टिपीएस कस कस ले अपलाई गर्न सक्कछन् ? Detail यहाँ हेर्नुस

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Mulasag · Jun 25, 2015 5:28 PM · 14,146 views

2 Replies

This information seems very interesting. Only Nepali lawyer had guts to say that F1 and H1 can be reinstated. No one had confirmed this and we all are waiting for rumors.

maryoamericale · Jun 25, 2015 5:45 PM

‘वकिलको जरूरत पर्दैन आफैं पनि यो फारम भर्न सकिन्छ,’ कानुनविद् भट्ट http://global.setopati.com/ame... अमेरिकाले नेपालीलाई टिपिएस दिने वासिंटनडिसी, असार ९ सेतोपाटी संवाददाता print 6853 72 GET NEWS ALERTS जेलमा रहेका करिब ३ हजार नेपालीलाई डिपोटेसन गर्न नपाइने नेपालमा भएको भूकम्पलाई आधार मानेर अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीहरुलाई टीपीएस प्रदान गर्ने भएको छ। सन १९९० मा लागू गरीएको आप्रवासी कानुन अनुसार ‘कुनै पनि देशमा विपत्ती परेको खण्डमा उक्त देशमा फर्केर जादाँ आइपर्ने असुरक्षालाई मध्यनजर गर्दै उक्त कानुन अमेरीकी काग्रेसले पारीत गरेको थियो।’ डिपार्टमेन्ट अफ होमल्याण्ड सिक्युरीटीले आगामी १८ महिनाकालागि यो सुविधा नेपाललाई पनि दिएको सार्वजानिक गरेको छ। अवैधानिक रूपमा अमेरिकामा रहेका नेपालीहरुले टिपिएस फारम भर्न पाउने छन्। र, लगत्तै बढीमा १८ महिनाका लागि सरकारले वर्क पर्मिट पनि प्रदान गुर्नपर्ने छ। नेपालमा गएको भूकम्पलगत्तै अमेरिकामा रहेका नेपालीहरुरले नेपाललाई टीपिएस दिन आग्रह गर्दै आइरहेका थिए। ‘आजका दिनबाट ६ महिनाभित्र अवैधानिक रुपमा वसोवास गरीरहेका कुनै पनि नेपालीले टिपिएस अप्लाइ गर्न पाउँछन्,’ टिपिएसको आधिकारीक सुरुवात गरेका कानुनविद् डिल्ली भट्टले बताए। डिपोटेसनका लागि मात्र अमेरीकाको जेलमा करिव ३ हजार नेपाल रहेको अनुमान गरीन्छ। ‘दैनिक रूपमा घटवढ हुन सक्छन्। ती सबैलाई अब अमेरिकी सरकारले वर्क पर्मिटको ब्यवस्था गर्नुपर्छ। र, उनीहरूले चाहेको खण्डमा नेपाल भ्रमणका लागि ट्राभल डकुमेन्ट पनि बनाउन सकिने छ,’ भट्टले भने। पहिलो पटक ६ महिनादेखि १८ महिना सम्मकालागि लागू गरीने उक्त टेम्पोररी स्टाटसलाई नविकरण पनि गर्न मिल्ने छ। ‘वकिलको जरूरत पर्दैन आफैं पनि यो फारम भर्न सकिन्छ,’ कानुनविद् भट्टले अगाडि थपे।

Mulasag · Jun 25, 2015 6:01 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all