बलिउडमा उनैसँग स्क्रिन सेयर गर्दै डेब्यु गरेकी नायिका दिपीका पादुकोणले यति बेला शाहरूख खानलाई ठाडो जवाफ फर्काएकी छन्। जब शाहरूखले आफ्नो फिल्म ‘दिलवाले’ को प्रदर्शन मिति ‘बजिराव मस्तानी’ सँगै जुधाउने गरी घोषणा गरे, दिपीका रिसले आगो बनेकी हुन्। ‘ओम शान्ति ओम’ बाट शाहरूखले नै दिपीकालाई ब्रेक दिएका थिए। त्यसपछि नायिकाले एकपछि अर्को सफलता हासिल गर्दै जाने क्रममा यति बेला बलिउडकै सर्वाधिक पारिश्रमिक लिने नायिकामध्येमा उभिएकी छन्। गतवर्ष सञ्जयलीला भन्सालीको निर्देशनमा बनेको फिल्म ‘राम–लीला’ मा प्रेमी रनवीर सिंहसँग देखिएकी दिपीकालाई उक्त फिल्मले पनि सफलता चखाएको थियो। यति बेला उनै भन्सालीले सोही जोडीलाई ‘बजिराव मस्तानी’ को लिड रोलमा दोहोराएका हुन्। फिल्ममा प्रियंका चोपडा पनि रहेकी छन्। ठूलो आशाका साथ निर्माण गरिएको ‘बजिराव मस्तानी’ ले पहिले नै प्रदर्शन मिति डिसेम्बर १८ लाई निश्चित गरेको थियो। तर यति बेला शाहरूखको फिल्म ‘दिलवाले’ दिपीकाको ‘बजिराव मस्तानी’ का लागि खाने गासमा झिंगा बनिदिएको छ।https://www.facebook.com/nepri... बलिउडका किङ खान शाहरूख जुध्न आएपछि सञ्जयलीलाले रिलिज मितिमा हेरफेर गर्ने धेरैको अनुमान विपरीत दिपीकाले भने सोसल मिडियामार्फत् पूर्वनिर्धारित रिलिजमा हेरफेर नहुने भन्दै लेखेकी छन्, ‘चुनौती स्वीकार गरेका छौं।’ दिपीकाले शाहरूखले बीचमा आएर चुनौती दिएको प्रति लक्षित गर्दै आफूहरू पनि पछि नहट्ने बरु डट्ने जिकिर गरेकी हुन्। पक्कै पनि आफैंले ल्याएकी चेलीले यती क्रूर भएर भडास पोखेपछि शाहरूखको मनमा चोट त लाग्यो नै होला। तर केही टिप्पणी गरेनन्। आन्तरिक रूपमा दिपीकालाई केही भने वा भनेनन् तर दिपीकाले आफ्नो पोस्टलाई केही समयपछि हटाएकी थिइन्। तर त्यस बेलासम्म शाहरूखले दिपीकाका बारेमा पक्कै पनि केही धारणा बनाइसकेका थिए होलान्। शाहरूखले दिपीकालाई ‘चेन्नई एक्सप्रेस’ मा पनि दोहोर्याएका थिए। तर अब लिनुअघि चाहिँ पक्कै एकपटक सोच्लान्।
rownyc · Aug 9, 2015 10:58 AM · 6,727 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion