प्रहरीसंगको झडपमा थुप्रै सभासद्हरुको हातखुट्टा भाँचियो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौँ, १९ साउन । विभिन्न दलित अधिकारसँग सम्बन्धित सङ्घसंस्था तथा राजनीतिक दल आबद्ध दलित समुदायका नेता लगायतले दलितमैत्री संविधान जारी गर्न माग गर्दै आज गरेको प्रदर्शनमा प्रहरी झडप भएपछि करिब दुई दर्जन अधिकारकर्मी तथा दलित नेता घाइते हुनुभएको छ । दलित अधिकार सङ्घर्ष समितिले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा बिजुलीबजारमा झडप भएको हो । सभासद्हरुमा मानबहादुर विश्वकर्मा, जितु गौतम, दलजित सुनार तथा दलित अधिकार सङ्घर्ष समितिका संयोजक तथा पूर्वसभासद् विनोद पहाडी, अधिकारकर्मी कमला हेम्चुरी, सरु सुनार, गणेश विक, पद्म सुन्दासलगायत झडपमा परी घाइते हुनुभएको छ । उहाँहरु अधिकांशको टाउकामा चोट लागेको र हातखुट्टा भाँचिएको छ । अहिले मीनभवनस्थित सिभिल अस्पतालमा उहाँहरुको उपचार भइरहेको छ । नेकपा (एमाले)का नेता एवम् सभासद् जितु गौतमले दोस्रो जनआन्दोलनपछि स्थापित भएका दलितका अधिकार नयाँ संविधानको प्रारम्भिक मस्यौदामा कटौती गरिएकाले त्यसलाई सच्याउन दबाब सिर्जना गर्न शान्तिपूर्ण विरोध प्रदर्शन गरिएकोमा प्रहरी ज्यादती भएकाले त्यसको छानबिन गर्न माग गर्नुभयो । उहाँले लोकतन्त्रमा अधिकार प्राप्तिका लागि शान्तिपूर्ण विरोध तथा सभा गर्न पाइने राजनीतिक अधिकार भएको भएपनि आफूहरुमाथि भएको प्रहरी दमनको निन्दा गर्नुभयो । अधिकारकर्मी सरु सुनारले घाइतेको स्वास्थ्य उपचार गर्न सरकारलाई आग्रह गर्दै दलितमैत्री संविधानका लागि आफूहरुले विभिन्न चरणबद्ध आन्दोलन सञ्चालन गरेको र सोही अन्तर्गत आज विरोध प्रदर्शन गरिएको बताउनुभयो । - Source

cybernepali · Aug 4, 2015 4:21 AM · 1,863 views

1 Reply

From facebook: यो देश कस्काे रहेछ ? अाँउदो संविधान कस्ताे बन्दै रहेछ ? किन धर्मनिरपेक्षता चहिँदाे रहेछ ? हिजाे खुडा तरवार नचाउने हिन्दुअतिवादीलार्इ सम्मान गर्ने, अाज सान्तिपूर्ण दलित अान्दाेलनकारी माथी बर्बर अाक्रमण गर्ने उच्च जातियअहंकारलार्इ बुझ्न अब पनि अाखाँ भएका धृतराषट्रहरूलार्इ कुन पावरका चस्मा चाहिँने हुँन ? काेर्इराला र गाैतमकाे लाठी भनेकाे सनातनी राज्यसत्ताकाे दलित र उत्पीडनमाथी बज्रेकाे लाठी हाे । उ कस्काे मैत्री र कस्काे वैरी रहेछ ? भन्ने कुरा दलिल अान्दाेलनकर्ता,अगुवा,सभासदमा बज्रेका लाठीले ३ हजार वर्षदेखीकाे धार्मिक र जातिय उत्पीडन एवं मनुवादी चिन्तनकाे प्रतिनिधित्व गर्छ । दलित अान्दोलन प्रतिकाे एक्यवद्दता र अातिक्रमणकारी उच्चजातिय अहंकारी सत्ता मुर्दावाद ।

metta · Aug 4, 2015 6:38 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all