मेरिल्याण्डको बाल्टिमोरमा मेशिन रिडेबल पासपोर्ट (MRP) को फारम भर्नका लागि आयोजना गरिएको एकदिने क्याम्प सम्पन्न भएको छ | मेरिल्याण्ड तथा पेन्सिल्भेनियाका लागि अवैतनिक महाबाणिज्य वाणिज्यदूतको कार्यालयको आयोजनामा यो कार्यक्रम भएको हो | मेरिल्याण्ड, पेन्सिल्भेनिया र डेलावर लगायतका राज्यहरुमा बसोवास गर्ने नेपालीहरुलाई यो क्याम्पबाट फाईदा पुगेको बताईएको छ | नेपाली दुतावासले २०१५ को नोभेम्बर भित्रमा MRP बनाई सक्ने भन्ने उद्देश्य अनुरुप पेन्सिलभेनिया मेरिल्याण्ड महा वाणिज्यदूतको कार्यालयले मेरिल्याण्डमा क्रियाशील विभिन्न सामाजिक संघ संस्थाहरुको सह आयोजनामा MRP बनाउने कार्यक्रम गरेको मेरिल्याण्ड तथा पेन्सिल्भेनियाका लागि अवैतनिक महाबाणिज्य दुत प्रेमराजा महतले जानकारी दिनुभयो | डी.सी. स्थित राजदुताबासको एउटा टोलि पनि उक्त क्याम्पमा उपस्थित भएर सेवाग्राहीहरुलाई नि:शुल्क सेवा उपलब्ध गराएको अवैतनिक महाबाणिज्यदुत महतले द नेपाल टुडेलाई बताउनु भयो | उहाँले भन्नुभयो, "फारम भर्नेहरुका समस्याहरुलाई दुताबासका सम्बन्धित कर्मचारीहरुबाट नै परामर्श सहित समाधान गरिएको थियो |" दुताबासका ४ जना कर्मचारी र आयोजक संस्थाका तर्फबाट १२ जनाको स्वयं सेवकले सेवाग्राहीको सेवामा सक्रिय भएर सहयोग गरेका आयोजक संस्था मध्येको नेपाली जन सम्पर्क समिति मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राज सेन्चुरीले जानकारी दिनुभयो | "एक सय दश जनाले MRP पासपोर्टका लागि फाराम भरेका र १० जनाले TPS फाराम भरे, झन्डै ३० जनाले TPS का बारेमा परामर्श लिए " कार्यक्रममा सक्रिय रहेका वोर्ल्ड बिजनेश एण्ड कन्सल्टेन्टका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले द नेपाल टुडेसंग भन्नुभयो |
rownyc · Aug 4, 2015 11:37 AM · 2,851 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion