नेपाल पुलिसको ज्याद्दतीको बारे प्रहरी प्रमुखलाई प्रश्न

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पुलिसलाई 'नहेप्नुस्' भन्दा थुनिनुपर्ने ? प्रहरी प्रमुखलाई प्रश्न तस्बिर : काैशल अधिकारी काठमाडौ, असार २१ - आईतबार अपरान्ह मीनभवनमा एक हुल प्रहरीले एक युवालाई बल प्रयोग गरेर नियन्त्रणमा लिन खोज्दै थिए । ती युवा को हुन् र किन समातिए भन्ने कुरा त्यतिखेर प्रहरीले बताउन चाहेन । पछि उनलाई प्रहरीले गिरफ्तार गरेको फोटो र भिडियो सार्वजनिक भए । प्रहरीले आफूलाई गिरफ्तार गर्नुको कारण र घटनाबारे २८ वर्षिय अमितले सोमबार बताए : पेशाले म इन्जिनियर हुँ । घर विराटनगर हो । अहिले काठमाडौंमै कार्यरत छु । आइतबार मेरो विदा थियो । म अलि दुब्लो भएका कारण ज्यान बढाउनलाई जिम गर्छु । आइतबार पनि म कुमारीपाटीको द फिजिक वर्कशपमा जिम सकेर फर्किदै थिएँ । कोटेश्वर महादेवस्थानस्थित आफ्नो डेरा पुग्न टेम्पुबाट मीनभवन क्याम्पस गेटमा झरेर जेब्राक्रसबाट बाटो पार गर्न खोज्दै थिएँ । त्यसैबेला एकजना ट्राफिक प्रहरी निरीक्षकले पछाडिबाट एकदमै रुखो (तँ, ओए जस्ता) शब्द प्रयोग गर्दै मलाई बाटो काट्नबाट रोके । म फर्किएँ र उनले प्रयोग गरेको शैली र शब्दको प्रतिवाद गरेँ । त्यहाँ मीनभवनमा वृद्ध/वृद्धाको धर्नाले ट्राफिक जाम हुने भएकाले उनले बाटो काट्न रोक्न खोजेका थिए । तर, उनको शैली एकदमै असभ्य थियो । मैले प्रतिवाद गर्दा उनले हात उठाउन खोजेझैं गरे । केहीबेरको प्रतिवादपछि मैले उनलाई इग्नोर गर्न खोजें तर त्यसले उनको ‘इगा’ेमा धक्का पुग्न गएछ । ‘नटेरेको नसुनेको’ भन्दै उनले त्यहीँ धर्नास्थलमा ड्युटी खटिएका प्रहरी बोलाए । मलाई ५/७ जना प्रहरीले जर्बजस्ती लछार पछार र कुटपिट गर्दै हत्कडी लगाएर भ्यानमा हाले । उनीहरुको जथाभावी प्रहार मेरो अण्डकोषमा पनि पर्न गयो । लाग्दैथ्यो, कुनै ठूलै अपराधीको रुपमा मलाई समातिएको हो । मलाई बानेश्वर प्रहरी वृतमा ल्याइयो । यो घट्नाक्रम बिहान ११ देखि साढे ११ बीचको हो । भ्यान भित्र हत्कडी लगाइएको अवस्थामा पनि मलाई मुक्का हान्ने, भुतल्ने गरियो । बानेश्वर प्रहरी वृतमा एकजना प्रहरीले मेरो नाम सोधे । प्रहरीले त्यतिकै मुद्दा मामिलामा फँसाउने हो कि भन्ने डरले मैले नाम भन्न इन्कार गरें । उनले मज्जाले मुड्की हानेर लछारिहाले । मलाई चौकीमा लगे पनि थुनेको थिएन । हत्कडी लगाएर राखिएको थियो । मैले फोन गर्छु भनेपछि हत्कडी खोलिदिए । मैले दाईलाई फोन गरेर बोलाएँ । दाईको रोहबरमा मलाई छाडियो । कागजमा ट्राफिक प्रहरीसँगको ‘मिस बिहेब’ को आरोप लगाइएको छ । ४/५ घण्टापछि मलाई छोडियो । नेपाल प्रहरीले नारामा मिठो बोली र भद्र व्यवहारको कुरा गरे पनि त्यस्तो भइरहेको छैन । यस्तै व्यवहारले भोलि प्रहरी देख्नासाथ मानिस डराउने जस्ता अवस्था आउन सक्छ । मसँग दुव्र्यवाहार गर्ने प्रहरीहरुको नाम थाह छ तर म व्यक्ति विशेषको पछि लाग्न नचाहेर सम्पूर्ण प्रणालीमै सुधारको अपेक्षासहित प्रहरी प्रमुखसमक्ष केही प्रश्न राख्न चाहन्छु । म यी प्रश्नको जवाफ चाहन्छु । –प्रहरीको हेपहा शब्द र हेपहा प्रवृतिको बिरोध गर्नु के अपराध हो ? –प्रहरीको नियम कानुनमा सम्झाउनु भन्ने शब्द छ कि छैन ?–हामी पढेलेखेकालाई प्रहरीको यस्तो व्यवहार छ भने कमजोर मानिसलाई झन् कस्तो होला ? –कुरा पनि नबुझी सिधै हात हाल्ने अधिकार प्रहरीलाई छ ? –नियन्त्रणमा लिइसकेका व्यक्तिमाथि कुटपिट गर्न पाइन्छ ? –ट्राफिक प्रहरीलाई ‘मिस बिहेब’ को आरोप ममाथि छ । तर प्रहरीले मसँग गरेको पशुजन्य मिस बिहेबको उजुरी कहाँ गर्ने ? –कसैलाई नियन्त्रणमा लिने प्रक्रिया केही छ कि ? जबरजस्ती र लछार–पछार नै हो ? –प्रहरीको यस्तो कठोर व्यवहारले ‘प्रहरी देख्दै’ डराउने प्रकारको मानसिक आघात परे यसको जिम्मेवार को हुने ? –अचेलका मानिसले महंगा मोबाइला फोन र ग्याजेटहरु बोक्छन् । लछारपछारमा ती फुटे भने कसले बेहोर्छ ? http://www.ekantipur.com/np/20...

cybernepali · Jul 6, 2015 9:46 AM · 1,939 views

1 Reply

प्रहरी संसारै भरिका उस्तै हुन् : शक्ति प्रदर्सन र सम्मान खोज्ने क्रम मा धेरै कुटिने पिटिने गरिन्छ | अमेरिकी जस्तो देशमा कुटिने पिटिने को सट्टा बन्दुकको सिकार बन्न पुग्छन र धेरैले ज्यान गुमाएका छन् |

magorkhe1 · Jul 6, 2015 10:06 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all