वाहुनको छोरी भएर उत्पीडित वर्गको समर्थन गर्दा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

‘वाहुनको छोरी भएर किन उत्पीडित वर्गको समर्थन गर्छस ?’ भन्छन् १९ असार २०७२ एलिसा कोइराला मेरा कतिपय साथीहरुले फोन, म्यासेज गरेर मलाई झपारे । तँ बाहुनको छोरी भएर जनजाति, आदिवासी, नेवाः, मधेसी, थारु, दलित, किराती तथा अन्य उत्पीडित वर्गलाई समर्थन गर्छस ?? धेरै जान्ने नबन, बरु जा तिनिहरुसंगै बस् । कतिले त गाली र धम्की पनि दिए। आज मेरो यो मन अतिनै दुखेको छ। मन त दुखेको छ तर म कम्जोर भएकी हैन। म ति साथीहरुलाई केहि प्रश्न गर्न चाहन्छु। –यो २१ आधुनीक शताब्दी हो, सबै जनता जागरुक भैसकेका छन । कसैलाई पनि हेपेर, दबाएर राख्न सकिदैन। कसैको पहिचान, मातृभाषा, संस्कृति, मौलिक हक अधिकारलाई दबाएर तिनीहरुमाथि हामीले आफ्नो एक्कल पहिचान ,मातृभाषा ,संस्कृति कहिलेसम्म जबरजस्ती थोपने ? –कसैको पनि पहिचान, मातृभाषा, मौलिक हक अधिकार दिएन भने त्यो उत्पीडित वर्गहरुले आन्दोलन गर्ने छन्, रक्तपात हुनेछ त्यसको को जिम्मेदार को हुन्छ ? के त्यो आन्दोलन दबाउन सम्भव छ त ? –१० वर्ष लामो जनयुद्ध, जनजाति÷आदिवासी र थारु आन्दोलन, मधेस आन्दोलन, लिम्बुवान आन्दोलन, हजारौले रगत बगाए सहिद भए के ति सहिदहरु को केहि मोल छैन ? के अझ पनि चाहनु हुन्छ कि त्यो आन्दोलन, गृहयुद्ध, रक्तपात फेरी दोहरियोस ? –कुनै पनि राज्य/देशमा कुनै वर्ग बिशेषले देश÷राज्यसामु आफ्नो पहिचान र सम्मान पाएन भने त्यो असम्मानित उत्पीडित वर्गहरु त्यस देश÷राज्यबाट निस्किएर छुट्टै (आफ्नो अलग) राज्य÷देश बनाउछन। नेपालमा जनजाति, आदिवासी ,नेवाः ,मधेसी, थारु ,दलित ,किराती तथा अन्य उत्पीडित वर्ग का पहिचान ,मातृभाषा ,संस्कृति ,मौलिक हक अधिकार दिएन भने ति असंतुस्ट उत्पीडित वर्ग हरु देश बाट अलगिन खोज्नेछ्न । कतिपयले त अलगिने कुरा पनि शुरु गरिसके  र देश टुक्रिन सक्छ। र यसो भयो भने यसको कारण ति उत्पीडित वर्गहरु न भएर अहिलेको हामी शासक वर्गहरु हुने छौ। के यो कुरा उचित हो ? के तपाई देश टुक्राउन चाहनुहुन्छ ? –केहि वर्ष अगाडी राणा शासन यसरी नै एक्कल वर्ग का तानाशाह राज गर्थे , एक समय आयो र सबैलाई लखेटियो। शाह वंश मा पनि कुनै राजा हरु राम्रा थिए, राम्राहरुलाई जनताले सम्मान पनि गरे ,तर कोइ ज्ञानेन्द्र जस्तो क्रुर र निरङ्कुश पनि निस्कियो । र त्यो क्रुर ज्ञानेन्द्र को कारण पुरै राजशाही अपमानित् भएर पतन भयो। के तपाई चाहनुहुन्छ कि हाम्रो पनि त्यसरीनै तिरस्कार र अपमानित भएर पतन होस ? –नेपालमा अहिले ५० प्रतिशत भन्दा बढी गैर नेपाली (खस) भाषा र पहिचान वर्गका मानिसहरु छन् ,तिनीहरुलाई जबरजस्ती नेपाली पहिचानको पहिरन ओढाउनु , नेपाली भाषा को दवाब हाल्नु कति को उचित छन् त ? –अरुको गुमिएको पहिचान, मौलिक हक अधिकार दिँदैमा हाम्रो पहिचान खोसिंछ भन्ने सोच कति को उचित हो ? के यो स्वार्थी सोच हैन ? हामी किन यति लोभी र स्वार्थी भएको ? –अमेरिका, क्यानाडा ,भारत ,अस्ट्रेलिया ,स्विज़रल्याँड, साना (ठुला , एसियन (यूरोपियन प्राय सबै बिकसित देशमा सबै नागरिकको पहिचान ,मौलिक हक अधिकार सुनिस्चित गरिएको को संविधान छ। यो हाम्रो देश नेपालमा किन हुन सक्दैन ? के तपाईहरु चाहनु हुन्न कि नेपालपनि यिनी जस्तै विकसित देश बनोस ? –सबै नागरिक को पहिचान,मौलिक हक अधिकार सम्मान सहित को संविधान आयो भने देशका सबै वर्ग का मानिसहरु खुसि सम्पन्न हुनेछन्। सबै को पहिचान हक अधिकार सुनिस्चित भयो भने कोइ वर्ग बिसेष अशंतुस्ट हुने बाटो हुदैन ,त्यस पछि ना त कुनै ठुलो आन्दोलन हुनेछन ना हि कुनै जनयुद्ध। शान्ति को प्रतिक मानिने नेपाल साच्चिकै शान्ति देश हुनेछ। के तपाई चाहनु हुन्न नेपाल मा शान्ति होस् ? –सबै नागरिक को पहिचान,मौलिक हक अधिकार सम्मान सहित को संविधान आयो भने सबै सन्तुस्ट हुनेछ र सबैको ध्यान प्रगति र देश को विकास तर्फ लाग्ने छन्। र सबै वर्ग का नागरिक एकताबद्ध भएर देश को प्रगति तर्फा लाग्ने छन् र नेपाल पनि चाडै नै प्रगतिशील देश बन्ने छ। तै पनि तपाई हरु किन समाजमा पहिचान सहित ,र सबैनागरिक को मौलिक हक अधिकार सुनिस्चित भएको संविधानले देश को एकता टुट्छ भन्ने झुटो भ्रम फैलाउनु भएको रु बरु सबै को पहिचान ,हक अधिकार दबायो भने चाहिं देश मा आक्रोश उत्पन्न हुन्छ र आन्दोलन रगृह युद्ध हुन्छ र देश को एकता टुट्छ। म समग्र साथीहरुलाई बिन्ति गर्दछु ,तपाईहरु आफ्नो निजि स्वार्थ त्यागेर सबैको पहिचान हक अधिकारको कदर गर्ने सबैलाई समेटिएको एउटा दिर्घकालिन संविधान बनाउन मद्धत गरौँ। नेपाललाई एउटा शान्ति र प्रगतिशील देश बनाउन अगाडी बढौं। धन्यबाद जय नेपाल (मेरो लेख कुनै वर्ग विशेष र व्यक्ति विशेषको चित्त दुखाउन खोजेक हैन, त्यसो भएमा मलाई माफ गर्नुहोला। मेरो कुरा कतै गलत साबित भएमा सार्वजनिक रुपमा माफी माग्नु पनि तयार छु। तर म कुनै धम्की, डर, त्रासदेखि डराउने वाला छैन ,सत्य र समानताको पक्षमा सधैँ लडी रहेनेछु।) Source

cybernepali · Jul 6, 2015 8:21 AM · 13,666 views

2 Replies

कता हरायो यो पापार्चुकेठिटो ? सुन्दर तस्बिर टासेको फोटो देख्ना साथ् नम्बर मागीहाल्थ्यो ? कहिँ मामा घर तिर त हैन ?

magorkhe1 · Jul 7, 2015 9:44 AM

Blame your friends to make yourself look great.

no_quiero · Jul 7, 2015 11:08 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all