KOMAL OLI VISA REJECTED BY US EMBASSY KATHMANDU

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकामा कार्यक्रम गर्न भन्दै काठमाडौंमा रहेको अमेरिकी दूतावासमा भिसा आवेदन दिएकी नेपालकी चर्चित गायिका कोमल वलीको भिसा आवेदन अस्वीकृत भएको छ । विगतमा पनि धेरैपटक अमेरिकाको भिसाका लागि प्रयास गरेकी वलीको भिसा आवेदन यसपटक पनि अस्वीकृत भएको हो ।  कोमल वलीको कार्यक्रम गर्ने भन्दै अमेरिकामा रहेका प्रवद्र्धकले विभिन्न राज्यमा कार्यक्रम बेच्न सुरु गरिसकेका भएतापनि वलीको भिसा अस्वीकृत भएपछि अन्यौल सृजना भएको छ । भर्खरै बामे सर्दै गरेका र नामै नसुनेका गायक गायिका अमेरिकामा पुगिसक्दा पनि वलीले भिसा नपाएपछि निराशा व्यक्त गरेकी छिन् ।  पत्रकार रामजी ज्ञवालीसँग कुराकानी गर्दै वलीले भनिन् –‘खै किन पत्ताउन्न मलाई अमेरिकाले ! अमेरिकाले  नपत्ताउने ममा के छ त्यस्तो ? यसअघि अन्र्तवार्ताको क्रममा मैले अलिकति गाली गरेकी थिए, खै के भएर भिसा दिएन केही थाहा छैन ।’

rownyc · Aug 16, 2015 11:54 AM · 9,958 views

1 Reply

so this is a news?

ramas · Aug 16, 2015 12:06 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all