न्युयोर्क, १२ असार । लायन्स इन्टरनेशनलको कार्यक्रममा भाग लिन नेपालबाट अमेरिका पुगेका ११ जना नेपालीलाई न्युयोर्कबाटै स्वदेश फिर्ता पठाइएको छ । न्युयोर्कस्थित अध्यागमन विभागले ११ जना नेपालीको टिमलाई स्वदेश फिर्ता पठाइदिएको हो । उनीहरु अमेरिकाको हवाईमा भइरहेको लायन्सको सम्मेलनमा भाग लिने भन्दै न्युयोर्क विमानस्थल पुगेका थिए । तर, विमानस्थलस्थित अध्यागमन अधिकारीलाई शंका लागि चेक गर्दा उनीहरुको साथमा हवाईसम्मको टिकट नभेटिएपछि फिर्ता पठाइएको बताइएको छ । लायन्सको कार्यक्रम हवाईमा भए पनि उनीहरुको साथमा काठमाडौँबाट न्युयोर्कसम्मको दुईतर्फी टिकटमात्रै थियो । लायन्सको कार्यक्रमको बहानामा अमेरिका छिर्न खोजेको अध्यागमनको आशंका थियो । उनीहरुको परिचय भने खुलेको छैन । कार्यक्रममा भाग लिन हवाई पुगेका लायन्सका एक नेपाली अधिकारीका अनुसार, लायन्सको सम्मेलनमा भाग लिन छ सय भन्दा बढी नेपाली अमेरिका पुगेका छन् । नेपालीहरुलाई अमेरिकाको विमानस्थलबाटै फर्काएको यो पहिलो होइन् । यसअघि पनि पटकपटक नेपालीहरुले यसरी नै अमेरिकाको विमानस्थलबाट फर्कनु परेको छ । - See more at: http://dainiknepal.com/2015/70...
cybernepali · Jun 27, 2015 11:20 AM · 2,096 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion