Solving NEPAL-INDIA Dispute--LIPULEK

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 दिल्ली दौडाहामा आएका पुर्व प्रधानमन्त्री एवं कांग्रेस नेता शेरबहादुर देउवाले यतिखेर चर्चामा रहेको लिपुलेकसहित कालापानी र सुस्ता नेपालको भूभाग रहेको दावी गरेका छन् । उनले यसबारे 'भारतले गर्ने दावी आफ्नै प्रकारको हुन सक्ने' धारणा राखेका छन् । दिल्लीस्थित सरकारी थिङ्क-ट्याङ्क सुरक्षा मामला अध्यन निकाय (आइडीएसए) मा नेपाल-भारत समसामयिक सम्बन्धका बारे शुक्रबार प्रवचन दिंदै देउवाले अहिले विवादमा ल्याइएको लिपुलेक नेपाल-भारत-चीनको त्रिदेशीय नाका भएको यथार्थलाई भुल्न नमिल्ने बताए । "नेपाल-भारत बीच रहीआएको सुमधुर र सहज सम्बन्ध अन्यत्र कहींकतै पनि छैन", देउवाले भने-"आपसमा यदि केही समस्या र विवाद छन् भने द्धैपक्षीय वार्ता र कुटनीतिक समझदारीबाट सहजै हल गर्न सकिने अवस्था हामीबीच छ ।" देउवाले नेपालमा शान्ति प्रकृया निष्कर्षको बिन्दूमा पुग्नै लागेको भन्दै साउन महिनाभित्रमा संविधान लेखनको काम पुरा गर्न राजनीतिक दलहरुबीच सक्दो संवाद जारी रहेको बताए । "यसबीचमा संविधानको पहिलो मस्यौदा जनतामाझ गएपछि आएको राय/सुझाव आधारमा धर्मका मामलामा धर्मनिरपेक्ष शब्द राख्ने/नराख्ने बारे घनिभुत छलफल भैरहेको छ",उनले भने-"शायद यो शब्दको साटो कुनै उपयुक्त शब्दावलीको चयन हुनेछ ।" उनले आठ प्रदेशमा बन्न लागेको संघीयताको खाकामा मधेशीसहितका सबै राजनीतिक दलहरु सहमत भैसकेको बताउादै पछिल्लो चरणमा सिमांकनसहितको संविधान ल्याउन दलहरुबीच संवाद र परामर्श जारी रहेको बताए । देउवाले अघिल्लो चरणमा लिखित मन्तव्य राख्दै भुकम्पको प्राकृतिक बिपत्तीपछि पुर्ननिर्माणको चरणमा रहेको नेपाललाई कठीनाइ परेको बेला भारतले पूर्ण सदासयता र उदारताका साथ सहयोग पुर्याएकोमा खुलेर सहृाअना गरेका थिए । "अहिले पनि बिरुप बनेका र चर्किएका धेरै भवन तथा संरचनालाई भत्काउने प्रविधि नेपालसाग छैन, यसका लागि पनि भारतको सहयोग अपेक्षित छ",उनले भने । देउवाले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको शासनपछि सुरु भएको द्धैदेशीय उर्जा, ब्यापार र अन्य क्षेत्रका सम्झौताहरुले धेरै उपलब्धीपूर्ण परिणाम देखाउन सक्ने भन्दै आफ्नै प्रधानमन्त्रीत्व कालमा सुरु भएको पञ्चेश्वर बहुपक्षीय परियोजना कार्यान्वयनको दिशामा अघि बढेकोमा प्रसन्नता व्यक्त गरे । आइडीएसएले आयोजना गरेको प्रवचन कार्यक्रममा नेपालका लागि पुर्व राजदूत केभी राजनले पुर्व प्रधानमन्त्री देउवालाई चुनौती लिन सक्ने नेता भन्दै देउवाकै अग्रसरताका कारण पञ्चेश्वर परियोजनामा सम्झौता हुन सकेको बताए । कार्यक्रममा आइडीएसएका  उपनिर्देशक रुमेल दहिया, नेपाल मामला जानकार एसडी मुनि, अशोक मेहतालगायतको उपस्थिती थियो । देउवाले शुक्रबार दिउासो भारतीय जनता पार्टीका बरिष्ठ हिन्दूबादी नेता भगतसिंह कोसियारीसाग पनि लोधीरोधस्थित उनको निवासमा भेटवार्ता गरेका थिए । देउवाले शुक्रबार अपरान्ह भारतीय राष्टपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसाग भेटवार्ता गर्दैछन् ।

rownyc · Aug 5, 2015 2:20 PM · 3,464 views

1 Reply

While you go to India , bring the right people who knows more on it. Your visit is not for getting TA and DA.

magorkhe1 · Aug 5, 2015 3:46 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all