एस्तो रिति रिवाजलाइ निर्मुल पार्न सरकारले प्रहरी र सैनिक पठाउनु पर्ने थियो | लातको मान्छे बातले मान्दैन | नेपाली सिने जगतकामहानायक भनेर चिनिने राजेश हमालको साथ लागेर जब २१ वर्षका दीपक मलिक (डोम) बाल्टी बोकेर खानेपानी भर्न इनार तिर लागे गाउँभरीका पुरै महिलाहरुले मानव ढालको रूपमा इनारलाई घेरा हालेर वरीपरीबाट घेरे। बलिया पाखुरा भएका पुरूषहरू ती महिलाहरूका अगाडि आए र गाउँका अलि ठालु भनिनेहरु विवाद गर्न अग्रमोर्चामा उभिए। राजेश हमाल र दिपक मलिकले आवाक् भएर त्यो भीडलाई हेरीरहे। दीपक मलिकको लागि त्यो दृष्य नौलो थिएन। तर, हमालले भने जीवनमै पहिलो पटक यस्तो दृष्य देख्दै थिए। सिनेमामा यस्ता समाज विरोधी दर्जनौं खलनायकहरुलाई राम धुलाई गरेर पीडितलाई न्याय दिलाउने क्रान्तिकारी योद्धाको अभिनय गर्ने हमाल भावहिन मुद्रामा त्यो भीडलाई नियालीरहेका थिए। पाठकहरु, यो कुनै सिनेमाको काल्पनिक कथाको सुटिङको वर्णन होइन। सिराहा जिल्लाको धनगढी गाविसको वडा नम्बर ३ स्थित नयनपुरमा रहेका दुई घर डोमलाई कथित उच्च जातका मानिसहरुले इनार छुन नदिएको थाहा पाएपछि साउन १६ गते शनिबार बिहान हमाल त्यहाँ पुगेका थिए। डोमलाई इनार छुनबाट रोक्न भेला भएकाहरुले भन्दै थिए,‘हामी डोमलाई कुनै पनि हालतमा इनार छुन दिदैनौं।’ ‘यिनीहरु फोहोरी र तल्ला जातका हुन्। इनार छोए भने हाम्रो कुल देउता बिग्रन्छ।’ ‘सरकारले उनीहरुको लागि छुट्टै इनार बनाईदेओस्। हाम्रो व्यक्तिगत सम्पत्ति छुन दिने कि नदिने भन्ने हाम्रो अधिकार हो।’ आदि आदि। राजेश हमालले सयौंको संख्यामा उपस्थित भएर यसरी कराईरहेका केहीलाई प्रश्न गरे, ‘उसलाई इनारबाट पानी भर्न दिँदा तपाईको के जान्छ?’ दर्जनौं मानिसले एकै स्वरमा जवाफ दिदा कल्याङ मल्याङ सुनियो। तर त्यसको सार थियो-‘हामीले पुर्खाको पालादेखि नै डोमलाई इनार छुन दिएका छैनौं र अब पनि दिदैनौं।’ हमालले निरीह भई उभिरहेका दीपक मलिकलाई सोधे, ‘तपाईलाई पानी भर्न दिँदैन रहेछन्। पुस्तौं पुस्तादेखि तपाई यही ठाउँमा हुनुहुन्छ। कसरी पानी पिइरहनु भएको छ अहिले सम्म?’ मलिकले जवाफ दिए, ‘बासको ढाकी, पंखा, नाङ्लो बनाउने मेरो पुर्ख्यौली पेशा हो। पानी चाहिएपछि हामी खाली भाँडा बोकेर इनार जान्छौं र त्यहाँ ठूलो जातको जो नजिकै छ उसैलाई बोलाएर पानी भर्न लाउँछौं। पानी भरीदिए बापत उसलाई ढाकी, पंखा दिनुपर्छ। नत्र हामीले पानी पाउदैनौं।’ स्थिति तनावपूर्ण बन्दै थियो। सुरक्षाको लागि प्रहरी बोलाउनु पर्ने अवस्था सिर्जना हुँदै थियो। राजेश हमालले कसैलाई दीपक मलिकको भाँडामा पानी भरीदिन आग्रह गरे। इनार घेरेर बसेकामध्ये एकजनाले बल्ल पानी झिकेर मलिकको भाँडोमा हालिदिए। एक बाल्टी पानी लिएर हमालसँगै मलिक आफ्नो घर फर्किए। घरमा मलिकको परिवारले हमाललाई चिया र बिस्कुटले स्वागत गरे। दीपक मलिक राजेश हमालको ठूला प्रशंसक रहेछन्। उनले हमालका धेरै फिल्म मध्ये पछिल्लो ‘भाइ भाइ’ नामक फिल्म हेरेको बताएपछि हमालले उनलाई काँधमा हात राखेर थपथपाउदै खुसीले हाँसे। *** तपाईलाई माथीको वर्णन अझैं पनि सिनेमाको कथा झैं लागिरहेको छ भने भ्रमबाट बाहिर निस्कनुस्। हामी मध्ये धेरैलाई समाज धेरै विकसीत भइसक्यो जस्तो लाग्दो हो। राजेश हमाललाई मैले त्यहाँको स्थितिबारे सुरुमा ‘ब्रिफिङ’ गर्दा यस्तै धारणा राखेका थिए तर जब उनले आफ्नै आँखाले त्यहाँको परिदृष्य देखे त्यसपछि उनले प्रतिक्रिया दिदै भने, ‘यहाँ आउनुअघि म ठूलो भ्रममा रहेछु। समाज कत्ति पनि बदलिएको रहेनछ। एउटा ठिटोले यस्तो विभेद भोगीरहेको देख्दा उ यो देशको कर्णधार कसरी बन्ला भनेर मलाई चिन्तित बनाएको छ।’ *** राजेश हमाललाई त्यहाँ पुर्याएको थियो बीबीसी मिडिया एक्सनको साप्ताहिक वहस कार्यक्रम साझा सवालको टोलीले। दलित समुदायको समस्याबारे कार्यक्रम तयार गर्न हामीले देशको सबैभन्दा धेरै दलितको जनसंख्या भएको जिल्ला सप्तरीलाई छानिएको थियो। वहसमा कांग्रेस नेता प्रदिप गिरी, एकीकृत माओवादीका नेता एवम लेखक आहुति र अभिनेता राजेश हमाललाई निम्ता गरिएको थियो। सुरुमा राजेश हमाललाई सिराहाको डोम समुदायको बस्तीमा हामीले पुर्याएका थियौं। दीपक मलिकले इनारको पानी अरुलाई आफ्नो भाँडामा भर्न लाएको र त्यसबारे राजेश हमालले केही कुराकानी गरेको रेकर्ड गर्ने हाम्रो योजना थियो। म उक्त कार्यक्रमको प्रोड्युसर भएको हुनाले यो सबै चाँजोपाँजो मिलाउने नेतृत्व मैले नै लिएको थिएँ। तर मेरो अनुमान विपरीत, डोमलाई पानी भराएर इनार अशुद्ध पार्ने भो भनेर स्थानीयबासीहरु एकाएक आक्रोशित बने र तनावको वातावरण सृजना भयो। त्यो भीडलाई सम्झाउन हामीलाई हम्मे हम्मे भो। उक्त कार्यक्रमको प्रस्तोता विद्या चापागाई, निर्देशक आनन्द श्रेष्ठ र मैले मुस्किलले स्थितिलाई नियन्त्रणमा लियौं र ज्यान जोगाएर फर्कियौं। बाँकी वहश कार्यक्रम हामीले सप्तरीमा रेकर्ड गरेका छौं। आगामी आइतबार यसको प्रशारण हुनेछ। *** हामी परिवर्तनका ठूला ठूला गफ गर्छौं राजधानीमा बसेर। दीपक मलिक र उनको परिवारको पीडा हामीलाई आफ्नो पीडा जस्तो लाग्दैन। त्यसैले हामी विद्यालयको कहिले अनुहार नदेखेको र सुँगुर चराएरै परिवारको लालन पालन गरीरहेको दिपक मलिकहरुलाई पनि क्षमता देखाएर, प्रतिस्पर्धा गरेर जागिर खान चुनौति दिन्छौं। एक चोटी २१ वर्षीय दीपक मलिक भएर बाँचेर हेर्नुस् त। अब पनि तपाईको चेत पलाएन भने कहिले पलाउछ? दीपक मलिकहरुको पक्षमा बोल्न ढिला भएन र? दिपक मलिक र राजेश हमाल पानी भर्न जाँदै गरेको र तराईका ठूला जात भनिनेहरुले गरेको अवरोधको केही तस्विरहरु : ‘अछुत’ लाई इनारमा पानी भर्न नदिन कथित ठूला जातका महिलाहरुले घेरा हालेर बाटो छेक्दै। पानी भर्न नदिन विवाद गर्दै कथित ठूलो जात भनिने स्थानीय पुरुषहरु। दीपक मलिकलाई धम्काउदै स्थानीय बासिन्दा। अपमानले होतोत्साहित भएका दीपक मलिकलाई ढाडस दिदै राजेश हमाल। एक बाल्टी पानी पाएपछि घर फर्कन खोज्दै दीपक मलिक र राजेश हमाल। पानी पाएपछि खुसी भएर फर्किदै दिपक मलिक। राजेश हमाललाई धन्यवाद दिदै दीपक मलिक। http://setopati.com/blog/31642... Last edited: 03-Aug-15 08:11 AM
cybernepali · Aug 3, 2015 8:11 AM · 19,248 views
This is also of the reason why some group of Nepali society wants 'Hindu' nation, rule and keep the lower caste under their feet.
Vhootee · Aug 3, 2015 10:24 AM
I always had a great respect for Rajesh Hamal. He is still one of the few educated professionals in Nepal and have good command in English & public speaking. Though I am not fan of him for his acting and his movie except few movies I do believe that he can do better acting with the help of better directors and good role. I am glad he is is doing something for community.
sajhamitra · Aug 3, 2015 11:11 AM
Kudos to Rajesh Hamal for standing up to such backward culture. I wish more public figure come and support other social issues. Equality to everybody.
Vhootee · Aug 3, 2015 1:02 PM
What happened to Rajesh dai's fighting instincts? He used to beat up the whole village. Is he getting older or is it the marriage? When villagers surrounded the poor guy, he should have raised his hand and thrown every single villagers away.
BadhiJanne · Aug 3, 2015 1:17 PM
Is that Hamal dais budi in red dress isn't she pregnant now
microbiology · Aug 3, 2015 3:35 PM
microbilogy ko buddi bhrasta bhayecha. aruko budi pregnant hos ya j sukai hos..yo jathyo lai k ko khas khas pareko.. thread ko topic euta cha, micorbilogy ko comment tai na tui ko. yestai torilaure haru bhayera pani nepal udo udo jhardai gayeko ho. vhotee ta muzee ganaune tallo jaat ko gai khane vhotee aka vhotey hos bhandaima talai hindu religion sanga kina tetro eersya? couldn't it be the 'hindu nation' to preserve the cultural heritage? positive thikning dimag ma audaina ki kya ho? --- it's really a misfortune that being human beings one has to suffer in such a discriminative way.. people practicing and following such methods should be kicked on their face. jun din mero deska bhrsta netaharulai chapa chapa kasaile katnechan ma tyo din dekhi masu khana suru garnechu... btw sojoketo is vegan. Last edited: 03-Aug-15 04:06 PM Last edited: 03-Aug-15 04:06 PM Last edited: 03-Aug-15 04:07 PM
sojoketo · Aug 3, 2015 4:05 PM
Many think this is exception and several like to blame the dalit themselves. It's surprising that people in Kathmandu are not aware of it; they were either being blind or deaf or being dishonest. It is surprising that Hamal has to witness himself to be ashamed of being nepalese because of dalit issues. This has been going on forever; there're many news coverage of dalit discrimination. Dalits are discriminated in Kathmandu. It also surprises me that people are praising Hamal as if he did something nobel. He was sponsored to come there to do the drama so that "dalit" guy would fetch water with the help of "high cast" as usual. Because of crowd and hype, local thought "dalit" was going to get the water himself. This was the clarification given by producer of Sajha Sawal. Look at the originator and other people praising Mr. Hamal as if he did the magic. I've nothing against Mr. Hamal and credit goes to him for this coverage. Police were asked to come to help, but DIG of the area said the event was drama. Blame the police who always submit to the higher cast people and treat them as "raja sahebs" but always have an excuse when asked for the help from the ordinary people.
metta · Aug 3, 2015 4:12 PM
डिआईजी जोशी भन्छन्, ‘हुँदै नभएको घटनामा म कसरी बोलुँ?’ http://setopati.com/samaj/3173... Look at his excuse. These people are there to serve "raja-sahebs", not common man. http://sajha.com/sajha/html/in...
metta · Aug 3, 2015 4:17 PM
Hindu extremists like Nripesh Uprety already see "BIG CONSPIRACY" in this news while not denying he does discriminate dalits to "make his mother happy". http://www.namastefilmy.com/ar... पण्डितहरु आफ्नो चातुर्य र धुँरत्याई देखाउन आइहाले । In other thread, several people said dalit discrimination stories are fake and exaggeration. http://sajha.com/sajha/html/in...
metta · Aug 3, 2015 4:35 PM
She's vidya chapagain of BBC sajha sawal
Laalmon · Aug 3, 2015 4:47 PM
I would have done the same
divorceguy · Aug 3, 2015 6:15 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion