बाबुको पहिचान नभएका व्यक्तिलाई बंशजको आधारमा नागरिकता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बाबुको पहिचान नभएका व्यक्तिलाई बंशजको आधारमा नागरिकता -पोष्टबहादुर बस्नेत काठमाडौं, असार ११  भेदकारी मानिएका केहि धारा यथावत नै संविधानसभाको मस्यौदा समितिले बाबुको पहिचान नभएको व्यक्तिलाई बंशजको आधारमा नागरिकता दिइने नयाँ प्रावधान थपेको छ। नगारिकता सम्बन्धी यस्तो प्रावधान महिला अधिकारकर्मी र समानताका पक्षधरहरुले उठाएको प्रमुख मागहरु मध्ये एक हो। प्रस्तावित संविधानको धारा १२ (ख ) अनुसार नेपाली नागरिक आमाबाट नेपालमा जन्म भइ नेपालमा बसोबास गरेको र बाबुको पहिचान नभएको व्यक्तिलाई बंशजको आधारमा नागरिकता प्रदान गरिने छ । तर यही धारा अनुसार यस्तो नगरिकता पाएको व्यक्तिको बाबु बिदेशी प्रमाणित भएमा उक्त व्यक्तिको नगारिकता अंगिकृत नागरिकतामा परिवर्तन हुनेछ।   बाबुको पहिचानका कारण नागरिकता नपाएका नेपालीका लागि यस धाराले नागरिकता प्राप्ति सहज बनाएको छ। तर, यस्तो नगरिकता कति सजिलै प्राप्त हुन्छ भन्ने कुरा संविधान जारी भएपछि बन्ने कानुनले निर्धारण गर्नेछ।   नागरिकता सम्बन्धी विभेदकारी मानिएका अन्य प्रावधानलाई भने मस्यौदा समितिले यथावत नै राखेको छ। धारा १३ (२) अनुसार नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले तुरून्तै नागरिकता प्राप्त गर्न बाधा पर्नेछैन। तर, यसै धाराको उपधारा १ अनुसार नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषले भने १५ वर्षसम्म नेपालमा स्थायी बसोबास गरेको हुनुपर्नेछ। यसैगरि नगारिकता लिँदाका बखत बाबु र आमा मध्ये एक मात्र नेपाली भएमा सन्तानले अंगिकृत नागरिकता प्राप्त गर्नेछ। नागरिकता प्राप्तिमा यस धाराले पनि केहि राहत भने दिएको छ। यसैगरि मस्यौदाले दक्षिण एसियाली सहयोग संगठन (सार्क) बाहिरका देशमा बस्ने र उतैको नागरिकता लिएका  नेपाली मुलका मानिसलाई आर्थिक, सामाजिक, अधिकार उपयोग गर्ने गरि गैरआवासीय नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ। नागरिकता सम्बन्धि विभेदकारी मानिएका धाराहरू संविधानसभा भित्र अझै पनि विवादित नै छन्। केहि सभासदहरूले यस्ता धाराहरु परिवर्तन गर्न आवाज उठाउने बताएका छन्। 

_____ · Jun 27, 2015 6:06 PM · 1,277 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all