Here we go another typical article about Nepali in U.S.

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Typical writer typical article http://global.setopati.com/ame... नेपालतिर बिहान हुँदा यता रात पर्छ, भूगोलको हिसाबले नेपाल र अमेरिका आकाश र पाताल जस्तै हो। विश्वभरीका मानिसको सपनाको देश भनिएको अमेरिकामा करिब डेढ महिनादेखि बसिरहँदा हरेक दिन सामाजिक संजालमार्फत आफन्त र सुभेच्छुकहरुले अमेरिकामा कसरी बित्दैछ जीवन? र कहिले फर्किने भन्ने प्रश्नहरु लगातार गरिरहेका छन्। काम विशेषले आएकोले कहिले फर्किने भन्ने प्रश्नको उत्तर त म सजिलै दिन सकिरहेको छु तर अमेरिका जीवन कस्तो बित्दैछ वा अमेरिका कस्तो छ जस्ता खाले प्रश्नको उत्तर दिन मलाई यो ४५–५० दिनदेखिको अमेरिका बसाइँमा हम्मेहम्मे नै परिरहेको छ। नेपालमा बसेर परिकल्पना गरिने अमेरिका अनि यतै आएर भोगिने अमेरिकामा रहेको भिन्नता नेपाल र अमेरिका भूगोलको हिसाबले आकाश पाताल भनेजस्तै लाग्यो। मान्छेहरु जीवनका नाममा जिजिविषाका लागि यन्त्रवत् मरिहत्ते गरिरहेका भेटिन्छन् यहाँ। यो मरिहत्तेपश्चात प्राप्त हुने वा भएका निश्कर्ष भने उल्लेख्ययोग्य पटक्कै छैन अनि देखिदैन पनि। एउटा ५०० देखि १५०० डलर पर्ने अपार्टमेन्ट, ५००० डलरदेखि २५००० डलर पर्ने मोटर कार अनि घन्टाको ८ देखि १३ डलरसम्म प्राप्त गर्ने सकभर कसैलाई नभनिने क्याटागोरीको दैनिक ८ देखि १२ घन्टे काम, हप्ताको १ देखि २ दिन छुटि्ट र त्यो छुटि्टमा गरिने धेरथोर रंगरलिया। यिनै स्वरुपमा बाँधिएको अमेरिकामा हामी नेपाली मरिहत्ते गरेर आउन लालयित छौं। २५ लाख रुपैंया खर्च गरेर अमेरिका आएका वा जीवन दाउमा राखेर बिभिन्न देश हुँदै मेक्सिकोबाट अमेरिका छिरेका नेपालीहरु गल्ली गल्लीमा भेटिदा उनीहरुको अनुहारमा त्यो पैसा खर्च गरेर वा दुख पाएर अमेरिका छिरेको खुसीबोध चाहिँ कतै भेटिन्न। बिभिन्न रुपमा भिजिटर भिसामा आएका तथा स्टुडेन्ट भिसामा अमेरिका आएर यतै काम गरेर बसेकाहरुमध्ये केहीले आफ्नो पढाईलाई सदुपयोग गरेर बाँकी नेपालीको भन्दा फरक जीवन बाँचेको देखिए पनि त्यस्ता नेपालीहरुको संख्या कमै छ यहाँ। त्यसैगरी व्यपार व्यवसायमा लागेका केही मानिसहरु सफल भएका भनेर मिडियामा समेत आएको देखिन्छ तर यो सफलता केही हजार डलर बढि कमाइयो भन्ने खुद्रा खुशीमा नै सिमित छ। ७५ प्रतिशतभन्दा बढि अमेरिकामा बसेका नेपाली ग्यास स्टेसन भनिने पेट्रोल पम्प, सेभन इलेवनजस्ता पसल, अनि सव वे र नेपाली तथा भारतीयहरुले खोलेको रेस्टुरेन्टमा काम गर्दछन्। न्यूयोर्कजस्ता सहरमा केही नेपालीहरु ट्याक्सी पनि चलाउँछन्। कोही कोही नेपाली उबर अनि लिफ्ट नामबाट निजी गाडीलाई ट्याक्सी बनाएर चलाउँछन्। अमेरिकामा बस्ने नेपालीहरुको औसत कमाई भनेको ९ डलर प्रतिघण्टामात्र हो। तथापि केही नेपालीहरु यहाँ निकै माथिल्लो स्तरका कमाउनेहरु पनि छन् तर ती नगण्य रुपमा मात्र छन्। यहाँको प्रशासनले एउटा काममा हप्तामा ४० घण्टामात्र काम गर्ने परमिसन दिन्छ। त्यसैले कोही कोही एउटा काम सकेर अर्काे काममा लाग्दछन्। धेरैजसो नेपाली दैनिक १२ घण्टा काम गर्छन। र पनि अधिकांश यहाँ बस्ने नेपालीहरुलाई मुस्किलले १५०० देखि २००० डलर महिनाको कमाउँछन्। परिवारसहित बस्ने नेपालीका भने काम गर्ने मानिस बढि भएको खण्डमा अलि धेरै कमाई हुन सक्छ। त्यसमाथि गैरकानुनी तरिका बसिरहेकाहरुले त झनै कम कमाई गरिरहेको हुन्छन्। यो देश क्रेडिट कार्डबाट चलेको देश हो। अमेरिकाले क्रेडिट कार्डमार्फत आफ्नो आर्थिकस्वरुप कार्यान्वयन गर्छ। क्रेडिट कार्डबाट खर्च गर्यो अनि कमाएर त्यो क्रेडिट तिर्यो। अमेरिकी आर्थिक नीति नै आफ्नो देशमा कमाएको पैसा सकभर आफ्नै देशमा खर्च गरिसकियोस् भन्ने हो। त्यसैले यहाँ काम गरेर वा बसोबास गरिरहेका अधिकांश नेपालीसँग डेविट कार्ड हुँदै हुँदैन तर क्रेडिट कार्ड भने ४/५ वटा नै हुन्छ। क्रेडिट कार्डबाट खर्च गर्यो अनि कमायो तिर्यो। समान्य हैसियतमा काम गर्ने नेपाली कमाएको धेरैभन्दा धेरै पैसा क्रेडिट कार्डलाई तिर्दैमा ठिक्क हुन्छ। केही परिचित व्यक्तिहरुले म अमेरिका आएपछि फोन गरेर तथा सामाजिक सन्जाल मार्फत म्यासेज गरेर कसरी अमेरिका जान पाइन्छ लौन केही उपाय हामीलाई पनि भनिदिनुस् भनिरहन्छन् मलाई। कति खर्च पर्छ बरु गरुँला तर अमेरिका पुग्नु पर्यो भनिरहेका हुन्छन्। मैले यहाँको अवस्था उनीहरुलाई जानकारी गराउँदा पनि उनीहरु आत्मसात गर्दैनन्। हाम्रो जस्तो देशका हरेक तह र तप्काका मानिसलाई अमेरिका आउनु परेको छ, जसरी भए पनि। राजादेखि रंकसम्म सबैलाई अमेरिकाको मोहले चरम प्रभावित बनाएको छ। देशका नामी नामी मानिस आएर यहाँ हराएका छन्। मै हुँ भन्ने कलाकार, उच्च ओहदाका कर्मचारी, पत्रकार सबै आएर यहाँ बसेकाले पनि नेपालमा बस्नेहरुलाई यो देश सुनको फुल पार्ने कुखुरा जस्तो लाग्न सक्छ। तर यहाँ नेपालका मै हुँ भन्नेहरु सामान्य लेबर काम गरिरहेका हुन्छन्। घण्टाको १० डलरमा घोटिइरहेका हुन्छन्। अनि काम भनेको सानो ठूलो हुँदैन भनेर अर्ति उपदेश दिइरहेका हुन्छन्। म आफू भने संसारमा ठूलो सानो केहीले हुन्छ भने कामकै आधारमा हुने मान्यता राख्ने भएकाले उनीहरुको यो फजूल तर्कलाई आत्मसात गर्न सक्दिन। काम भनेको उसको क्षमता हो। उसको क्षमता जाँच्ने कसी भएकोले मानिसलाई मापन गर्न उसको काम सबैभन्दा महत्वपूर्ण विषय हो। नेपालमा सहप्राध्यापक छाडेर अमेरिका आएका एक अधबैंसेलाई न्यूयोर्कको घुँइचोमा भेट्दा उनी ग्याँस स्टेसनमा काम गर्न समयमा पुग्न सकिदैन कि भनेर दौडादौड गरिरहेका रहेछन्। नेपालमै चिनजान भएको यी महासयको अनुहारमा कुनै कान्ती छैन। नेपालबाट एउटा प्रोग्रामको भिसामा यहाँ आएर असाइलम(शरणार्थी) बनेर काम गर्न थालेका व्यक्तिले नेपालमा पनि ४० देखि ५० हजार कमाउँथे। यहाँ शरणार्थी क्लेम गरेर बसेको ४ वर्ष भैसक्यो तर अदालतमा केस जस्ताको तस्तै छ। परिवार नेपालमा छन् उनी यहाँ न्यूयोर्क सहरको २ कोठे अपार्टमेन्टमा आफूजस्तै असाइलम क्लेम गरेर बसेका ३ जनासँग मिलेर बस्छन्। आफ्नो सिर्जनशीलता गुमाउनु अमेरिकाजस्तो सहज ठाउँ अरु कुनै हैन उनले आफ्नो जीवनबोध बताए। यो दलदल हो यहाँ आएपछि मानिस फर्कन सजिलो छैन थपे उनले। असाइलम गरेर कुनै दिन आफ्नो परिवारसहित अमेरिका बस्ने लालसाले उनी आफ्नो जीवनभरको सिर्जनशीलता त्याग्न तयार भएका छन्। उनीजस्तै हजारौं नेपालीहरु असाइलमको नतिजा कुरेर बसिरहेका छन्। नेपालमा छँदा कम्यूनिस्ट पृष्ठभूमिका यी रामेछाप घर भएर मुलपानी बस्ने अधबैँशे व्यक्तिले आफू माओवादी पीडित हुँ भनेर असाइलम गरेका हुन्। यीनले ०६४ को संविधानसभा निर्वाचनमा माओवादीमा प्रवेश गरिकन सहयोग गरेका थिए त्यसअघि यी एमाले थिए। तर अमेरिका आएर यिनले नेपालमा माओवादीले मलाई बाँच्न नदिएको भन्दै नेपाल फर्कन नसक्ने बताएर असाइलम गरेका हुन्। यस्ता स्वदेशको गलत हवाला दिएर अमेरिकामा असाइलम गर्नेहरुको ठूलै भीड छन्। परिवारसहित अमेरिका बस्नेहरुको संख्या पनि ठूलै छ। डिभी परेर परिवारसहित यहाँ आएका नेपालीहरुको संख्या उल्लेख्य छ भने असाइलम गरेर परिवारसहित बस्नेहरुको संख्या पनि प्रशस्त नै छ। यसरी परिवारसहित बस्नेहरुका छोराछारीहरु सामान्यतया अमेरिकन बनिसकेका छन्। अमेरिकन अर्थात् संस्कारहीन। अमेरिकनहरुसँग कुनै आफ्नो संस्कार तथा सभ्यता छैन। कमायो अनि खायो यही सभ्यता र संस्कार हो यो देशवासीहरुको। नेपाली हुनुको सभ्यता र संस्कृति यहाँ आएर बसेको एकाध वर्षमा आमरुपमा तिलाञ्जली दिइसकिएको हुन्छ। सामाजिक संजालमा फोटो हाल्न चाडपर्वमा गरिने केही रितिरिवाज आफैमा खल्लो प्रतीत हुने खालको छ। धेरैजसो हिन्दू भनिने नेपालीहरु गाईको मासु खाइरहेको भेटिन्छन्। नेपालीको गाई पो पवित्र त अमेरिकाको गाई त पवित्र हैन नि उनीहरुको सस्तो उत्तर आउँछ। नेपालीका छोरीछोरीहरु दालभात तरकारी खान रुचाउँदैनन् यतैतिरका जंक स्वभावका खानेकुरा खान्छन् अनि नेपाली भाषा सकभर बोल्दैनन् बोली हाले भने पनि मनबाट हैन मुखबाट मात्र। विकसित भनिने यो देशले क्षणिक सुख दिएको अनुभूति गर्न सकिन्छ। नेपालको भन्दा सुन्दर बसाई, मोटर गाडी अनि सानो तहको भए पनि कामको प्रशस्त संभावना भएकै कारणले पनि यहाँ आएपछि सकभर मानिस स्वदेश फर्कन चाहँदैनन्। क्षणिक सन्तुष्टिमा रमाउने क्रममा मानिसहरु भासिएका छन् यहाँ। अमेरिका साँच्चै एक दलदल हो जो पस्यो त्यो फस्यो। जतिबसे पनि ऊ सन्तुष्ट बन्न सक्दैन र पनि निक्लन सक्दैन। एक नेपाली अधमरो भएर अमेरिकन बनिरहेको देख्छु। जीवन अनि सौन्दर्य छैन अमेरिकामा नेपालीको। प्रकाशित मिति: शुक्रबार, आषाढ १८, २०७२ १९:१३:२०

mangale · Jul 3, 2015 10:43 AM · 17,171 views

7 Replies

Probably he stayed with an asylee became his guest ate free , slept free and now he is writing about how they live here.

mangale · Jul 3, 2015 10:56 AM

Someone take this guy to people who came here as a student, worked hard and graduated university. And currently working in big companies making 100K +

damauli_guy · Jul 3, 2015 11:32 AM

बुझ्ने लाई श्रीखण्ड नजान्ने लाई खुर्पा को बींड

itroll · Jul 3, 2015 11:35 AM

Intelligent people are more likely to underestimate themselves, while ignorant people are more likely to believe they’re brilliant.

rethink · Jul 3, 2015 11:47 AM

Last edited: 03-Jul-15 11:57 AM

Hacker · Jul 3, 2015 11:56 AM

माथिको लेख लेख्ने मित्र लाई म यतिमात्र भन्छुकी वहा जस्तै पत्रकारका कारण नेपालमा हुने नहुने हुन्छ / अलि गहिराइमा पुगेर अध्यान गरेर लेखेको भए राम्रो हुन्थ्यो सही सुचना पुग्थ्यो जनमानसमा , जाबो ४०/५०दिनको अमेरिका बसेर मित्रले कति बुझेर एति बिग्न लेखेका / हामी १५ बर्षमा पनि तेस्तो हावादारी गफ दिने हुन् सकिएन / मित्रलाई सुझाव के भने अमेरिका ४०/५०दिन घुमेर केहि बुझिन्न अमेरिका बुझ्न यही बसेर हेर मित्र भोगेर हेर के रहेछ अमेरिका बल्ल थाहा पाउछौ / २/४हप्ता कसैको मा पाहुना खान आएको भरमा बुझिदैन / कुरै नबुझी एति बिग्न लेख्दा जो सुकैले पनि तिम्रो असली औकात बुझी हाल्छ / जे होस् यस्तै पत्रकारिताले पनि नेपालमा गरी खाएका छौ / धन्य तिमीजस्ता पत्रकार लाइ / फलोस फुलोस नेपाली पत्रकारिता /

lekalikrishna · Jul 3, 2015 12:16 PM

I found this article pretty much accurate. He mentioned that there are some higher level of professional as well as successful business ppl among nepalese community but they are very few and far between which is true. Majority of nepalese in US are in average or below average living standard but they try to impress others by posting fancy pics in FB. Mostly those who work blue color jobs claim that all jobs are equal. Yes, no one should be disrespected for what they do for living but the prestige that comes with the higher level of job is there in US too.

efg · Jul 3, 2015 1:12 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all