EVOLVING POLICE FORCE OF NEPAL

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रहरी प्रधान कार्यालयले उपत्यकाका १३ वटा वृत्तका प्रहरी प्रमुखको सरुवा गरेको छ। शुक्रबार १ सय ४२ जना डिएसपीको सरुवा गर्दै उपत्यकाका डिएसपी तहका प्रहरी प्रमुख हुने १३ वृत्तका प्रमुखको सरुवा गरेको हो।   महानगरीय प्रहरी वृत्त सिंहदरबारमा प्रजित केसी प्रमुख भएका छन्। महानगरीय प्रहरी वृत्त ठिमीमा प्रविणलाल श्रेष्ठ, जनसेवामा विनोद घिमिरे, स्वयम्भूमा विमलराज कँडेल, महाराजगञ्जमा विश्वमणि पोखरेल, कमलपोखरीमा लोकेन्द्र श्रेष्ठ प्रमुख भएका छन् । सजिव शर्मा दास बालाजु, सुरेन्द्र मैनाली गौशाला, हेमकुमार थापा कालिमाटी, टीकाबहादुर केसी कीर्तिपुर, तारादेवी थापा सातदोबाटो, दिल्लीराज पन्त थानकोट वृत्त प्रमुखमा सरुवा भएका छन् । दयानिधी ज्ञवाली ललितपुर परिसर, शेखर खनाल भक्तपुर परिसर, सन्तोषसिंह राठौर महानगरीय नगर प्रहरी, डम्बरबहादुर विक रानीपोखरी र रेवती ढकाल काठमाडौं परिसरमा आएका छन् । प्रधान कार्यालयले शुक्रबार नै ४ जना एसपीको पनि सरुवा गरेको छ । कुमार दाहाल कञ्चनपुर, कुबेर कडायत दाङ, बसन्त कुँवर सुरक्षा महाशाखा र पुरुषोत्तम कँडेलको अञ्चल प्रहरी कार्यालय बागमतीमा सरुवा भएको छ । हालै बढुवा भएर एसपी भएका दिपक थापा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पश्चिमाञ्चल कायाृलय अर्जुनचन्द ठकुरी हेटौडा र पवनकुमार गिरीको सशस्त्र प्रहरी गण महाराजगञ्जमा पदस्थापना भएको छ । १३ जिल्लाका प्रमुख फेरिए प्रधान कार्यालयले १३ पहाडी जिल्लाको प्रहरी प्रमुखको सरुवा गरेको छ । शुक्रवार निकालेको सरुवा सूची अनुसार धादिङमा सविन प्रधान, दोलखामा बेल बहादुर पाण्डे, गोरखामा बसन्त रजौरे, संखुवासभामा कृष्णहरी शर्मा पौडेल, पर्वतमा गंगा पन्त, जाजरकोटमा दान बहादुर मल्ल, पाँचथरमा कृष्ण प्रसाद कोइराला, इलाममा प्रकाश रानाभाटको सरुवा भएको छ । डोल्पामा धुव्रराज राउत, ओखलढुङगामा दीपेन्द्र शाह, अछाममा दिलिपसिंह देउजा,जुम्लामा बिष्णुहरी कोइराला, दैलेखमा वीर बहादुर ओली,बैतडीमा मोहन पोख्रेल, गुल्मीमा रविन्द्र रेग्मी, भोजपुरमा राजकुमार लम्साल र लमजुङमा शम्भु ढकालको सरुवा भएको छ । रसुवामा राम कुमार थापा, नुवाकोटमा सिद्धिबिक्रम शाह, तेह्रथुममा सुदीप राजभण्डारी, दार्चुलामा सुशीलसिंह राठौर, खोटाङमा बिद्यानन्द माझि,डडेल्धुरामा विपिन कर्माचार्य, सिन्धुलीमा अनुराज द्धिवेदी बाग्लुङमा चक्र बहादुर सिंह,मनाङमा जगन्नाथ गौतमको सरुवा भएको छ ।

rownyc · Aug 9, 2015 3:33 PM · 3,332 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all