धर्म र संस्कृतिले महिलालाई कमजोर बनाएको

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

महिलाहरूले धर्मका नाममा आफ्नै खुट्टामा बञ्चरो हानिरहेका त छैनन्? मुना पौडेल  'साउनको फेसन, तिजका ढर्रा, वषैभरका बिहे पार्टी। धर्म र समाजले महिलालाई फकाई फकाई कमजोर बनाएका छन्।' आज बिहानै मेरी एक साथीले यस्तो ट्वीट गरेकी रैछन्। उनको ट्वीट पढेपछि मलाई लाग्यो-हाम्रा ग्रन्थ र कथामा देवताले दैत्यसँग युद्ध गर्न नसकेपछि देवीको आराधाना गरेको पढ्न पाइन्छ। त्यस्तो वास्तविकता हुँदाहुँदै महिलालाई धर्मले शोषण गर्यो भन्न सकिएला र?   यसमा उहाँको प्रतिक्रिया यस्तो रहेको थियो - धर्म, ग्रन्थ र कथाको वैज्ञानिक प्रमाण पुष्टि नहुने हुनाले ती दन्त्य कथाका आधारभन्दा पनि प्रमाणित लेख र प्रमाणका आधारमा तर्क प्रस्तुत गर्नु पर्यो नी। अहो उसो भए सबै धर्मका ग्रन्थहरु पुनः लेखन गर्नु पर्नै भयो होइन त? भन्दै यस विषयमा म पनि सोच मग्न हुन थालें। धेरै बेरसम्म अनेकौं प्रश्न र प्रतिप्रश्न उब्जिरहे  मेरो मनमा।   श्रावण महिना सुरु भएको छ। हामी विक्रम संवतको  आधारमा श्रावणलाई मान्ने गर्दछौं। प्रत्येक महिना भिन्न भिन्न देवता हुन्छन्। श्रावण महिनाभर शिवको विशेष पुजा आराधाना गर्ने गरिन्छ। मेरो छिमेकी ७५ वर्षकी हजुरआमादेखि २ वर्षकी बच्चीको हातमा हरियो चुरा सजिएको छ यतिबेला।    सौभाग्यको सूचक मान्दै नारीहरूले वैदिक कालदेखि नै चुरा लगाउने प्रचलन रहेको थियो। धार्मिक हिसाबले लिँदा पूजाआजामा पहेलो र रातो रंग शुभ मानिन्छ। धार्मिक रुपमा हरीयो चुराको वर्णन कहीँ कतै छैन भन्ने तर्क गर्दछन् हाम्रा संस्कृत शास्त्रका विद्वानहरू। आधुनिक युगमा श्रृंगारका रूपमा चुरा लगाउने प्रचलन भएतापनि हाम्रो सँस्कृति र कुनै पनि धार्मिक गन्थ्रमा श्रावण महिनामा हरियो चुराको गरिमा गाएको भेटिँदैन्। साउनमा सोमबारको व्रत भावनाका अतिरिक्त केही प्रर्दशन र आधुनिकताको प्रतिबिम्ब बन्न पुगेको छ। यो वास्तविक यथार्थता हो।   धर्म र संस्कृतिले कुनै पनि समाजमा व्यक्तिलाई नियन्त्रणको प्रयास गरेको हुन्छ। हाम्रो नेपाली समाज पनि त्यसबाट अलग हुन सक्दैन।  महत्वपूर्ण कुरा के हो हो भने हाम्रा यस्ता धार्मिक, सामाजिक, साँस्कृतिक, संस्कार न त चाहनेले नै पूर्ण रूपमा ध्वस्त पार्न सक्दछ। न त नयाँ पूर्ण रुपमा सृजना नै गर्न सक्दछ।   धर्म र संस्कृतिले महिलालाई कमजोर बनाएको छ। यो आफैंमा कति सत्य कति असत्य अधिकांश महिलाहरु स्वयंमले पनि यसको सहि जवाफ खोज्न समय लाग्न सक्ला। मलाई के लाग्छ भने कुनै पनि समाज त्यस्तो परिकल्पनाको छैन। जहाँ प्रेम मात्र होस्, जहाँ स्नेहले मात्र भरिपूर्ण होस्, द्वन्द्व र शोषण नहोस्। महिला र पुरुष सबै समान हुन्। तर यो वास्तवमा कही सम्भव छैन। कुन समाजमा के,  कति र कस्तो? भन्ने प्रश्न चाहीँ महत्वपूर्ण हुन्छ।   आधुनिक नेपाली समाजमा धर्मको नाममा फेशन मौलाउदै गएको छ । गहना प्रर्दशन गर्ने, महंगा बस्त्र देखाउने, चाँदीका थाली किस्ती बोकेर पूजा अर्चना गर्ने एउटा संस्कार सुरु भएको छ । यसले समजमा विकृति त निम्त्याउन थालेको छैन । कतै हामी महिलाहरुले धर्मको नाममा आफ्नो खुट्टामा आफै बन्चरो प्रहार गरीरहेका त छैनौ? एक पटक गम्भीर भएर सोच्ने पो हो कि?         प्रकाशित मिति: शुक्रबार, साउन १, २०७२ १८:१३:१७ http://setopati.com/pathak-bic... Last edited: 17-Jul-15 09:25 AM

cybernepali · Jul 17, 2015 9:25 AM · 3,002 views

1 Reply

सक्ति प्रदर्सन त्रेता देखि कलि युग सम्म चलेको छ | देवताको पालामा आफ्नै किसिम को प्रदर्शन हुन्थ्यो | पुरुसले देखाउने पौरुसत्य भन्दा फरक हुन्छ महिलाले देखाउने सक्ति प्रदर्सन (घर भित्र र बाहिर )| म त शेर नै हु तर दुर्गा ममाथि विराजमान थीइन भन्ने कुरा सुन्नु भएको छ कि छैन ? घर बाट बाहिरिन नया संकृतिको उपज हो यो | जब महिला हरु घर बसी समय बिताउछन, (शृंगारका सामाग्री मा सिमित रहेको आवस्थामा)  श्रीमानले अथाह सम्पत्ति लुटेर ल्याउछन तेस्को सदुपयोग मात्र हो यो नया संस्कृति | राम्रा कुरा मनन गर्न गाह्रो हुन्छ तर अरु कुरा चाडै फ़स्टाउछन | लौ त सबै महिलालाई बिकासको पथमा सहभागी बनाएर लाग्यौ भने उनीहरुमा आत्मसम्मान प्राप्ति हुन्छ अनि यो नया संकृति तिर लाग्नु पर्ने समयनै हुँदैन | Last edited: 17-Jul-15 11:39 AM

magorkhe1 · Jul 17, 2015 11:30 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all