कति छ ज्ञानेन्द्रको सम्पत्ति ? दिवस गुरागाईं देखिएका सम्पत्तिको मात्र ६ अर्बभन्दा बढीको हिसाव निस्कन्छ । “प्रसस्त सम्पत्ति नभएको भए, तत्कालिन राजा ज्ञानेन्द्रले त्यति सजिलै राजगद्धी छोड्दैनथे ।” ज्ञानेन्द्रको मनोविज्ञान बुझेकाहरुले यस्तो अनुमान किन लगाउँछन् भने बल प्रयोग गरेर गद्धीमा अन्तिम क्षणसम्म बसिरहँदा देश छोडेर भाग्नुपर्ने अवस्था आउन सक्थ्यो । उनी त्यस्तो अवस्था सृजना गर्न चाहादैनथे । किनभने उनीसँग देशभरी प्रसस्त चल–अचल सम्पत्ति थियो । ज्ञानेन्द्रसँग कसरी यतिधेरै सम्पत्ति ? पहिलो कारण काका हिमालयको सेखपछि सम्पूर्ण सम्पत्ति उनको पोल्टामा आयो । र, दोस्रो कारण थियो, पृथ्वीनारायण शाहदेखि थुप्रिदै र भरिदै आएको ढुकुटी । र, तेस्रो कारण थियो उनी आफैं चलाखीपूर्वक पनि कमाउन सक्थे । तत्कालिन राजा महेन्द्रका दुई ब्यापारी तथा धनी भाइहरु थिए, बसुन्धरा र हिमालय शम्शेर । यी दुवै भाइहरु निशन्तान भए । यी दुई मध्ये बसुन्धराको सम्पत्ति वीरेन्द्रलाई र हिमालय शम्शेरको सम्पत्ति ज्ञानेन्द्रलाई भाग लगाईयो । ज्ञानेन्द्रको धनको जग हिमालयको शेखपछि आएको त्यही सम्पत्ति थियो । उद्योग–ब्यवसाय, महत्वपूर्णस्थानमा रहेका जग्गा–जमीन र पैत्रिक गरगहनाहरु उनका सम्पत्ति हुन् । यी सम्पूर्णको हिसाव चलनचल्तीको दाममा निकाल्दा ६ अर्बजती हुन आउँछ । के–के छ, सम्पत्ति उद्योग–ब्यवसाय तर्फ उनको सवैभन्दा महत्वपूर्ण हो, सोल्टी इन्टरप्राइजेज (होटल सोल्टी) । यसमा उनको ३५ लाख कित्ता सेयर छ । जसको सामान्य मोल १ अर्बभन्दा बढी रुपियाँ हुनजान्छ । त्यसपछि सूर्य नेपाल, हिमालयन गुडरिक, नेविको प्रालि, अन्नपूर्ण प्रालि आदि पनि उनकै नाममा छन् । जग्गा जमीन तर्फ निर्मल निवास रहेको कित्ता नं. १३ को ३४ रोपनी ७ आना जग्गा । चलनचल्तीको दरमा आनाको २० लाख रुपियाँले मात्र हिसावगर्दा पनि १ अर्ब रुपिायाँभन्दा बढी हुन्छ । त्यसपछि घापासीमा १ रोपनी ५ आना ५ पैसा, २ दाम । यो पनि धेरै महंगो जमीन हो । जीवन कुञ्जको कित्ता नं. १२ को ३४ रोपनी ७ आना जमीनको मोल पनि १ अर्बभन्दा बढी हुन्छ । यो जमीन तत्कालिन अधिराजकुमारी प्रेक्षाको नामवाट प्राप्त भएको हो । त्यसैगरी स्वयम्भूमा रहेका १३ रोपनी ७ आना र ६ रोपनी अर्को टुक्रापनि बहुमूल्य छन् । सोल्टी मोडमा रहेको कोरियन राजदुतको निवास रहेको हिमालय दरवार । यो जमीन र भवन आफैंमा करोडौंको हुनजान्छ । उनको काठमाण्डौंमा ६० रोपनीजति र देशभरी २ सय ५० विगाभन्दा बढी जमीन रहेको देखिन्छ । जस्तो, हिमालय टि स्टेट झापाको जमीन । त्यसैगरी पृथ्वीनारयण शाहको पालादेखिको हिरा–मोती, सुन लगायतका जवहारत । नारायणहिटी देखि निर्मल निवास सर्दाखेरी ३ ट्रक यस्ता बहुमूल्य सामाग्री ओसारिएको थियो । करोडौं–करोडौंका त चित्र तथा मूर्तिहरु नै रहेको देखिन्छ । विश्व वजारमा करोडौं पर्ने विदेशी चित्रकारका धेरै चित्र नारायणहिटीवाट निर्मल निवास सरेका छन् । जस्तो एमएफ हुसेनका चित्रहरु । नगदमा संका नगद पैसाको सवालमा ज्ञानेन्द्र गोप्य छन् । तर विदेशी बैंकमा प्रसस्त रकम रहेको अनुमान लगाउन गारो छैन । दरवार हत्याकाण्ड भएको दुई दिन पछि अर्थात ०५८ जेठ २१ मा बेलायतवाट प्रकाशित हुने दी टेलिग्राफ नामक पत्रिकाले रानी ऐश्वर्यको नाममा स्वीस बैंकमा १३ अर्ब पाउन्ड रहेको समाचार प्रकाशित गरेको थियो । १० बर्षपछि राष्ट्र बैंकले त्यस संवन्धि जानकारीकोलागी पत्राचारगर्दा कुनै रकम नभएको जवाफ पठाएको थियो । एउटा विदेशी बैंकको हालखवर यस्तो थियो । अन्य बैंकको वारेमा मुलुकले समेत केही थाहा पाएको छैन । तत्कालिन राजा वीरेन्द्र र ऐश्वर्यको नाममा स्वदेशी बैंकमा कुनै खाता नभेटिनुलाई पनि संकास्पदरुपमा बुझ्नेहरु धेरै छन् । timesofkathmandu.comयस्तो छ, सम्पत्ति विवरण १. उद्योग–ब्यवसाय तर्फ क. सोल्टी इन्टरप्राइजेज (होटल सोल्टी) मा ३५ लाख कित्ता सेयर । (१ अर्बभन्दा बढी रुपियाँ हुन्छ ।) ख. सूर्य नेपाल ग. हिमालयन गुडरिक घ. नेविको प्रालि ङ. अन्नपूर्ण प्रालि २. जग्गा जमीन तर्फ क. निर्मल निवास – कित्ता नं. १३ को ३४ रोपनी ७ आना । (महाराजगञ्जमा) ख. घापासीमा – विभिन्न कित्ता नं. मा १ रोपनी ५ आना ५ पैसा, २ दाम । ग जीवन कुञ्ज – कित्ता नं. १२ को ३४ रोपनी ७ आना । (महाराजगञ्जको यो जमीन तत्कालिन अधिराजकुमारी प्रेक्षाको नाममा थियो ।) घ. स्वयम्भूमा – कित्ता नं. २७३ को ६ रोपनी मोही (केतकी चेस्टरवाट) – सोही अन्र्तगत कित्ता नं. ३३४ को १३ रोपनी ७ आना २ पैसा (मोही–अधिराजकुमारी हेलेन शाहवाट) ङ. सोल्टी मोडमा रहेको कोरियन राजदुतको निपास रहेको हिमालय दरवार । यो जमीन र भवन आफैंमा करोडौंको हुनजान्छ । च. देशभरी अन्य – काठमाण्डौंमा ६० रोपनीजति (महत्वपूर्ण ठाऊँमा) । – देशभरी २ सय ५० विगाभन्दा बढी (महत्वपूर्ण ठाऊँमा) जस्तो, हिमालय टि स्टेट झापा । (चलनचल्तीको दाममा हिसाव गर्ने हो भने ३ अर्ब जति रुपियाँ हुन आउँछ ।) ३. पृथ्वीनारयण शाहको पालादेखिको जवहारत । – नारायणहिटी देखि निर्मल निवास ३ ट्रक बहुमूल्य धातु ओसारिएको थियो । करोडौं रुपियाँको त चित्र तथा मूर्तिहरु नै थिए । ४. नगद । – यसको यकिन हिसाव छैन । तर विदेशी बैंकमा उनको प्रसस्त रकम भएको अनुमान लगाईन्छ । फायल फोटो । http://www.timesofkathmandu.co...
cybernepali · Jul 17, 2015 9:55 AM · 39,313 views
Marda kheri pani liera jaane holani, raja na hun!
magdadela · Jul 17, 2015 10:30 AM
नयाँ युगल जोडी बन्द कोठामा के के गर्छन् बताइ रहने कुरा हैनन बुझ्ने कुरा हुन | कुन चै नौलो कुरा लेख्यौ वा सुनाउदै छौ ? २ सतक देखिका सामन्ती हुन् बर्सको ३ करोड मात्रै हिसाब किताब देखिन्छ , AD १९९० देखिका सामन्ती बनेका हरुको हिसाब किताब को खोजि तिमीले गरेका छौ ? Do you have the numbers ? मेरो गाउको १३ दिने दाजुभाई खलक पढाइ छोडेर माओबादिमा लाग्यो बाँदर बाट मनुस्य हुदा सम्म इटहरीमा ३/४ कट्ठा जग्गा जोड्यो अहिलेको हिसाबमा २-३ करोड भागमा पारिसक्यो | तिम्रो हाम्रो हिसाब किताब हेर , यिनलाई दान नदिए गिडिने धम्कि आए , हामि सामन्ती कहलायौ अहिले हिसाबमा मुस्किलले १५-२० लाख को जेथा छ | सहरमा घर जग्गा भै अरब पति हरु सामंतिमा परेनन् र पर्दैनन् किनकी गरिब संग यिनको प्रतक्ष सामना हुदैन ! गुल्लाडे हिसाब गर पुर्ब मेची देखि पश्चिम महाकाली सम्म , दक्षिणमा बिहार र उत्तर प्रदेश संग तासिएका तराइ देखि उत्तरमा बिसाल हिमाल सम्मका यी नया सामन्ती हरुले कति बनाए ? के को हिसाब किताब पुर्ब राजा हरुको ? सक्छस भने निकाल आंकडा यिनी हरुको अनि कसरि २० बर्समा अरब पति बने र बानाइए ? जनतालाई रकम कलम देखाउने मनसाय भए देखा नया सामन्ती हरुको ! How much you get for copying and pasting in Sajha? Last edited: 17-Jul-15 12:43 PM
magorkhe1 · Jul 17, 2015 10:40 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion