कृषिमन्त्री पराजुलीद्धारा राजिनामा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

असार १७, काठमाडौं । असार १५ गते धान दिवसका अवसरमा राजधानीको मूलपानी रोपाई कार्यक्रममा सहभागी हुँदा महिलामाथि अशोभनीय व्यवहार गरेका कृषिमन्त्री हरि पराजुलीले राजिनामा पार्टी अध्यक्ष केपी ओलीलाई बुझाउनुभएको एमाले स्रोतले जनाएको छ । महिलामाथि अशोभनीय व्यवहार गरेको भन्दै चौतर्फी आलोचना भएपछि पराजुलीले पार्टी अध्यक्ष ओली निवास पुगेर पद छाडेको जानकारी गराउनुभएको एमालेका एक शीर्ष नेताले जानकारी दिए । पराजुलीले पदीय मर्यादा विपरित अशोभनीय र अभद्र व्यवहार गरेको भन्दै पार्टीले फिर्ता बोलाउने संकेत गरेपछि उहाँले राजिनामा दिनुभएको हो । एमालेका शीर्ष नेताले हिजो अपरान्ह छलफल गरी पराजुलीको व्यवहारले पार्टीको छविमा आँच पुर्‍याएको निष्कर्ष निकालेको थियो ।  Source Last edited: 02-Jul-15 07:07 AM

cybernepali · Jul 2, 2015 7:06 AM · 2,230 views

2 Replies

'मेरो प्रतिष्ठामा मन्त्रीले होइन्, मिडियाले आँच पुर्‍याए' Published: July 2, 2015  बिहीवार, 17 आषाढ, 2072  7:58 AM (GMT) काठमाडौं असार १७ । १५ असारमा कृषिमन्त्री हरिप्रसाद पराजुली रोपाइमा सहभागी हुन मुलपानी पुगे । त्यहाँ कृषि विभागले रोपाइ कार्यक्रमको आयोजना गरेको थियो । आधुनिक मेसिनबाट रोपाइ कार्यक्रमको उद्घाटन गरेपछि कृषि मन्त्री पराजुली हिलो खेल्न खेतमा ओर्लिए । त्यही बेला हिलो छ्यापाछ्याप भयो ।महिलाहरुसँग मुलपानीमा हिलो खेलेर मन्त्रीले महिलाहरुलाई घचेटेका तस्विरहरु सार्वजनिक भए । अनलाइन र टेलिभिजनमा त्यस्ता तस्विरहरु छाएपछि मन्त्रीको त्यो क्रियाकलाप अश्लील भनेर तीब्र आलोचना सुरु भयो ।   कुरा यतिमा मात्र सिमित रहेन । बुधबारको ब्यवस्थापिका संसदमा मन्त्री पराजुलीमाथि कारवाही गर्नुपर्ने माग जोडसँग उठ्यो । उनकै पार्टीको भातृ संगठन अनेरास्ववियुले उनको पुत्ला दहन ग¥यो । यतिसम्मकी पार्टी अध्यक्ष केपी  शर्मा ओलीले मन्त्रीको चर्को आलोचना भएपछि उनलाई राजीनामा गर्न निर्देशन गरे ।बिहीबार बिहानै मन्त्री पराजुली राजीनामा लिएर बालकोट पुगे । उनको राजीनामा पत्र बिहीबारै बालुवाटारमा पुग्यो । प्रधानमन्त्री सुशील कोइरालाले उनको राजीनामा स्वीकृत गरिसकेका छन् ।  यो राजनीतिक खेल भयो ? विवादको हिस्सा बनेका कसैले पद पाए । कसैले गुमाए ? तर, यो  विवादको  सर्वाधिक मारमा ती महिला परेका छन् । जसको तस्वीर ब्लोर नगरेरै मिडियाबाट मन्त्रीले अंकमाल गर्‍यो भन्दैं प्रसारित भयो ।  आफ्ना वृद्ध आमाको तस्विर अचानक मिडियामा यस्तो समाचारको शीर्षक बनेर छापिएपछि को सन्तानको मन नदुखल्ला र ? उनीहरुले विदेशबाट फोन गर्न थाले । गाउँले महिलाहरुले त्यतिबेला मात्र थाहा पाए, जब उनीहरुका छोराछोरी र आफन्तले विदेशबाट फोन गरे । त्यसले उनीहरुलाई आँशु मात्र झार्न बाध्य पारेको छैन त्यतिकै तनाव पनि थपिदिएको छ । मन्त्री पराजुलीले महिलामाथि अश्लील हर्कत गरिरहेको प्रचारबाजी मिडियामा तीब्र रुपमा भइरहेका बेला मन्त्रीले छ्यापेको हिलो खेपेका महिलाहरुले पत्रकार सम्मेलन नै गरेर आफूहरुको प्रतिष्ठामा मन्त्रीले नभई मिडियाले आँच पुर्‍याएको बताएका छन् ।  मन्त्रीले अश्लील हर्कत गरेको भनेर मिडियामा आएका तस्विरमा देखिएकी सानी केसी र अन्नपूर्ण फुयाँलले मन्त्रीले आफूमाथि अश्लील हर्कत नगरेको बरु आर्शिवाद मागेको बताएकी छन् । मूलपानीको खरिबोट चौरकी केसीले बिहीबार ललितपुरस्थित कृषि विभागकाे हलमा पत्रकार भएको पत्रकार सम्मेलनमा आफू धान रोपाइमा जाँदा मन्त्रीले ‘आमा’ भनेर सम्बोधन गरेको बताएकी छिन् । 'बुधबार विहान अस्ट्रेलियाबाट छोरीले फोन गरेपछि मात्र थाहा पाए त्यस्तो फोटो छापिएको रहेछ,' उनले भनिन्, ‘आमा नमस्कार भनेर सम्बोधन गरे । म ७० वर्षीय वृद्धको इज्जत किन बर्बाद पारेको ?'तस्विर एकदमै भाइरल भएपछि ७० वर्षीया सानीले रूदैं  यसको खण्डन गरेकी छन् । ‘कृषि मन्त्री हरि पराजुली प्रमुख अतिथीका रुपमा रोपाइ कार्यक्रममा आउनु भएको थियो । उहाँले मसँग आशिर्वाद लिनुभएको हो,’ पत्रकार सम्मेलनमा उनले भनिन्, ‘मलाई नराम्रो व्यवहार केही गर्नु भएको होइन । तर मिडियाका मान्छेले फोटो खिच्दा अतिरञ्जित हुने किसिमले बाहिर ल्याए ।’ उनले यसले आफूलाई ठूलो आघात पुगेको बताउँदैं आफ्नो प्रतिष्ठामाथि मन्त्रीले नभई मिडियाले आँच पु¥याएको बताइन । ‘ठूला आघात परेको छ । म ७० वर्षकी वृद्धा हुँ,’ उनले भावुक हुँदैं भनिन्, ‘मलाई मन्त्रीले यसो ग¥यो उसो ग¥यो भनेर अनर्थ लगाएर प्रचार गरियो । मेरो इज्जत प्रतिष्ठामा मन्त्रीले हैन मिडियाले आँच पु¥याए । ’  उनले यही कारण आफूलाई लाज मर्नु भएको बताउँदैं विदेशबाट समेत फोन आएर हैरानी खेप्नु परेको दुःखेसो पोखिन ।अन्नपूर्णले पनि दृश्यमा तस्वीरमा देखाइएजस्तो आफूमाथि अश्लील ब्यवहार नभएको र मन्त्रीले आर्शिवाद मागेको बताएकी छन् ।  उक्त पत्रकार सम्मेलनका काठमाडौं, भक्तपुर र ललितपुरका महिलाहरु उपस्थित थिए । उनीहरु सबैले मन्त्रीले कुनै दुर्ब्यवहार नगरेको तर मिडियाले झुटो प्रचार गरेको बताए ।  ती महिलाले राजनीतिक स्वार्थका लागि आफूहरुको तल्लो स्तरमा उत्रिएर वेइज्जत गरिएको गुनासो समेत गरे । उसो त तीब्र आलोचना भएपछि लिइएका अन्तर्वार्ताहरुमा मन्त्री पराजुलीले पनि आफू होचो भएकाले तस्विरहरुमा त्यस्तो देखिएको प्रष्टीकरण दिएका छन् ।  उनले अाफू दाैडने क्रममा एकजना पुरूषसँग अल्झेर लडेको र त्यही महिलाहरूले हिलोले छोपिदिएको बताएका छन् । उनले उठ्ने क्रममा  जिउमा खसेकोजस्तो तस्वीर खिचेर प्रचार गरेको दाबी गरेका छन ।

cybernepali · Jul 2, 2015 7:17 AM

बुढी आमालाई परेको चोट बुज्छौ | अझै हाम्रो संस्कृतिमा महिलालाई ( आमाकै उमेरको भए पनि ) अंकमाल गरेर आसिर्बाद मागिदैन |

magorkhe1 · Jul 2, 2015 9:43 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all