DEUBA vs KOIRALA...Deuba cadre killed

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा लेखनाथ नगरपालिकाका स्थानीय कांग्रेस नेता रामजी बादलको हत्या भएको छ।  बिहीबार राति अबेरसम्म पार्टीको अान्तरिक बैठकमा सहभागी भएर फर्किएका बादलको शव शुक्रबार बिहान लेखनाथ नगरपालिका–१३ गगनगौँडामा फेला परेको हो। हत्या गरिएका कांग्रेस नेता रामजी बादल। फाइल तस्विरः केशवशरण हत्या गरिएका रामजी कांग्रेसभित्रका शेरबहादुर देउवा पक्षीय नेता हुन्। दुई दिन अघि दुई पक्षबीच झडप भएपछि त्यसलाई मिलाउन बिहीबार राति स्थानीय बुद्धिमान गुरुङको घरमा छलफल बोलाइएको थियो। सो छलफलबाट फर्किने क्रममा उनीमाथि कोइराला पक्षले अाक्रमण गरेको हो। राति ११ बजे फर्किएका उनमाथि बाटो ढुकेर बसेको समूहले अाक्रमण गरेको थियो। बैठक सकेर फर्किएका उनमाथि मोटरसाइकलको हेल्मेट लगायतले प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।। घटनामा मनोज गुरुङ र नारायणहरि तिवारी गम्भीर घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको छ। प्रहरीले घटनामा संलग्नको आरोपमा लेनपा १६ वडा समितिको सभापति राजु रानाभाटलाई पक्राउ गरेको छ। उनी कोइराला पक्षका हुन्। हत्याको विरोधमा शुक्रबार पृथ्वी राजमार्ग तथा लेखनाथ नगरपालिका क्षेत्रका सडक ठप्प पारिएको छ।

rownyc · Aug 14, 2015 10:19 AM · 3,195 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all