एनआरएनए बहराइनको पाचौं महाधिवेशन सम्पन्नगैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बहराइनको पाचौं महाधिवेशन शुक्रबार, ७ आगष्ट २०१५ का दिन नेपालको क्लबको हलमा सम्पन्न भएको छ । यस महाधिवेशनका सभापति यसै संघका अध्यक्ष टंक बस्नेत हुनुहुन्थ्यो । भने प्रमुख अतिथि नेपाली राजदुतावास बहराइनका कार्यवहाक राजदुत खगराज पाण्डे हुनुहुनथ्यो । त्यसै गरी बिशेष अतिथिमा नेपाली राजदुतावासका तृतीय सचिव ओम कुमार भण्डारी हुनुहुन्थ्यो भने बिभिन्न संघ संस्थाका प्रतिनीधिहरु, पत्रकारहरु, पर्यवेक्षक, एनआरएन मध्यपूर्वका भुतपूर्व उपसंयोजक राजु सैयद, निर्वाचन समितिका संयोजक तथा सदस्यहरु अतिथि रहनु भएको थियो । महासचिव काजी थापा मगरले कार्यक्रम सञ्चानल गर्नु भएको थियो भने प्रथम उपाध्यक्ष सन्तोष दाहालले स्वागत मन्तव्य दिनु भएको थियो । सो कार्यक्रम उद्घाटन प्रमुख अतिथि र सभापतिले संयुक्त रुपमा पानसमा बती बालेर गर्नु भएको थियो । २०१३ देखी २०१५ सम्मको यस संस्थाको प्रतिवेदन महासचिव काजी थापाले पेश गर्नु भएको थियो । त्यस्तै आर्थिक प्रतिवेदन कोषाध्यक्ष पुरन खत्रीले पेश गर्नु भएको थियो भने यस संघको कल्याणकारी कोषको प्रतिवेदन कल्याणकारी कोषका संयोजक श्याम र्राईले पेश गर्नु भएको थियो । शुभकामना मन्तव्य पत्रकार नारायण रपाल विश्वकर्मा, समाजसेवी दिपक गुरुङ्ग लगायतले दिनु भएको थियो भने शुभकामना दिने क्रममा कार्यवहाक राजदुतले एनआरएन बहराइनले समाजसेवा लगायत बिधिन्न किसीमका गरेको कामको प्रशंसा गर्नु भएको थियो । यस एनआरएनए बहराइनको २००७ बिधानलाई संसोधन गरीएको थियो भने सो बिधान संसोधन समितिमा संयोजक झम्क प्रसाद सापकोटा हुनुहुन्थ्यो र सदस्यहरुमा कमल श्रेष्ठ र दुर्गा बहादुर गिरी हुनुहुन्थ्यो । बिधान संसोधनका संयोजकले बिधान पढेर सुनाउनु भएको थियो भने कसै बाट केहि आपती नआएकाले र्सवसमितिले बिधान २०१५ पास गरीएको थियो । कार्यक्रमको पहिलो चरण यसै कार्यक्रमका सभापती टंक बस्नेतले समापन गर्दै २०१३/२०१५ को कार्यसमिति बिघटन भएको घोषणा गर्नु भयो । कार्यक्रमको दोस्रो चरण अर्न्तर्गत निर्वाचन समितिका सदस्य दिपक गुरुङ्गले सञ्चालन गर्नु भएको थियो भने निर्वाचन संयोजक समाजसेवी गम बहादुर गुरुङ्ग हुनुहुन्थ्यो । नर्या कार्य समितिका लागि उमेदवारको दर्ता आवहान गरीएकोमा कसैले एक पदका लागि एक भन्दा बढी नाम दर्ता नगर्नु भएकाले र्सवसमितिले नयाँ कार्यसमिति चयन भएको घोषण यसै निर्वाचन समितिका संयोजक गम बहादुर गुरुङ्गले जानकारी दिनु भयो जसमा निम्न पदाधिकारीहरु रहनु भएको छ । नव गठीत कार्यसमिति : अध्यक्ष : टंक बस्नेत प्रथम उपाध्यक्ष : लाल प्रसाद पुन दितीय उपाध्यक्ष : नारायण प्रसाद उप्रेती तृतीय उपाध्यक्ष : तेज राम सापकोटा महासचिव : राज कुमार बस्नेत सचिव : धन कुमार र्राई कोषाध्यक्ष : पुरन खत्री कल्याणकारीकोष संयोजक : श्याम कुमार र्राई महिला संयोजक : लक्ष्मी गिरी सदस्य : कुमार बिक आइसीसी सदस्य : कमल श्रेष्ठ
rownyc · Aug 10, 2015 7:05 AM · 3,013 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion