एनआरएन पोर्चुगलको भावी कार्य समितिका सम्पुर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन । एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद(आईसीसी ) सदस्यमा रमेश कुमार गुरुङ र राष्ट्रिय समन्वय समितिमा भीम के सी कमल अध्यक्ष र सोम फुरी शेर्पा महासचिवमा रहने गरी एक निर्विरोध कार्य समिति चयन भएको जानकारी निर्वाचन समितिले गराएको छ । कार्य समितिको अन्य पदाधिकारीहरुमा तीन उपाध्यक्षमा क्रमश: राजन शेरचन, सुनिल संगम श्रेष्ठ, शम्भु गौतम , दुई सचिवमा ध्रुवप्रसाद सापकोटा, कृष्ण कंडेल र कोषाध्यक्षमा रुपक श्रेष्ठ निर्वाचित भएका छन। त्यसै गरी आईसीसी युवा र महिला प्रतिनिधिमा प्रितम बहादुर गुरुङ र जयकला राई चयन भएका छन भने सदस्यहरुमा राजेन्द्र अधिकारी, मुक्तिनारायण श्रेष्ठ, धर्मराज अधिकारी, मनिराज सापकोटा, प्रजापति शर्मा, दौलतमान अधिकारी, प्रलाद कंडेल, कोमलनाथ नेपाल, भगवती भण्डारी सुवेदी, झोरमान तामाङ्ग, गीता राना तामाङ्ग, आङनुरी शेर्पा, गुमान सिंह कार्की, श्यामप्रसाद ढकाल र रामहरि घिमिरे निर्वाचित भएका छन । स्मरण रहोस विधान अनुसार कार्यसमितिले बढीमा कार्यसमिति सदस्यको एक चौथाई सदस्यहरु पछि मनोनित गर्न सक्नेछ । महाधिवेशनको दौरानमा सबैको साझा एनआरएन बनाउन लामो कसरतका क्रममा प्रवासी नेपाली मञ्च, पोर्चुगल सहमतिमा पनि नआएको र निर्वाचन प्रक्रियाबाट पनि बाहिरिए पश्चात अन्य बाँकी सबै पक्षहरुलाई समेटेर नयाँ कार्य समिति चयन भएको जानकारी सबै जसो वार्ता प्रक्रियामा सहभागी एक प्रतिनिधिले नेपाली वेभलाई बताए। त्यसै गरी प्रवासी नेपाली मञ्चले एक प्रेश विज्ञप्ति जारी गरी उम्मेदवारी दिन तोकिएको समय भन्दा अगाडि निर्वाचन समितिले एनआरएन कार्यालय बन्द गरेको लगायत कार्यालय भित्र निर्वाचन समितिको संयोजक, सहसंयोजक कै अगाडि एक समुहले उम्मेदवारहरुको मनोनयन फाराम, वारेसनामा/ मञ्जुरीनामा फाराम खोस्ने, फ्याँके जस्ता बलमिच्याँई कार्य भएको भन्दै मञ्चले यो निर्वाचन प्रक्रिया प्रति घोर निन्दा प्रकट गर्दै प्रक्रियाबाट बाहिरिएको घोषणा गरेको छ।
rownyc · Aug 16, 2015 12:18 PM · 4,705 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion