समय र सपना...................

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

समय र सपना ---------------- अलिकति तिमीले ढिलो गर्यौ,  अलिति म ढिलो पुगें,  समयको रफ्तार संग हामी हुन सकेनौं  हामीलाई स्पर्श गर्दै गयो,  छुन सकेनौ | ढिलो भैसकेको थियो गन्तब्य ,  गिलो भैसकेको थियो एकलब्य,  धेरै बर्ष देखिनको बह,  गह भरि जोख्दै, रोक्दै एउटा अन्तिम आलिंगन  एउटा आत्मीय चुम्बन  साटासाट गर्ने रहर  अधुरो नै रह्यो जिन्दगानी जस्तै  अपुरो नै रह्यो प्रेमकहानी उस्तै | आज तिमी समय भन्दा छिटै आयौ मलाई थाहा थियो, तिमी अबश्य आउछ्यौ ,  हाम्रो अधुरो कहानीको अन्तिम पाना लेख्नु थियो,  हाम्रो अपुरो बिहानीको स्वर्णिम गाना लेख्नु थियो | म रोएँ र  तिमी रोयौ ,  हामीदुबैले पीडाहरु धोयौ एउटा कसिलो आलिंगनमा  एउटा रसिलो चुम्बनमा  कहिले नछुट्टिने बन्धनमा           हामी एकाकार भयौ............... हो समय संग हिड्न न सके पछी,  सपना संगै हिड्नु पर्दो रहेछ, त्यसैले पनि अचेल  समय भन्दा सपनालाई प्यार गर्न थालेको छु  समय न बेसमय सपना देख्न थालेको छु | अस्तु !!

rahulvai · Jul 30, 2015 12:50 PM · 19,930 views

3 Replies

भुईचालो पछी साझामा TPS ज्वार भाटा मात्रै आएको अनी यदा कदा पढ्न पाइने कथा कबिता हरु पनि टाडिदै गयो जस्तो लागेको थियो | पुस्तक प्रकाशन पछी आर्को पुस्तक को तयारीमा भएर होला राहुलभाइ देखिनु हुन्न, सिरिश का हाइकु अनी मिठा मिठा कथा हरु लेख्ने कथाकार हरु हराउनु भएको मा गुनासो कोरेको पनि थिए , तर टासिन | पाकी गीत र मराठी हास्यब्यङ तिर लागे | काममै भए पनि पढ्न भ्याइयो , २-४ पल्ट् दोहोर्याए पछी गहिर्याइमा पुग्न सकिन्छ कि ? यो लाइन याद आयो चल् प्यारकी नयी सुरुवात हो कुछ ना कहने पर भि साह्रि बाते हो | Welcome back.  Last edited: 31-Jul-15 08:59 AM

magorkhe1 · Jul 30, 2015 1:33 PM

Wonderful , thuldai! Kata haru nu bho Hajur ajakal?

*~Spring~* · Jul 30, 2015 2:25 PM

Wah Wah Wah!!! Dheai din pachhi sajha maa chhaunu bhayo.Welcome back Thuldai!!

rawbee · Jul 31, 2015 7:40 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all