सुनसान बन्यो अन्तर्राष्ट्रिय विमानस्थल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सुनसान बन्यो अन्तर्राष्ट्रिय विमानस्थल फ्रि भिसाको निर्णयपछि ठप्प भयो बैदेशिक रोजगार - See more at: http://www.onlinekhabar.com/20... नारायण पंगेनी बिना तयारी ल्याइएको फ्रि भिसा फ्रि टिकटको निर्णयपछि बैदेशिक रोजगार ब्यबसायमा कुन स्तरको संकट परेको छ भन्ने थाहा पाउन त्रिभुवन बिमानस्थलको तस्विर पर्याप्त छ । धेरै एयरलाइन्सले उडान कटाैती गरेका छन् भने उडिरहेका जहाजले पनि यात्रु पाउन सकेका छैनन् ।  ८ साउन, काठमाडौ । मुलुककै एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हिजोआज सुनसानजस्तै छ । मेनपावर ब्यवसायीहरुले वैदेशिक रोजगारमा मान्छे पठाउन छाडेपछि विमानस्थल सुनसान बनेको हो । उता विदेश जान लागेका युवाहरुले आफूहरु मेनपानवर व्यवसायीबाट ठगिएको गुनासो गरेका छन् । केही दिनअघिसम्म विमानस्थलमा विदेश जानेहरुको लाम व्यवस्थित गर्न प्रहरीलाई हम्मे-हम्मे पर्दथ्यो । विदेश जानेहरुको लाइन ब्यवस्थित गर्न नसकेर कहिलेकाँही प्रहरीले लाठीचार्ज समेत गर्दथे । विमानस्थलका कर्मचारीहरुलाई पनि भ्यानभ्याई हुन्थ्यो । रोजगारदाता मुलुकका बारेमा सूचना दिन श्रम हेल्पडेक्समा ताँती लाग्थ्यो । तर, विहीबार विमानस्थल पुग्दा प्रहरीहरु आपसमा गफिँदै बसिरहेका थिए भने कर्मचारीहरु फुर्सदिला देखिन्थे । विमानस्थलका विभिन्न ठाउँमा राखिएका हेल्पडेक्सहरु खाली थिए । कर्मचारीहरु हाई काढ्दै बसेका देखिन्थे । नेपाल बन्द नहुँदै पनि विमानस्थल प्रायः बन्दजस्तै देखिन्थ्यो । सरकारले मलेसिया र खाडीका ६ मुलुकमा असार २१ गतेदेखि फ्री भिसा र फ्री टिकटको ब्यवस्था गरेपछि बैदेशिक रोजगार ब्यबसाय संकटमा परेको छ । फ्रि भिसा बिनाका मागपत्रलार्इ स्वीकृति नदिने सरको निर्ययपछि मेनपावर कार्यालयमा ताला लगाएर ब्यवसायीहरु आन्दोलनमा उत्रिएका छन, जसका कारण एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल सुनसानजस्तै भएको हो । दैनिक १५ सय/ दुई हजार नेपालीहरु वैदेशिक रोजगारका लागि जाने गरेकोमा हिजोआज मुश्किलले सय/डेढ सय जना मात्रै विदेश गइरहेका छन् । ‘वैदेशिक रोजगारमा जानेहरुलाई सम्बन्धित देशको बारेमा सूचना तथा जानकारीहरु गराउँन लाइनमा बसेकै ठाउँमा पुग्नु पर्दथ्यो’, विमानस्थलका सूचना अधिकृत जयप्रकाश दासले भने, ‘अहिले ब्यक्तिगत श्रम स्वीकृति लिएर एकाध नेपालीहरु मात्रै वैदेशिक रोजगारमा गइरहेका छन् । दासका अनुसार सूचना अधिकारीहरुले वैदेशिक रोजगारमा जानेहरुलाई सम्बन्धित रोजगारदाता मुलुकका बारेमा तथा त्यहाँ पुगेपछि भैपरि आउने समस्यादेखि कम्पनीहरुबाट हुन सक्ने समस्याका बारेमा जानकारी दिन्छन् । त्यहाँ पुगेपछि दुःख पाएमा सम्बन्धित दूतावासहरुमा पुग्ने माध्यम पनि आफूहरु नै हुने दास बताउँछन् । यात्रु नपाउँदा उडानहरु स्थगित खाडी मुलुकका लाडि उडान भर्ने अधिकांश विमान कम्पनीहरुले उडान घटाएका छन्  मेनपावर ब्यवसायीहरुले बैदेशिक रोजगारमा मान्छे नपठाएका कारण विभिन्न एयरलाइन्सहरुको नियमित उडान हुन सकेको छैन । एयर अरेबिया, कतार एयरवेज, फ्लाइट दुबई लगायतका विमानहरु केही दिनदेखि नियमित उडान हुन सकेको छैन । मलेसिया तथा खाडी मुलुक जाने प्यासेन्सजरहरु नभएकै कारण नियमित उडान नभएको टर्मिनल ड्युटी अफिसरहरु बताउँछन् । पाकिस्तानको कराँची जाने पीआइए त बन्द नै भइसकेको छ । खाडी मुलुकका लाडि उडान भर्ने अधिकांश विमान कम्पनीहरुले उडान घटाएको विमानस्थल टर्मिनल ड्युटी अफिसर उपेन्द्र बस्यालले बताए ।  वैदेशिक रोजगारमा जानेहरु मेनपावर धाउँदै हैरान यसैवीच मेनपावर ब्यवसायीहरुले कामदारलाई विदेश पठाउँन छाडेपछि वैदेशिक रोजगारीमा जाने तयारीमा भएका नेपालीहरु भने मेनपावर धाउँदै हैरान छ । मेनपावरमा पासपोर्ट बुझाएका युवाहरु यतिबेला न त पासपोर्ट फिर्ता पाएका छन्, न त विदेश जान पाएका छन् । युवाहरुको दिनचर्या मेनपावर धाउँदैमा बितेको छ । विदेश जाने तयारीमा आएकाहरु कतिपयलाई ब्यवसायीहरुले आन्दोलनमा समेत लगेका छन् भने कतिपय एजेन्टहरुलाई खोज्दै हैरान छन् ‘कार्यालय धाउँदा कर्मचारी र सञ्चालकहरु भेटिँदैनन्, फोन गर्दा वार्ता मिलेपछि मात्रै काम हुन्छ भन्छन्’, सर्लाही गोनर्वा- ७ का विनोदकुमार साहले अनलाइनखबरसँग  भने, ‘भिसा आइसकेको छ भन्थ्यो, तर कहिले जान पाइने हो थाहै छैन ।’ सिनामंगलस्थित सुपर्व सोलुसन मेनपावर कम्पनीमा पासपोर्ट बुझाएकाहरूले आफूहरु विदेश जान पनि नपाएको र पासपोर्ट पनि फिर्ता नपाएको गुनासो गरे । सर्लाहीबाटै वैदेशिक रोजगारका लागि भनी आएका मनोजकुमार यादवले मेनपावर ब्यवसायीहरुको आन्दोलनले आफूहरु अन्योलमा परेको बताए । ‘यहाँ आएर होटलमा बसेर खानुपरेको छ,’ यादवले भने, ‘एक दुई दिनमा कुरा मिल्छ, त्यसपछि पठाउँछौं भनिरहेको छ ।’ साह र यादवजस्ता सैयौं युवाहरुको दिनचर्या मेनपावर धाउँदैमा बितेको छ । विदेश जाने तयारीमा आएकाहरु कतिपयलाई ब्यवसायीहरुले आन्दोलनमा समेत लगेका छन् भने कतिपय एजेन्टहरुलाई खोज्दै हैरान छन् । तस्वीरः कविन अधिकारी/अनलाइनखबर - See more at: http://www.onlinekhabar.com/20...

cybernepali · Jul 30, 2015 7:13 AM · 3,130 views

2 Replies

एअर्लाइन्ले सस्तो टिकट दिए दसैमा घर आउला |

magorkhe1 · Jul 30, 2015 2:05 PM

very good news, now there will be no brian drain, hunata bichara arab r amalaysia jane haru ko keti ko education hucnha ra, but at least all man power will be used in Nepal now. Time to rebuilt Nepal. Nepali government should hire all the workers and pay them good and built our country. If I was the Presdient i would have done that right away. People will get jobs, paid and then country will bounce back too.

divorceguy · Jul 30, 2015 7:00 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all