TPS को सेवा केन्द्र खोलिएको सम्वन्धी सुचना आदरणिय अमेरिका रहनु भएका TPS सेवाग्रहीहरुलाई सेवा दिने उदेस्यले आज साझ ५:०० वजे TPS सम्वन्धी संयन्त्रको वैठकले गरेको निर्णय यस प्रकार रहेकोले सम्वन्धित सवैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । १. TPS सेवाको लागि आगामि सोमवार जुन २८ गते देखि न्यु योर्क ज्याक्सन हाईट स्थीत थकाली किचेनमा विहान १०:०० वजे देखि सेवा केन्द्र संचालन गरिनेछ । २. नेपालमा गएको महाभुकम्पको कारण र नेपाल सरकारको तर्फवाट राजदुत महामहिम अर्जुन कार्कीको औपचारिक पत्राचारको कारण पनि TPS प्राप्त हुनको लागि महत्वपुर्ण रहेकोले यो अवस्थामा नेपाल सरकारलाई सहयोग गर्नु हाम्रो प्रमुख जिम्मेवारी हुनआउछ र यसको अवधि समाप्त भए पछि नविकरणको समयमा पनि यसै गरि सहयोगको आवस्यकता पर्ने हुनाले पनि TPS सेवाग्राही संग TPS संग सम्वन्धि सम्पुर्ण सहयोग उपलव्ध गराए वापत स्वईछिक सहयोग $५००.०० दिन अनुरोध गर्ने निर्णय गरियो। यसवाट प्राप्त सहयोग रकम यसै प्रयोजनको लागि Bank of America मा नेपाली जन सम्पर्क समिती, अमेरिका, प्रवासी नेपाली मन्च, अमेरिका, नेपाल आदीवासी जनजाती महासंघ, अमेरिका र NRN NCC USA को १/१ जनाप्रतिनिधिको संयुक्त नाममा संचालन गरिने खातामा जम्मा गरिनेछ र यो अभियान सम्पन्न भए पछि एक समारोहको आयोजना गरि नेपाली राजदुत महामहिम अर्जुन कार्कीलाई प्रधान मन्त्र राहत कोषमा जम्मा हुने गरि हस्तान्तरण गरिनेछ। ३. सेवा संचालन गर्नको लागि प्रति दिन सहभागि संस्थाहरुले १/१ जना स्वयमंसेवकको व्यवस्था गर्नु पर्नेछ। ४. सेवा केन्द्रमा खटिने स्वयमंसेवकको नाम प्रतेक दिन अधिल्लो साझ सार्वजनिक गरिनेछ र प्रत्येक दिनको लागि टोली नेता तोकिनेछ तोकिएको टोली नेताको निर्णय अन्तिम निर्णय हुनेछ र टोली नेतालाई कुनै कानुनी समस्या परे दिल्ली भट् ज्यु संग सम्पर्क गरि समाधान गर्न निर्देशन गरिनेछ । ५. स्वयमंसेवाको लागि खटिनेले सके सम्म Lab Top साथै ल्याउनको लागि अनुरोध गरिने निर्णय गरियो । ६. हाललाई यो सेवा १ महिनाको लागि संचालन गरिने छ र आवस्यकता अनुसार वढाउन सकिनेछ। ७. अधिल्लो हप्ताको कामको समिझा र आगामि हप्ताको योजना वनाउन यो संम्यन्त्रको वैठक प्रत्येक सनिवार ५:०० वजे वस्ने निर्णय गरियो । आगामि सोमवारको लागि स्वयमंको टोली नेता मनमोहन घिमिरेलाई तोकिएको छ र अन्य स्वयमं सेवकको नाम भोली प्रकाशित गरिनेछ । हार्दिक अभिवादन सहित संयन्त्रको तर्फवाट सन्जय थापा
Mulasag · Jun 27, 2015 9:55 PM · 11,105 views
Lab Top :D
damauli_guy · Jun 28, 2015 1:08 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion