फोटो :पारसलार्इ भेट्न नर्भिक पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह । तस्बिर : रजेन्द्र केसी काठमाडौं : मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना भएका छोरा पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र आइतबार साँझ नर्भिक अस्पताल पुगेका छन् । अचानक मुटुमा समस्या देखिएपछि नर्भिकमा भर्ना गरेर पेस मेकर राखिएका पारसलाई भेट्न ज्ञानेन्द्र आफै खाना लिएर अस्पताल पुगेका हुन् । पारसको मुटुको अप्रेशन गरी नर्भिकका चिकित्सक रमेश रावतसहितले पेस मेकर राखेपछि उनी खतरामुक्त भइसकेका छन् । विरामी छोरालाई भेट्न यसअघि आइतबार दिउँसै आमा कोमल नर्भिक पुगिसकेकी थिइन् । उनी अप्रेशनपछि आराम गरिरहेका छोरालाई रुँघेर नर्भिकमै दिनभरी बसिन् । पत्नी हिमानी पनि कोमलसँगै पतिलाई भेट्न दिउँसै नर्भिक पुगेकी थिइन् । उनी पनि सासु कोमलसँगै पतिलाई रुँघेर दिनभर नर्भिकमै बसिन् । परिवारका सबै सदस्य नर्भिक पुगेपछि राति आठ बजे ज्ञानेन्द्र आफैं कार हाँकेर नर्भिक पुगेका हुन् । यसअघि पारस आइतबार मध्यान्ह १२ बजे छोरा हृदयन्द्रलाई साथमा लिएर आफैं कार हाँकी नर्भिक पुगेका थिए ।नर्भिकका चिकित्सकहरुले स्वास्थ्य जाँच गरेपछि मुटुलाई सामान्य अवस्थामा चल्न दिनका लागि पेस मेकर राख्नुपर्ने जनाएपछि आजै सानो शल्यक्रिया गरी पारसको मुटुमा पेस मेकर राखिएको हो ।तीन वर्ष थाइल्यान्डमा बसेर नेपाल फर्केका पारसलाई पूर्वराज परिवारले पहिलो पटक भेटेका हुन् । यसअघि पारससँग उनका छोराछोरीले मात्र भेट्दै आएका थिए । पूर्वराज परिवारले पारस र थाई युवतीबीचको सम्बन्धलाई लिएर शंका जनाएपछि पारसले निर्मल निवासमा समेत प्रवेश पाएका थिएनन् । यसअघि थाइल्यान्डमा बस्ने क्रममा पनि पारसलाई हृदयघात भएको थियो । हृदयघातको लामो उपचारपछि मात्रै पारस सन्चो भएका थिए । पारसका लागि ज्ञानेन्द्रले लगेको खाना बोकेका एक सहयोगी । तस्बिर : रजेन्द्र केसी - See more at: http://annapurnapost.com/News....
cybernepali · Jul 27, 2015 7:26 PM · 3,971 views
Why is this a news? A father goes to see his son in hospital. leave them alone.
ramas · Jul 27, 2015 7:40 PM
ya right! these people are no more royals so we dun give a fak about them, don't need to make news about them. If they were royal also i would have given a middle finger. They used to block roads when they arrive. I always felt like we were their slaves. We wouldn't allowed to drive or walk on the roads when their cars were on the way. Fak them. Every human being is king of their own will.
divorceguy · Jul 27, 2015 7:57 PM
@divorceguy: How are you gonna give them your middle finger? Are you talking about middle fingering technique right up in his a$$ and smell the same finger afterwards?
s_man23 · Jul 27, 2015 8:18 PM
asshole
divorceguy · Jul 27, 2015 8:21 PM
खाना लिएर न गए के बिख लिएर जान्छ त ? कुनै जमानामा हेरेको चलचित्रमा खलनायकले बोलेको सम्बादमा " ए मुझे गाली दे रही है या प्रसम्सा "? यो साइबरड्युडले कुन मानसिक्ता लिएर यो लेख टास्यो , त्यो पट्टी मेरो ध्यानाकर्षण भयो | निकम्मा होस् वा फासिमा झुन्डिन पुगेको होस् , एक बाउ बिरामी छोरा हेर्न गयो, तेस्लाई नाटक बनाउनु पर्ने जरुरी थिएन | पारस किताबको खुल्ला पाना भएको छ तिमीले थप कोरी रहनु पर्दैन | लानत छ् तिम्रो पितपत्रकारितामा , एउटा बाउले छोरो भेट्न जादा पनि तिम्रो गिरेको मानसिकतामा मानब्ता को एक अन्स पनि पलाएन | मृत्यु सैयामा पुगेका हरुलाई एउटा असल शत्रुले चुप चाप बसिदिन्छ, कुठाउमा भर्तस्ना गर्दैन | Last edited: 30-Jul-15 12:55 PM
magorkhe1 · Jul 28, 2015 11:22 AM
gorkhe bro what level of education u have? I dun understand even if u write in Nepali. u need to get a degree in Nepali language brah
divorceguy · Jul 28, 2015 6:21 PM
divorceguy: LMAO!!!!!!
s_man23 · Jul 28, 2015 8:18 PM
बिदेश पुगे पछी नेपाली बिर्सिए भनेको हो ? नेपाली सिक्ने वेब साइट राखी दिन्छु | Take a course. This is not YouTube. मगज खियाउ अनी मात्र बुझ्छौ | Last edited: 30-Jul-15 12:53 PM
magorkhe1 · Jul 30, 2015 12:43 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion