नेपाललाई हिन्दू राष्ट्र बनाउन कसैले रोक्न नसक्ने: काली बाबा Details 15 August 2015 समाचार Previous Articleथारुको बर्दिया बन्द Next Articleबौद्ध धर्मावलम्बीले मनाउने महत्वपुर्ण गुँला पर्व शनिवार देखि सुरु Tools Print Email Typography Medium Default Reading Mode Share This नेपालका चर्चित धार्मिक गुरु काली वावाले राजनीतिक नेताहरुले व्यक्तिगत स्वार्थ लादेर नेपाललाई धर्म निरपेक्षता घोषणा गरेको बताउनु भएको छ । उहाँले विश्वभरिका डेढ अर्व हिन्दुहरु जागेकाले नेपाल जसरी पनि हिन्दु राष्ट्र घोषित हुने वताउनुभएको छ । भारतमा विभिन्न तीर्थस्थलहरुमा योग, ध्यान र साधनामा लामो समय विताएका नेपाली काली वावाले नेताहरुको काम राजनीति गर्ने र जनतालाई सेवा सुविधा दिने भएकोले धर्ममा हस्तक्षेप नगर्न चेतावनी दिनुभयो । धर्मको रक्षा र प्रवद्र्धन गर्ने काम धर्म गुरुहरुको भएकोले सवै हिन्दुहरु जागेकोले नेपाललाई हिन्दु राष्ट्र हुनवाट रोक्न कसैले नसक्ने उँहाको भनाई थियो । एकीकृत नेकपा माओवादीको तत्कालीन सरकारले पशुपतिनाथमा हस्तक्षेप गरि पूजा कार्य रोकिदिँदा आज उसको सबैले देखेको तर्क पनि कालीबाबाले बताउनुभयो । उहाँले अफगानिस्तानमा तालिवानीहरुले बुद्धका मूर्तिहरु ध्वस्त बनाउँदा तालिवानहरु हालत पनि त्यस्तै भएको भन्दै नेपाललाई हिन्दु राष्ट्र घोषित नगरे यहाँका नेताहरुकोपनि त्यस्तै हाल हुने चेतावनी दिनुभयो । नेपाली हिन्दुहरुमाझ राम्रो छवी बनाएका काली वावापनि नेपाल हिन्दु राष्ट्र हुन पर्छ भन्ने अभियानमा होमिएपछि राजनीतिक दलहरुलाई थप दवाव पर्ने देखिएको छ ।
rownyc · Aug 15, 2015 9:43 AM · 2,670 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion