जब कृषिमन्त्री हरिप्रसाद पराजुलीले अश्लिल हर्कत देखाए … (तस्वीरसहित)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जब कृषिमन्त्री हरिप्रसाद पराजुलीले अश्लिल हर्कत देखाए … (तस्वीरसहित) २०७२ असार १५ गते २१:२० मा प्रकाशित १६ असार, काठमाडौं । यो कुनै चलचित्रको सुटिङ होइन । तस्वीरमा देखिएका हिलाम्मे ह्याट लगाएर महिलालाई अंगालो हाल्ने ब्यक्ति कुनै भिलेन पनि होइन् । उनी त नेपाल सरकारको कृषि मन्त्री हरिप्रसाद पराजुली हुन् । कृषि विभागले धान दिवसको अबसरमा काठमाडौंको मुलपानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री पराजुलीले अश्लिल हर्कत देखाएका हुन् । बिहान ११ बजे उद्घाटनका लागि बोलाए पनि मन्त्री पराजुली ३ बजे पुगेका थिए । झण्डै १५ मिनेट भाषण गरेपछि मन्त्री हिलो खेतमा परे । धान दिवसको अबसरमा मन्त्री नै हिलोमा पसेर रोपाइँ गर्नु राम्रो हो । तर, मन्त्री पुराजुलीले सबै सीमा नाघे । रोपाइँमा रमाइलो गर्ने नाममा उनी कार्यक्रममा सहभागी महिलाहरूलार्इ जबरजस्ती अंगालो हाल्न पुगे । उनी अगाडि देख्ने महिलालार्इ जबरजस्ती अंगालो हाल्थे र पूर्व चिनजान भएको दाबी गर्थे । मन्त्रीले अश्लिल हर्कत गरेपछि महिलाहरू भने रिसाए । अनिच्छापूर्बक अंगालो मारिरहेपछि एक महिलाले फुत्किएर धारे हात लगाउँदै कस्तो सोमत नभएको भन्दै गाली समेत गरेका छन् । तस्वीरः .2:0.0.0.0.0">.2:0.0.0.0.0.0">शब्भु दंगालको फेसबुकबाट साभार - See more at: http://www.onlinekhabar.com/20...

_____ · Jun 30, 2015 10:47 AM · 8,260 views

8 Replies

नेपाली संस्कृतिमा अझै अँगालो हाल्ने संकारको विकास भै सकेको छैन ' बिसौ बर्स बिदेशमा बसेका हरुलाई अझै पनि महिलालाई अंगालो हाल्न मनमा द्वन्द चल्छ | अन्तिम फोटो मा उसको अनुहार महिलाको छातीमा टासिनु अस्लिलता झल्कन्छ | नमस्कार नै काफी छ | पर स्त्रीला छुनु हुँदैन भन्ने हाम्रो संस्कार हो |

magorkhe1 · Jun 30, 2015 10:57 AM

metta · Jun 30, 2015 7:58 PM

ओलीलाई झाँक्रीको चुनौती : महिला समात्ने मन्त्री नहटाउने ? मन्त्रीका पीए भन्छन्- महिलाबाट फुत्किन खोज्दा त्यस्तो देखियो २०७२ असार १६ गते ११:५३ मा प्रकाशित १६ असार, काठमाडौं । रोपाइँ उत्सवका नाममा महिलामाथि अश्लील हर्कत गर्ने कृषिमन्त्री हरिप्रसाद पराजुलीको चौतर्फी आलोचना भएको छ । असार १५ मा धान रोप्न मुलपानी पुगेका मन्त्री पराजुलीले जवान महिलामात्र होइन, वृद्ध आमाहरुलाई समेत उन्मत्त व्यवहार गरेका थिए । मन्त्री पराजुलीकै पार्टी एमालेकी एक नेतृ रामकुमारी झाँक्रीले उनको हर्कतलाई ‘अशोभनीय र अमर्यादित’ बताएकी छिन् । अनलाइनखबरसितको कुराकानीमा झाँक्रीले मन्त्रीको तस्बीर हेर्दा आफैंलाई लाज लागेको प्रतिक्रिया दिइन् । ‘मैले उहाँका तस्वीरहरु हेरेँ । एउटा मन्त्रीजस्तो व्यक्ति यो हदमा उत्रिनु आपत्तिजनक कुरा हो । नेपालमा मात्र होइन, विश्वका कुनै पनि कुनामा यस्तो व्यवहारलाई सहज मानिँदैन,’ उनले भनिन् । अनुशासनहीन मन्त्रीलाई पदबाट हटाउन उनले पार्टी अध्यक्ष केपी ओलीलाई चुनौतीसमेत दिइन् । ‘मन्त्री फेर्ने कार्यमा उहाँ (अध्यक्ष) निकै छरितो हुनुहुन्छ, यस्तो गम्भीर विवादमा मुछिएका मन्त्रीलाई त पक्कै फेर्नुहोला, हामीले दबाव दिनै नपर्ला’ उनले व्यग्यांत्मक टिप्पणी गरिन् । स्वकीय सचिव भन्छन्- मन्त्रीज्यू महिलाबाट फुत्किन खोज्दा….. मन्त्री पराजुलीका स्वकीय सचिव ले भने महिलाको अंगालोबाट मन्त्रीज्यू फुत्किन खोज्दा त्यस्तो दृश्य देखिएको टिप्पणी गरे । सुरुमा महिलाहरुले हिलो छ्याप्न थालेपछि घटना अघि बढेको उल्लेख गर्दै उनले भने, ‘महिलाहरु आफैं मन्त्रीज्यूसित जिस्किन आएका थिए । मिडियामा आएका फोटोहरु उहाँ महिलाबाट फुत्किन खोज्दाका हुन् । यदि सुरुदेखिको फोटोहरु सबै राखेको भए मन्त्रीज्यूमाथि औंला उठाउने ठाउँ छैन । मन्त्रीज्यू त बडो खुला र दिलदार व्यक्ति हुनुहुन्छ ।’ तर, एभिन्युज टेलिभिजनमा देखिएको दृश्यमा मन्त्री पराजुलीले महिलालाई अँगालो मार्न खोजेको र महिला मन्त्रीको पञ्जाबाट फुत्किएर भागेको स्पष्ट देखिएको थियो http://www.onlinekhabar.com/20...

metta · Jul 1, 2015 6:17 AM

metta · Jul 1, 2015 6:21 AM

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = "//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.3"; fjs.parentNode.insertBefore(js, fjs);}(document, 'script', 'facebook-jssdk'));रोपाई कार्यक्रममा कृषिमन्त्री हरिप्रसाद पराजुलीले महिलामाथि र्दुव्यवहार Posted by Taja Khabar on Wednesday, July 1, 2015

cybernepali · Jul 1, 2015 7:34 AM

कृषि मन्त्री पराजुली ओली निवास पुगे १६ असार, काठमाडौं । महिलासँग अश्लिल हर्कत गरेर विवादमा परेका कृषि मन्त्री हरि पराजुली एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष स्पष्टिकरण दिन बालकोट पुगेका छन् । पराजुलीका कारण पार्टीकै बदनाम हुने भएपछि उनलाई राजिनामा दिन दबाब परेको छ । यसअघि बुधवारै उनले उपप्रधानमन्त्री बामदेव गौतमलाई भेटेर स्पष्टिकरण दिएका थिए । मन्त्री पराजुलीबारे उत्पन्न विवाद र चर्चाबारे जानकारी लिनका लागि अध्यक्षले निवासमा बोलाएका ओलीका स्वकीय सचिव रमेश आचार्यले बताए । http://www.onlinekhabar.com/20... एमाले नेता पोखरेलले भने-कृषिमन्त्री ज्यू लज्जाबोध भो २०७२ असार १६ गते १६ असार, काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले कृषिमन्त्री हरिप्रसाद पराजुलीको हर्कतले जल्लाबोध भएको टिप्पणी गरेका छन् । स्थानीय समिति सदस्य पोखरेलले सार्वजनिक पदमा बस्नेहरु सामाजिक मर्यादामा बस्नु पर्ने बताए । उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्-‘मर्यादामा बस्न गाह्रो हुनेले सार्वजनिक पद धारण गर्नु हुँदैन । कृषिमन्त्री ज्यू लज्जाबोध भो ।’ मन्त्री पराजुलीलाई कारबाही गर्न एमालेमा दबाव यसैबीच कृषिमन्त्री हरिप्रसाद पराजुलीलाई सरकारबाट फिर्ता बोलाउन एमालेभित्रै दबाव बढेको छ । पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मन्त्री पदमा रहेर पार्टीको शिर गिराउने काम गरेकाले तत्काल कारबाहीका लागि नेतृत्वलाई ध्यानाकर्षण गरिएको बताइन् । एमालेका पदाधिकारीले नेतृत्वलाई तत्काल निर्णय लिन सुझाएका छन् भने सभासद्ले अध्यक्ष केपी ओलीलाई प्रमुख सचेतक अग्निप्रसाद खरेलमार्फत् ध्यानाकर्षण गराएका छन् । उपाध्यक्ष शाक्यले भनिन्-“मन्त्रीले नै त्यस्तो गरेपछि पार्टीभित्रका र  आम महिला कसरी सुरक्षित हुने भन्ने प्रश्न उठेको छ, के पार्टीमा अन्य छवि भएका र योग्य व्यक्ति छैनन् र ?” मन्त्री पराजुलीले मङ्गलबार मूलपानीमा आयोजित धान रोपाइँका क्रममा सार्वजनिकरुपमा महिलामाथि अश्लिल हर्कत गरेका थिए । http://www.onlinekhabar.com/20...

metta · Jul 1, 2015 4:43 PM

विज्ञप्तिमा फोटो भिडियाको विषयमा त एक शब्द पनि उल्लेख छैन। फेरि भिडियोको प्रमाण र फोटोलाई विज्ञप्तिले कसरी ढाकछोप गर्न सक्छ र ?मैले अघि पनि भने नि त्यो रमाइलोका लागि खिचेको हो। पोखरामा हिलो खोल्ने उचाल्ने र पछार्ने काम भएका छन्। त्यँहा पनि प्रत्येक वर्ष धान दिवस मनाइन्छ। पर्यटन मेला गरिन्छ। सौराहामा पनि गरिन्छ। त्यसमा महिलमाथि पुरुष, पुरुषमाथि महिला हुन्छन्। http://nagariknews.com/breakin...

metta · Jul 1, 2015 6:43 PM

let me advocate devil, when victims says they were not abused it's pretty much settled. but looks like nepali old mentality won't accept it specially this in this Facebook fcked generation. telling 70 years old " you may not know you were abused" wtf? she is 70 yrs old god dammit ! this has becomes like that paras accident issue. herogiri at the expense of so called victims. victims don;t have complain but facebook video picture newbie detectives have so many without being at physical presence. that minister looks ass but what fair is fair.

controversial · Jul 2, 2015 5:38 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all