Sher Bdr Deuba's stance on the border-dispute

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले लिपुलेक, कालापानी र सुस्ता नेपालकै भएको भन्नुभएको छ । साताव्यापी भारत भ्रमणबाट आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले आफूले भारत भ्रमणमा लिपुलेक, कालापानी र सुस्ता नेपालकै हो भनेर स्पष्ट पारेको जानकारी गराउनुभयो । लिपुलेकका सम्बन्धमा नेता देउवाले सुगौली सन्धिले नेपाल–भारतको सिमाना कालीको सिमाना मानेको र लिपुलेकबाटै कालीको सिमाना सुरु भएकाले यसलाई त्रिदेशीय बिन्दुका रुपमा मानिएको बताउनुभयो । आफ्नो भारत भ्रमण समग्रमा सन्तोषजनक रहेको बताउँदै नेता देउवाले भन्नुभयो, “नेपालप्रति भारतको अत्यन्तै सद्भाव रहेको पाएँ ।” “भारतीय नेताहरुले नेपालमा सबैलाई मिलाएर संविधान छिटो बनोस् भन्ने भावना व्यक्त गर्नुभयो”, नेता देउवाले भन्नुभयो, “प्रमुख दलहरुबीच भएको १६ बुँदे सहमतिलाई भारतले राम्रो मानेको छ, तर विरोधमा देखिएकाले केही दललाई भरसक मिलाउनुस् भन्ने सुझाव दिएको छ ।” भारतीय नेताले भोलिका दिनमा कुनै पनि विवाद नहोस् भनेर अधिकतम सहमतिका लागि प्रयास गर्न सुझाव दिएको नेता देउवाले बताउनुभयो । भारतले सीमाङ्कनसहित संविधान आउनुपर्छ भनेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता देउवाले भन्नुभयो, “भारतले नेपालको मामलामा यस्तो गर उस्तो गर भन्दैन तर सबैलाई मिलाउँदा राम्रो हुन्छ भनेको मात्र हो ।” तपाईँ प्रधानमन्त्रीको लाइन मिलाउन भारत जानु भएको हो कि भन्ने जिज्ञासामा पूर्वप्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्रीको लाइन मिलाउन नगएको र भारतको समर्थन जुटाउन पनि नगएको भनी प्रतिवाद गर्नुभयो । “मैले नेपालप्रति भारतको सद्भाव चाहने हो”, उहाँले भन्नुभयो । संविधान निर्माणको महत्वपूर्ण समयमा नेपालका नेताहरुको भारत भ्रमणको अर्थ के हो भन्ने जिज्ञासामा नेता देउवाले आफू भारतमा निर्धारित कार्यक्रममा भाग लिन र भारतीय नेताहरुसँग भेटघाट गर्न गएको स्पष्ट पार्नुभयो । “भूकम्पका बेला भारतले धरै सहयोग गरेको र अझ सहयोगको आवश्यकता छ भन्न गएको हुँ”, उहाँले भन्नुभयो । उहाँले आफू पर्यटनका र लगानीका लागि नेपाल सुरक्षित छ भन्न गएको बताउनुभयो । तपाईँको अनुपस्थितिमा पार्टीको अधिवेशनको मिति हेरफेर भयो नि भन्ने प्रश्नमा नेता देउवाले केन्द्रीय महाधिवेशनको मिति नसरेको र संविधान निर्माणको कार्यलाई दृष्टिगत गरी वडा र गाउँको अधिवेशन मात्रै सामान्य हेरफेर भएको स्पष्ट पार्नुभयो । भारत भ्रमणका क्रममा नेता देउवाले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, विदेश सचिव एस जयशङ्करलगायत नेतासँग भेटवार्ता गर्नुभएको थियो । उहाँ भारत सरकारको निमन्त्रणमासाताव्यापी भ्रमणका लागि बुधबार नयाँ दिल्ली जानुभएको थियो । -

rownyc · Aug 4, 2015 10:41 AM · 4,126 views

1 Reply

Nepal's president needs to go to United Nations to resolve border dispute. You don't go to a fox to ask back chicken stolen!

ramas · Aug 4, 2015 10:48 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all