउंदै हुन्छु , तब सम्म जिउंदै हुन्छु.........

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जब सम्म पिउंदै हुन्छु , तब सम्म जिउंदै हुन्छु जब सम्म जिउदै हुन्छु तब सम्म पिउदै हुन्छु। मलाई नपिउ भन्नेलाई मलाई नजिउ भन्नेलाई एउटा प्रश्न गरें, तिमीलाई यो जिन्दगी जिउनुको अर्थ थाह छ? उसले "अहँ थाह छैन " भने जसलाई जिउनुको अर्थ थाह छैन, उसलाई पिउनुको अर्थ के थाहा? आंतिएर पिएको हैन मात्तिएर जिएको छैन स्वाभिमानलाई बन्धकी राखेर अपमानको जिन्दगी जिएको छैन पीडा भुल्नको पिएको हैन, आफै जल्न पिएको छैन, एउटा मिठो आभास जिउनुको एउटा अनन्त आकाश जिउनुको यही त छ सुबास पिउनुको यहीं त हो प्रभास जिउनुको कसैलाई सरापेर बेसुरा राग अलापेर जिउनु भन्दा आफै भित्र रमेर भित्र भित्रै गुनेर जिन्दगी जिउनु छ, यसमानेमा पिउनु छ |

rahulvai · Aug 17, 2015 12:26 PM · 23,799 views

8 Replies

ठुल्दाई , पढ्न त अस्तिन उता अनुहारहरुको किताबमा पढेको हो यो भाव , फेरी पढें फेरी मज्जा आयो . -थाहा छैन

ThahaChaena · Aug 17, 2015 2:50 PM

पिउन छोडेको धेरै भएको थियो ...राहुल भाई को कविता ले फेरी ,पुनः एकपल्ट सुरुवात गरौँ गरौँ जस्तो बनायो l धन्येबाद राहुल भाई

samvoo · Aug 17, 2015 5:39 PM

राहुल ब्रो हजुरको कविता पढेर किन हो किन शिव परियार दाइको यो गितको याद आयो ! अनि राहुल ब्रो हजुरलाई त्यो भिडियोमा सेतो ड्रेस लगाएर नाच्ने मैया को हुन्... थाहा छ कि ब्रो ? सार्है हिस्सी लागिन भने मलाई त् !

Nas · Aug 18, 2015 7:46 PM

रिस्त बस्नेत होला ब्रो, cyber संसार मा छ फोटो, फेरि प्रियंका रिसौलिन नी आरु हेर्यो भनेर .

vname · Aug 19, 2015 1:12 AM

यो पिउनु र जिउनु को सम्बन्ध बदो गज्जब को छ दाई। कोइ जिउन को लागि पिउछ त कोही पिएर जिउछ। आफुले पिउन छोडेको नि जुगौ भइसक्यो। तैपनी।।।। "सबको मालुम है मै सराबी नही, फिर भि कोही पिलाये तोह मै क्या करु" ख कि मखु ? अरु अरु नि लेख्दै गर्नु ठुल्दाई !!!!

KyaJhoor · Aug 19, 2015 7:30 AM

कोहि जीउन को लागि पिउछन त कोहि पिउन को लागि जीउछन ! यो त जीबन को निरन्तरता हो नि ब्रो.

NepaliBudho · Aug 19, 2015 9:14 AM

कोहि जीउन को लागि पिउछन त कोहि पिउन को लागि जीउछन ! यो त जीबन को निरन्तरता हो नि ब्रो.

NepaliBudho · Aug 19, 2015 9:14 AM

ओह हो भिनेम ब्रो ! ब्रोलाइ म कति धन्यवाद दिउ ... उहा मोडलको नाम रिस्ता बस्नेत नै रहेछिन ! मैले यो भिडियो पहिलो पटक हेर्दा नै रिस्तालाइ देखेर मख्ह परेको थिए ! उहा को होला भनेर म सधै उहाको यादमा दुबी बस्थे ब्रो ! मेरी प्यारी प्रियाँकाजी त् मेरी हृदयमा बस्ने रानी हुन् तर रिस्ता माथि मेरो पापी नजर परि हाल्यो .... के गर्ने ? काली काली हिस्सी परेकी कत्ति राम्री मोरी ! त्यो प्रियंका छोप्रा नि उहा जस्तै देखिन हुन्छ, राम्ररी हेर्नु त् हाम्री रिस्तालाइ !! (राहुलब्रो, भिडियो पोस्ट गरेको माइन्ड नगरिदिनुस न ल प्लिज !)

Nas · Aug 19, 2015 10:54 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all