हिमानीलाई राष्ट्रपतिमा उठाइने !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

११ साउन, काठमाडौं । एमाले र एमाओवादीले उठाउँदै आएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दामा सहमति जनाउन कांग्रेसमाथि निक्कै ठूलो दबाब परेको छ । आजको तरुण साप्ताहिकमा खबर छ खासगरी छिमेकी मुलुक भारतको सत्तारुढ भारतीय जनता पार्टीका नेताहरुबाट कांग्रेसमाथि यस्तो दबाब आउनुलाई रहस्यपूर्ण मानिएको छ । भाजपा दुई पिलर र गणतन्त्रको धारमा विभाजित भएको बुझिन्छ । समाचार स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहको केही समय अघिको तारन्तार भारत भ्रमण र भारतको एउटा लबीद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको वकालत संयोगमात्र होइन । केही समय अघि पूर्व राजालाई भाजपका नेताहरुले पुनर्वहालीको लागि तत्कालै जनमत नभएको र जनमत जुट्न अझै केही वर्ष लाग्न सक्ने जवाफ दिएको समाचार आएको थियो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका व्यवस्था संविधानमा राख्ने र पूर्वराजा शाहलाई राष्ट्रपतिको उम्मेदवार बनाएर चुनाव जिताउने रणनीति नेताहरुले बनाएको बुझिएको छ । पूर्व राजा शाह र पूर्व युवराज्ञी हिमानी शाहमध्ये जसलाई अघि बढाउँदा चुनाव जित्न सजिलो हुन्छ उसैलाई अघि बढाउने रणनीति उनीहरुले बनाएको समाचार स्रोतले जनाएको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रावधान संविधानमा राखिए ज्ञानेन्द्रलाई चुनाव लडाउने र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरिए हिमानीलाई उम्मेदवार बनाउने रणनीति तय गरिए उनी नै अन्य उम्मेदवारभन्दा पपुलर हुने एकथरीको विश्लेषण छ । http://epahiilodainik.blogspot...

cybernepali · Jul 28, 2015 12:25 PM · 2,543 views

2 Replies

Isn't she INDIAN?

s_man23 · Jul 28, 2015 12:38 PM

ohh please, ultimately if she rises, anarchy might come back, please don't vote for her

divorceguy · Jul 28, 2015 6:17 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all