मुहानका स्रोत

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपालमा भुइचालो आए पछि साझामा TPS को नया खोलो बग्यो | मेरा छिमेकी दाइले फेस्बूक खोलेछन र मैले चिनेका ८-१० जना पनि फेसबुक रिक्वेस्ट आए पछि स्वीकृति पनि दिएछन | २ - ४ दिन पछि उनले टास्ने चित्र हरु तरुनी संग सम्बन्धित मात्रै हुने अनि लौ हेर तेम्रा छिमेकि दाइका चर्तिकला भनि देखाउछन | अहिले यो साझामा तेस्तै तेस्तै टास्ने कहिँ उनिनै त हैन जस्तो पनि लाग्छ ? यिनको पुन प्रबेस पछि TPS को मुद्दा पनि पुरानो भएर हो वा यिनको युट्युबको संख्याले जितेर खहरेमा पानि कम हुदै गएको छ ( कुरा बुझ्न हम्मे हम्मे पर्यो) | आफुलाई के मन पर्छ अरुलाई देखाउने सुनाउने भन्दा आफैमा सिमित राखे हुँदैन र ? कुनै बेला 28thAmendment हात धोएर पछि लागेका थिए, यिनलाई मैले एक लाइ लेखे पनि ( मान्छे देख्नु पर्दैन , छाया मात्रै देखे पनि पारा सात आसमान छुने ) रिसले मर्माहत हुन्थे अनि घन ठोकेर ठिक लगाएको दाबि पनि गरे , लाग्छ यिनि नै मेरा श्रोतका मुहान थिए , हुन् सक्छ म पनि यिनको पारा कहिलै कमि नहोस भनि बेला बेलामा एसो लेखि टोपल्थे | सिरिश जी का हाइकुका मुहान पनि सुकेका हुन् वा क्षेत्र नै बदलिएका हुन् , राहुलभाइका घुमाइ कम भएकाले वा पुस्तक प्रकासन पछि वहाका श्रोत पनि सुकेका हुन् कि ? चौतारीका २-४ जना साहित्यकार हरुले पाठकका मन छुने लेख हरु बेला बेलामा पस्कनु हुन्थ्यो लाग्छ भुईचालो पछि चौतारी मर्मतमै समय नपुगेकाले , दाया बायालाइ समय दिन सक्नु भएको छैन |

magorkhe1 · Jul 27, 2015 1:00 PM · 49 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion