एकादेश आज नाक काटेकी सुपर्नखआ भएकी छे| बदलाको भावनामा चुर, क्रोधले आधीबेरी भएकी छे | बिस्फोट हुन्छ र हुनै पर्छ | यूद्ध हुन्छ अनी शुद्ध हुन्छ| को मर्छ को मारिन्छ, कस्ले काट्छ र को काटिन्छ| एस्को लेखा जोखा, हिसाब किताब, राख्ने कोही रहला वा नरहला, बिरही को गीत बन्ला वा हावाको बेगमा डुल्ने कण झै हराउला| खोपडीमा गिदी छ तर ज्ञान छैन| खेतमा दिनभरी जोतिने गोरु भएका छन, एस्का पात्रहरु| हजुरआमाको मिठो स्वरमा सुत्नु अगाडी उत्सुक्ता पूर्वक सुनेको कथा हैन यो| टाढा कल्पनाको संसारभन्दा नजिकको तिक्ततामा लत्पतिएको छ, येसको येथार्थ| दैबको खटन हो या आफुले खनेको खल्डो! लहरो तन्दा पहरो गर्जन्छ| माटोको भर ढुङ्गा र ढुङ्गाको भर माटो| चर्खाबाट मिहेनती हातले टुकीबत्तीको भरमा निकलेको उुनी, र त्यही उुनिबाट बनेको सुइटर हो एकादेश| एकादेशको कथा चल्दो छ, चालसङै तप्तपी बल्दो छ| न्यस्रिएको अनुहारमा बन्दी भएको छ यो| चर्याएको घाऊसङै निक्लने कर्कस पिडा भएको छ यो| रहन्छ,रहदैन, झर्छ, झर्दैन| यो सापटी लिएको श्वासलाई भन्दा स्रिष्टीको बिशालतलाई नै छोड्छु| म यो एकादेश को चोक्टा हुँ| यो दुख्दा म दुख्छु| यो रुदा म बग्छु| Last edited: 04-Aug-15 01:56 PM Last edited: 04-Aug-15 01:59 PM
Void · Aug 4, 2015 1:51 PM · 14,623 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion