कांग्रेस सभासदका भारतीय छोरा अध्यागमनको हिरासतमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सभासदका छोराले एयरपोर्टमा उद्दण्डता मच्चाए कांग्रेस सभासदका भारतीय छोरा अध्यागमनको हिरासतमा २०७२ असार १७ गते १२:३३ मा प्रकाशित १७ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन डेस्कका कर्मचारीमाथि दुर्व्यवहार गर्दा पक्राउ परेका कांग्रेस सभासद कौशर शाहका छोरालाई छुटाउन अध्यागमन अधिकारीहरुमाथि दबाव परेको छ । जुबेद खान बुधवार राति एयर अरेबियाको जी ९८६३ नम्बरको उडानबाट दुबई जान लागेका जुबेद खानको पासपोर्टमा दुबईको भिसा हेर्न लाग्दा अध्यागमन अधिकृत छत्रवहादुर शाहमाथि सभासदपुत्रले दुर्व्यवहार गरेका थिए । भारतीय पासपोर्ट र नेदरल्याण्डको पीआर बोकेका शाहले अन्य कर्मचारी र सुरक्षाकर्मीलाई समेत हातपातको प्रयास गरेका थिए । अन्दाजी ३० वर्षको शाहले करीव डेढ घण्टासम्म अध्यागमनमा उद्दण्डता प्रदर्शन गरेका थिए । ‘मेरो भिसा हेर्ने तँ को होस् ?’ भन्दै जुबेदले अध्यागमन अधिकृतलाई कठालो समाउन खोजेको स्रोतले जनाएको छ । उनलाई तत्कालै प्रहरी आएर नियन्त्रणमा लिएपछि अध्यागमन डेस्कमै पुगेकी सभासद कौशर शाहले गल्ती भयो भन्दै छाडिदिन आग्रह गरेकी थिइन् । त्यसक्रममा जुबेदले कर्मचारी र अनुसन्धान अधिकृतहरुलाई अश्लील गालीगलौज समेत गरेपछि उनलाई छाड्न नसकिने जानकारी अध्यागमन अधिकारीले सभासद शाहलाई दिए । सभासदले माथिल्लो तहबाट दबाब दिन लगाए पनि पीडित कर्मचारीले छाड्न नमानेपछि उनलाई राति नै कालिकास्थानस्थित अध्यागमनको हिरासतमा लगिएको स्रोतले जनाएको छ । प्रहरीलाई बुझाउनुपर्नेमा अध्यागमनको हिरासत छोरालाई छुटाउन सभासद शाहले प्रधानमन्त्रीसम्म हारगुहार गरिसकेको स्रोतले जनाएको छ । ‘गल्ती स्वीकार गराएर छाड्न दबाव आएको छ, हामीले थुनेर राख्ने बलियो आधार पनि छैन,’ एक अधिकृतले भने । अध्यागमन स्रोतका अनुसार कर्मचारीमाथि दुर्व्यवहार गर्ने जुबेदलाई अध्यागमनको हिरासतमा नपठाई प्रहरीलाई जिम्मा लगाउँदा कारवाही हुन सक्थ्यो । ‘प्रहरीलाई जिम्मा लगाएर पठाएको भए हातपात र दुर्व्यवहारमा कारवाही हुन सक्थ्यो,’ स्रोतले भन्यो, ‘यहाँ त नक्कली कागजपत्र बोकेको भएमात्र कारवाही हुन्छ, नत्र कारवाही गर्ने आधार हुन्न ।’ सभासदको लोगो नै पास कौशर शाह, सभासद जुबेदले मनपरी बोल्दै हातपात प्रयास गर्दा उनको नजिकै अध्यागमन डेस्कमै सेतो कुर्ता सुरुवाल लगाएकी एक महिला थिइन् । जुबेदको व्यापारिक साझेदार बताउने भारतीय नागरिक राजकुमार एमडी अब्दुलले एकपटकलाई माफी दिन आग्रह गरे । उनको आग्रह स्वीकार नभएपछि ती महिलाले पनि गल्ती भयो भन्दै छाड्न आग्रह गरिन् । प्रहरीले उनी को हुन् भनेर सोध्दा जुबेदले आमा हुन् भने । तर, उनको नाम भन्न नमिल्ने बताए । निकै गलफत्तीपछि मात्र ती महिलाले भनिन्, ‘म नेपाली कांग्रेसकी सभासद कौशर शाह हुँ । मेरो छोराले गल्ती गरिहाल्यो, यसलाई ठूलो इस्यु नबनाउँ, फ्लाइट छुट्न लागेकाले छाडिदिनुस् ।’ प्रहरीले सभासद शाहलाई पास नलिई कसरी अध्यागमनसम्म आइपुग्नुभयो भनेर सोधे । उनले आफ्नो लोगो नै पास भएको बताएपछि एक प्रहरी अधिकृतले उनलाई तल लगेर पास लगाइदिएर फेरि माथि ल्याए । पास नलिई सभासद कसरी अध्यागमनसम्म पुगिन् भन्ने पनि खोजीको विषय बनेको अधिकारीले बताएका छन् । त्यसबीचमा सभासद शाहले कर्मचारीलाई आग्रह गर्ने र माथिबाट फोन लगाउने दुबै प्रयास गरिन् । तर, अध्यागमन अधिकृत शाहले आफू जसको दबाव आए पनि मुद्दा चलाउनबाट पछि नहट्ने बताएपछि जुबेदले फेरि मुख छाडे । ‘यहाँ त प्रहरीले जोगायो, यहाँबाट बाहिर गएपछि तँलाई कसले बचाउँछ म पनि हेर्छु,’ उनको धम्की उधृत गर्दै एक प्रत्यक्षदर्शी कर्मचारीले बताए । उनले आफू ‘बिजनेश डिल’ गर्न नेपाल आएको र भर्खरै मन्त्रीसँग बैठक सकेर दुबईका मन्त्रीसँग बैठक गर्न लागेको बताएका थिए । उनको उडान राति साढे ८ बजे हुनेवाला थियो । - See more at: http://www.onlinekhabar.com/20...

_____ · Jul 2, 2015 5:25 AM · 1,944 views

1 Reply

एयरपोर्टमा उद्दण्डता मच्चाउने सभासदका छोरा कागज गरेर छुटे सही गरेर जिम्मा लिइन् सभासद कौशरले भारतीय छोरा २०७२ असार १७ गते १७:१३ मा प्रकाशित - See more at: http://www.onlinekhabar.com/20... १७ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन डेस्कका कर्मचारीमाथि दुव्र्यवहार गर्ने कांग्रेस सभासद कौशर शाहका छोरा जुबेर खान माफी मागेको कागज गरेर छुटेका छन् । बुधवार राति दुबई जाने क्रममा अध्यागमनका कर्मचारी र सुरक्षाकर्मीलाई समेत दुर्व्यवहार र अश्लील गालीगलौज गरेपछि उनलाई पक्राउ गरी अध्यागमनको हिरासतमा राखिएको थियो । सभासद शाहले छोरालाई छुटाउन दबाब दिइरहेकी थिइन् । बिहीबार उनलाई अघिल्लो दिनको कार्यप्रति माफी मागेको कागजमा सही गराएर छाडिएको अध्यागमन स्रोतले जनाएको छ । कागजमा पनि खानलाई भारतीय नागरिक भनेर पासपोर्ट नम्बर समेत उल्लेख गरिएको छ । छोरालाई जिम्मा लिन सभासद कौशर शाह आफैं अध्यागमन विभागमा पुगेकी थिइन् । उनले कागजमा जुबेरलाई बुझेको भनेर हस्ताक्षर गरेकी छन् । बुधवार राति एयर अरेबियाको जी ९८६३ नम्बरको उडानबाट दुबई जान लागेका जुबेर खानको पासपोर्टमा दुबईको भिसा हेर्न लाग्दा अध्यागमन अधिकृत छत्रबहादुर शाहमाथि उनले दुव्र्यवहार गरेका थिए । भारतीय पासपोर्ट र नेदरल्याण्डको पीआर बोकेका शाहले अन्य कर्मचारी र सुरक्षाकर्मीलाई समेत हातपातको प्रयास गरेका थिए । अञ्दाजी ३० वर्षको शाहले करीव डेढ घण्टासम्म अध्यागमनमा उद्दण्डता प्रदर्शन गरेका थिए । छोराले अध्यागमन कर्मचारीमाथि दुव्र्यवहार गर्दा आमा सभासद कौशर शाह पनि सँगै थिइन् । - See more at: http://www.onlinekhabar.com/20...

cybernepali · Jul 2, 2015 7:10 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all